Daily Archives: 20/11/2008

संगीतको सूर्य अस्तायो


वरिष्ठ लोकगायक एवम् संगीतकार राम थापाको ५० वर्षो उमेरमा आज निधन भएको छ । उहाँको बिहान साढे २ बजे काठमाण्डूको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अहिले उहाँलाई श्रद्धाञ्जलि दिन नर्भिक अस्पतालमा ठूलो संख्यामा स्रष्टा र आफन्तजनको उपस्थिति रहेको छ ।

हाई हाई वनकाली माई भन्ने गीत पहिलोपल्ट रेकर्ड गराउनुभएका थापा पछिल्लोपल्ट ऋतुहरुमा तिमी हरियाली वसन्त हौ जस्ता लोकप्रिय गीतको संगीत भरेर चर्चा पाउनुभएको थियो ।

लोक संगीत र नेपाली आधुनिक संगीतमा लामो समय खर्चनुभएका थापाले संगीतसम्बन्धी पुस्तक पनि लेख्नुभएको छ । गीतारसम्बन्धी आधारभूत जानकारी समेटिएको थापाको गीतार गाइड पुस्तक निकै धेरै बिकेको पुस्तक हो ।

पत्रकारलाई मार्ने धम्की


November 19 2008

वीरेन्द्र केएम, सुनसरी । दुइ साता अघि बलात्कृत भएकी सुनसरी सदरमुकाम इनरुवामा ३ की थापा थरकी १४ वषिर्य बालिका को बलात्कार समवन्धी समाचार लेखेको बिषयलाई लिएर केहि व्यक्तिहरुले सुनसरीका पत्रकारहरुलाई गोलि हानी ज्यान मार्ने धम्की दिएका छन् ।

सत्य समाचार लेखि अपराधीहरुको र्सवजानीकता गरेको आरोपमा इनरुवाका सुन ब्यापारी दिवस सोनि ,आफूलाई मधेशी बिधार्थी फोरमका केन्द्रीय कोषाध्यक्ष बताउने दिलिप शाह नेवि संघका केन्द्रीय सदस्य बताउने राजन मेहता लगायत आफूलाई अज्ञात ब्यक्ती बताउने ब्यक्तीहरुले अज्ञात अज्ञात नं.बाट फरक फरक समयमा टेलिफोन गरि जज्यान मार्नै धम्की दिएका हुन् ।

उनीहरुले कुने समाचार लेखिनु अघि हामी सगँ सोधर मात्र लेख्न भन्दै अन्यथा ज्यान मारि दिनै भन्दै र्सवाजानीक स्थानहरुमा गएको बेला यि ब्यक्तीहरुल्ेा गाली गलोज गर्दै आक्रमन गर्न समेत खोज्ने गरेको पिडित पत्रकारहूरुले बताएका छन् ।

सो ब्यक्तीहरुले पत्रकारहरु इमेज च्यानलका इकवाल अहमद , नेपाल वन का बिरेन्द्र केएम ,कान्तिपुरका प्रदिप म्यागँवो गोरखापत्रका जयकृष्ण यादव , दर्शन दैनिकका धिरेन्द्र चौधरी र जनब्रि्रोह दैनिकका प्रमोद यादव लाई दर्ुइ तिन दिन देखि धम्की दिदै मानसिक यातना दिदै आएका हुन् ।

सो धम्कीको सुनसरीका ३ दर्जन भन्दा बढि मानव अधिकार तथा अन्य संघ संस्थाहरुले भतर्सना गरेका छन भने उनीहरुले सरकार सगँ पत्रकारहरुको सुरक्षाको समेत माँग गरेका छन ।

राजमार्गमा खालडो नपुरेका कारण समसया

बिरेन्द्र केएम

सुनसरी,३ मंसिर ःनेपाल टेलिकमले अफटिकल फाईवर बिच्छाउनका लागि खनिएको इटहरी स्थित पर्ूव पश्चिम राजमार्गमा पुन कालोपत्रे नगरेका कारण दैनिक राजमार्गमा जोखिम बढिरहेको छ । खाल्डा पुरेर कालो पत्रे नगर्नाले दैनिक जसो सवारी दर्ुघटना भईरहेका छन् ।

न्ेापाल टेलिकम पर्ूवाञ्चल क्षेत्रिय कार्यालय विराटनगरले सडक खन्नुअघि गत जेठ महिनामै खनिएको सडकमा पुन कालो पत्रे गर्नका लागि सडक डिभिजन कार्यालय विराटनगर र इटहरी नगरपालिकालाई अग्रीम भुत्तानी दिएपनि हालसम्म कालोपत्रे गर्ने काम भएको छैनन् ।

अफ्टिकल फाईवर बिच्छाउनु अघि पुन कालो पत्रे गर्नका लागि चाहिने आवश्यक रकम सम्बन्धित कार्यालयमा जम्मा नगरेसम्म सडक खन्न नै नदिने भएकाले जुष्ठमै दर्ुव कार्यलयलाई एक मुष्ट २१ ल्ाख रुपिया भुक्तानी दिईसकेको क्षेत्रिय कार्यालयलाई उद्धत गर्दै नेपाल टेलिकम इटहरीका प्रमुख धनबहादुर थापाले बताएका छन् ।

लाइसेनस ’bout छानवीन सूरु

यातायात व्यवस्था कार्यालय कोशी र मेचीका कर्मचारीको संलग्नतामा नक्कली सवारी साधनको अनुमति पत्र लाईसेन्स)बनाउने गिरोहका एक व्यक्ति पत्र\mाउ परेपछि यातायात मन्त्रालयको निर्दैशनमा यातायात व्यवस्था विभागबाट खटिएको उच्च स्तरिय टोलीले छानविन सुरु गरेको छ ।

यातयात व्यवस्था विभागका शाखा अधिकृत यदुनाथ गौतम र नायब सुब्बा केदार नाथ पोख्रेलको दर्ुइ सदस्य टोलीले नक्कली लाईसेन्सको कारोवार भएको बिषयमा यातयाता व्यवस्था कार्यालय कोशीमा छानविन गरि हाल मेचीमा छानविन गरिरहेको छ ।

तीन दिन अघि सुनसरी आईपुगेको टोलीले यातायात व्यवस्था कार्यालय कोशीका लाईसेन्स वित्रण गरिएका सबै रर्ेकर्ड,होलो ग्राम र कार्डको विषयमा छानविन गरेको थियो । छानविनको क्रमा नक्कली लाईसेन्सको कारोवार भई जाहेरी परेपछि स प्रमाण पक्राउ गरि हिरासतमा राख्ने इलाका प्रहरी कार्यालय इटहरी पनि पुगेको थियो ।

सो टोलीमा यातयात व्यवस्था कार्यालय कोशीका प्रमुख टंकप्रसाद पोख्रेल पनि सहभागी थिए । सो टोलीले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षकसंग नक्कली लाईसेन्स प्रकरणका बिषयमा आवश्यक जानकारी लिएको थियो । प्रनि बास्तोलाले कर्मचारी कै मिलेमत्तोमा नक्कली लाईसेन्सको कारेावार हुने गरेको जानकारी आफूले छानविनका क्रममा पाएको सो टोलीलाई अवगत गराएका थिए ।

आज बाल दिवस


आज १९ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवस । ‘नयाँ नेपालको नयाँ संविधानः बाल अधिकारको पूर्ण् सम्मान’ मूल नारका साथ नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

विभिन्न कार्यक्रम सहित आज विश्वभरि नै अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको १९ औ वाषिर्कोत्सव मनाइँदैछ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी वाल अधिकार दिवस मनाईदैछ ।

बाल अधिकार दिवसको अबसरमा बालअधिकारसँग सम्बन्धित संघसंस्थाले विहानैदेखि काठमाण्डु उपत्यका लगायत देशका विभिन्न्ा ठाउँमा र्याली निकालीरहेका छन् । बालअधिकार सम्बन्धी महासन्धी सन् १९९० मा अनुमोदन गरेपछि त्यसको कार्यान्वयनका लागी नेपालले पनि थुप्रै काम गरिरहेको सरकारी दावी छ ।

तर, बाल सरोकार क्षेत्रका विज्ञहरुका अनुसार नेपालले अहिले पनि बालअधिकारको कार्यान्वयन भने हुन सकेको छैन् ।

बालअधिकार दिवसकै सर्न्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगले विगतमा भएका बाल अधिकार सम्वन्धि प्रतिवद्धताहरूलाई यथाशीघ्र कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

आयोगले विज्ञप्ति निकालेर सरकारलाई संविधानमा व्यवस्था गरेअनुसारको बालअधिकार प्रत्याभूत गर्न आग्रह गरेको हो ।

बालअधिकार संरक्षण, प्रवर्द्धन र परिपूर्तिका लागि नेपाल सरकारलाई विभिन्न समयमा सिफारिसहरू गरिरहेको उल्लेख गर्दै आयोगले कार्यान्वयन हुन बाँकी रहेका सिफारिसको कार्यान्वयनका लागि नेपाल सरकारले तत्काल पहल गर्नु पर्ने समेत आवश्यकता औल्याएको छ ।

नेपालका हजारौं बालबालिकाहरूलाई राहत, पुनःस्थापना र सामाजिक पुनःएकीकरणको खाँचो रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।