November 19 2008 |
कात्तिक ४ गते वाइसिएलद्वारा मलेखुबाट अपहरणमा परेका युवकहरु निर्मल पन्त र पुष्कर डंगोलको हत्या भएको यकिन भएपछि विरोध प्रदर्शन हुनथालेको छ । राजधानीका विभिन्न स्थानमा युवाविद्यार्थीले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।कलंकी तनावग्रस्त छ भने पुतलीसडकलगायतका स्थानमा पनि प्रदर्शन भएका छन् । स्युचाटार स्थायी घर भएका पन्त र डंगोलको शव ३ मंसिरमा धादिङमा फेला परेको थियो । उनीहरुलाई वाइसिएलको एक समूहले अपहरणपछि हत्या गरेको आफन्तको आरोप छ । खोजतलासका क्रममा उनीहरुको शव गाडिएको अवस्थामा फेला परेको थियो । घटनास्थलबाट खुकुरी र डोरी समेत फेला परेको छ ।
|
|