Daily Archives: 19/11/2008


सरकारले तत्काल शान्तिवार्ता थाल्ने


सरकारले सशस्त्र समूहसंग तत्काल वार्ता थाल्ने निर्णय गरेको छ । ४ मंसिरमा भएको मन्त्रिपरिषद बैठकमा सरकारी वार्ता टोलीले अनौपचारिक वार्ताको उपलब्धि’bout ब्रिफिङ गरेपछि तत्काल वार्ता थाल्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले जतिसक्दो छिटो वार्ता थाल्न निर्देशन दिएका थिए । वार्ताका लागि मन्त्रिपरिषद सदस्यहरुले पनि आ आफ्नो स्थानबाट पहल गर्ने निर्णय भएको छ ।

बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा आर्थिक परिषद गठन गरेको छ । परिषदले आर्थिक क्रान्तिका लागि ठोस काम गर्नेछ ।

यसैगरी राजनीतिक नियुक्तिहरु गरिएका छन् । जसअनुसार समाान्य प्रशासनमन्त्री पम्फा भुषालको संयोजकत्वमा प्रशासन सुधार एवं राज्य पुनसंरचना आयोग गठन भएको छ । आयोगका सदस्यहरुमा महेन्द्रनारायाण मिश्र, अच्युतराज राजभण्डारी, विजया केसी, बालकृष्ण प्रर्साईं, राजेन्द्रबहादुर सिंह, मुक्ति रिजाल, डम्बर विक छन् । मन्त्रिपरिषदले समाज कल्याण परिषद बिघठन गरेको छ । दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भेषराज कंडेल, उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा उद्धवबहादुर कार्की, निजामती अस्पताल संचालक समितिका चित्तनाथ रिजाल र डा.भगवान कोइराला, जनक शिक्षा सामाग्रीमा वीरेन्द्रकुमार यादवलाई ल्याइएको छ ।

युवक हत्याको विरोधमा प्रदर्शन


November 19 2008

कात्तिक ४ गते वाइसिएलद्वारा मलेखुबाट अपहरणमा परेका युवकहरु निर्मल पन्त र पुष्कर डंगोलको हत्या भएको यकिन भएपछि विरोध प्रदर्शन हुनथालेको छ । राजधानीका विभिन्न स्थानमा युवाविद्यार्थीले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

कलंकी तनावग्रस्त छ भने पुतलीसडकलगायतका स्थानमा पनि प्रदर्शन भएका छन् । स्युचाटार स्थायी घर भएका पन्त र डंगोलको शव ३ मंसिरमा धादिङमा फेला परेको थियो । उनीहरुलाई वाइसिएलको एक समूहले अपहरणपछि हत्या गरेको आफन्तको आरोप छ । खोजतलासका क्रममा उनीहरुको शव गाडिएको अवस्थामा फेला परेको थियो । घटनास्थलबाट खुकुरी र डोरी समेत फेला परेको छ ।

 

 

मदिरा बेचविखनको अनुगमन


November 19 2008

मदिरा र सुर्तीजन्य वस्तुको विना इजाजत बिक्री गर्न नपाइने नियम कार्यान्वयनका लागि सरकारले अनुगमन गर्ने भएको छ । ४ मंसिरमा खुल्ला विक्री वितरणमा रोक लगाइएको भए पनि पहिलो दिन सरकारले मैत्रीपूर्ण अनुगमन गरेको थियो ।

नियमविपरीत बेचविखन गरेको पाइएमा मदिरा जफत गरी दश हजारसम्मको जरिवाना गरिने आन्तरीक राजश्व विभागले जनाएको छ । समयमै पर्याप्त प्रचार प्रसार गरिएकाले आज कुनै छुट नहुने विभागका महानिर्देशक कपिलदेव घिमिरेले बताए ।

अनुगमनलाई प्रभावकारी बनाउने विषयमा आवश्यक गृहकार्यका लागि आन्तरीक राजश्व विभागमा आज छलफल समेत हुन लागेको जानकारी दिए । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा लागू हुने गरी मदिरा विक्री वितरण नियमन निर्देशिका २०६५ सरकारले यसअघि नै र्सार्वजनिक गरिसकेको छ ।

निर्देशिका अनुसार इजाजत नलिइ विक्री गर्न पाइने छैन । इजाजत लिएका पसलहरुले पनि विहान दशदेखि बेलुका दश बजेसम्म १८ वर्षउमेर पुगिसकेका व्यक्तिलाई मात्रै बेच्न पाउनेछन् ।

 

कुवेतमा पनि नेपालली कांग्रेस को भात्रीसंगठन तरुण् दलको स्थापना भयको छ ।


नोवेम्बर १८ कुवेत फिन्तास
कुवेट को फिन्तास पार्क मा श्री शिव देब पाण्डे को सकृयातामा बसेको सभाले नेपाली कांग्रेस को भित्री संगठन तरुण् दलको गठन गरेको हो । यस् संगठन को कार्यसमितिमा १३ जना चुनिनु भयको छ । अध्यक्ष पद मा चुनिनु भयका श्री मिन प्रसाद  भटराई  को भनाही अनुसार नेपालका कुना-काप्चा ,पहाड तराइ , भनझेयाङ चौतारी बाट प्रदेश मापुगी  छितरियर   बसेका नेपाली हरुलाई समेटि हतेमालो गर्दै ।  पढ्नेक्रम जारी राख्नुहोस्

परदेश रित्तिए झै लाग्छ


पैसा फल्ने देशमा होम्मिंदा पनि, अभाव भएझैं लाग्छ
दिनरात एकगरी घोट्टिदा पनि, अपुग भएझैं लाग्छ
बिदेशमा पसिना बहाउँदा पनि, स्वाभिमानी भएझैं लाग्छ
गाली गलौच र पिटाई खाँदा पनि, गर्वित भएझैं लाग्छ

कहिल्यै नपुग्ने पैसाको दौडाहामा, बाटो बिराएझैं लाग्छ
अर्काको लागि दिनहुं कमाई गर्दा, दानवीर भएझैं लाग्छ
आफ्नो माटो भन्दा खाडीको बालुवा, मन पराएझैं लाग्छ
एकाग्रमा मूल्यांकन गर्दा कतै आफैं, कतै परदेश रित्तिएझैं लाग्छ

किरण पौड्याल, कुबेत १७ नोभेम्वर २००८ (१)