Daily Archives: 14/11/2008

सयोगको अपिल


वि.स २०६० साल भदौ १८ गते वैदेशिक रोजगारीका लागी कुवेत पगेका बुबा राजकुमार शाह एकाएक वि.स २०६२ सालदेखि कवेतबाट नेपालको परिवारसँग र्सर्म्पक विहिन भएपछि रगतको क्यान्सर पीडीत ५ वर्ष बालिका सहारा शाहको उपचारमा थप आर्थीक कठिनाइ पर्दै आएको आमा शान्ति शाहले बताइन् ।
कुवेतमा रहँदा पासर्पोट नं ६२६३५३ वाहक राजकुमार शाह पहिला कुवेतको फहानिल भन्ने ठाँउमा ,कोड नं ६४००४ ,पो.ब.नं ७३७९ मा काम गर्दथे भने उनले दोस्रो पटक सेलमिया स्टोर,पो.ब.नं ४३७ ,कोड नं १५२५५ मा काम गरेको श्रीमती शाहले बताइन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुनसरीमा बस र ट्याक्टर जुध्दा पाँच जनाको मृत्यु, पैंतीस जना घाइते


१२ नोभेम्वर २००८

सुनसरीको तरहरास्थित पानीपियामा यात्रु बहाक बस र ट्याक्टर एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएकेा छ भने पैंतीस जना घाइते भएका छन् । दुघटनामा परी मृत्यु हुनेहरुमा गणेश पुरी, अम्बर खवास, मनिष घिमिरे, सोहन सोनामी र ओमनारायण पाख्रिन छन् । काँकडभित्ताबाट धरान गइरहेको को एक प एक्काइस चालीस नम्बर कोशी संजीवनी ट्राभल्सको बस र धरानबाट इटहरी गइरहेको स एक त एक सय एक नम्बरको ट्याक्टर ठोक्किंदा दुघटना भएको हो । दुघटनामा घाइते भएकाहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यसैबीच पृथ्वीराजमार्ग अर्न्तर्गत धादिङको जुगेखोलामा गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि दुइ जना गम्भीर घाइते भएका छन् । नम्बर नखुलेको सवारी साधनले बा तीन प बाह्र छत्तीस नम्बरको मोटरसाइकललाई टक्कर दिंदा राजन थापा र प्रकाश सुवेदी घाइते भएका छन् । घटनापछि आक्रोशित स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध बनाएका छन्  

suajn k c