Daily Archives: 11/11/2008

अमेरिकामा नेपालीहरुले पनि मन्दिर स्थापना गरेक छन ।


अमेरीकाको न्यूयोर्कराज्य स्थित रिजउडमा बस्ने नेपालीहरुले आज हरिबोधनी एकादशीको दिन पारेर नेपाली मन्दिरको स्थापना गरेका छन् । भगवान विष्णुको पूजा अर्जना र व्रत अनुष्ठान गरी आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई विशेषरुपले पूजा गरी आज विवाह गरिदिने चलन रहँदै आएको छ । सोही अवसर पारी तुलसीको पुजा गरि विधिवत रुपमा मन्दिरको स्थापना गरिएको हो ।
रिजउड नेपलिज सोसाइटीको पहलमा गठित मन्दिर संञ्चालन समितीको अध्यक्षमा मोहन ज्ञवाली,रवि किरण कोइराला,गजेन्द्र बुढाथोकी,भुवन अधिकारी,शारदा लक्ष्मी श्रेष्ष्ठ,मोतिराज भुसाल,हरि काफ्ले,सुमन शाह मिना गुरुगं,सुनिता अधिकारी दिपकराज काफ्ले रहनुभएको छ ।
हाललाई स्थानिय कोठालाई भाडामा लिई पुजा आजा संञ्चालन गरिएको उक्त मन्दिरलाई आफनै भवन बनाई स्थानान्त्रण गरिने कुरा समितीका अध्यक्ष मोहन ज्ञवालीले बताउनु भयो । नेपाली धर्म संस्कृतीलाई संरक्षण सर्म्वर्धन गर्दै अमेरीकामा जन्मिने नेपालीका बालबालिकालाई आफ्नो मातृ भुमिको रितीरिवाजको अध्ययन मनन् गराउने उद्धेश्य सहित स्थापना गर्न लागिएको मन्दिरको निमार्ण्र्ााछटटै नै सम्पन्न गरिने कुरा श्री ज्ञवालिले बताउनु भयो ।
ज्ञात रहोस गत विजया दशमीको घटस्थापना बाट पुजा आजा संञ्चालन गरि मन्दिर बनाउने लक्ष्य लिइएको थियो र सोही अनुरुप आज देखी मन्दिरको विधीवत् प्रारम्भ भएको छ । न्यूयोर्कमा भारतिय मुलका व्यक्तिहरुले स्थापना गरेका थुप्रै हिन्दु मन्दिरहरु रहेता पनि नेपालीहरुले स्थापना गरेको नेपाली मन्दिरको खाँचो टढ्कारो रुपमा देखिएको थियो ।रिजउड नेपालिज सोसाइटीले त्यसको पहल गरेर नेपालीहरुलाई धर्म संस्कृतीमा लाग्न र पुजा आजा गर्न व्यवस्था गरिदिएको छ जस्ले गर्दा न्यूयोर्कमा बस्ने नेपालीहरुमा खुसी छाएको छ ।