Daily Archives: 05/11/2008

यदी तिमी जुली भए जबाफ देउ


दिल खोली हेर्ने भने तिमी भन्दा कम छैनौ
तिम्रो अन्दाज गलत रहयो गिने चुने हामी होइनौ

खोक्रा धाक धम्की अनी बेजोडका कुरा के काम
कुन हो तिम्रो रुप असली के हो तिम्रो नाम

छदम भेसी नाम मा किन दुनियाँ लाई ध्होका दिनु
काम गर्ने मन्मै भए छाती खोली अगी हुनु

त्यो पो हुन्छ महानता जनाता को विश्वाश पनि
बधाइ को पात्र हुन्छौ हामी जस्ताइ तिमी पनि

न त हाम्ले तिम्लाई देखेयौ न त भयो फोन मा बात
यस्तै पारा हुँदै गय हुन सक्छ विश्वाश घात

तिम्रो मेल मा सचाइ छैन आँखा हेर्ने हाम्रो धोको
यदी तिमी जुली भए जबाफ देउ हाम्रो फोन को

राजन रिमाल कुवेत (६६७२४३४२)

विश्व बैङ्कद्वारा दुई अर्ब ८३ करोड सहयोग


काठमाडौँ १७ कात्तिक । विश्व बैङ्कले तीनवटा परियोजना कार्यान्वयनका लागि नेपाललाई एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ अनुदान र एक अर्ब ३३ करोड ८० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण गरी जम्मा दुई अर्ब ८३ करोड ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । ती तीन परियोजनाका लागि नेपाल सरकार र विश्व बैङ्कबीच तीनवटा छुट्टाछुट्टै सम्झौता भएका छन् । पहिलो सम्झौताअन्तर्गत बैङ्कले सामाजिक सुरक्षा साजाल परियोजनाका लागि करिब एक अर्ब १० करोड २० लाख रुपैयाँ अनुदान र २१ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्