Daily Archives: 05/09/2008

नेपाल बाट कतार हुँदै कुवेतको जेल सम्म पुग्दा


नेपाल बाट कतार हुँदै कुवेतको जेल सम्म पुग्दा–
-हरि कृष्ण न्यौपाने (घायल)
देशमा जनयूद चर्किरहेको अनि बन्द हड्तालले वाक्क पारेको र नेपालमा उचित रोजगार अनि पारिश्रमिक नपाउनले धेरै युबा शक्ती बाहिरि रहेको अबस्थामा म पनि खाडिरास्ट्रमै भएपनि जाने सोचमा थिए।यतिकैमा २०६१ बैशाख १४-१५ मा कान्तिपुरको बिज्ञापनमा आखाँ पुग्यो। “कुवेतमा रोजगार,फ्रि-भिसा अनि इन्टर्भियूमा सेलेक्टभए १५ दिनमा फ्लाईट” के खोज्छस कानो आँखो भनेझै ! दाना ओभर्सिज कुपण्डोलमा पाईला बढाए।धेरै नेपाली युबा-युबतिको भिड थियो।बाहिरबाट हेर्दा त कतै जात्रानै त होइन सबैलाई रमाईलो लागेको भान हुन्थ्यो।राम्रो अबसर भएकोले होला कोहि आफ्नो ब्यापार छोडेर,कोहि पढाईलाई बिचमै पूर्णबिराम दिएर त कोहि सरकारि जागिर समेत छोडेर लाइन लागेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्