साँस्कृतिक मंचले “राष्कोट सामुदायिक अस्पताल निर्माण” सहयोग रकम हस्तान्तरण

कुवेतको सबैभन्दा पुरानो साँगितिक संस्था नेपाल कुवेत साँस्कृतिक मंचले सिधा कुरा जनता संग रवि लामिछाने नेतृत्वमा निर्माण हुन गईरहेको नेपालकै दुर्गम क्षेत्र कालिकोट जिल्लाको “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ गत ३ मई २०१९ का दिन मंचको १८ औँ सांगीतिक धमाकामा उठेको रकममा खर्च कटाएर बचत हुन गएको रक्म नेपाली रुपैया १,५०,००० (एक लाख पचास हजार) रुपैया सोही सँस्थाका महासचिव रोशन राई ज्यु, संयोजक उमा घिमिरे ज्यु तथा अध्यक्ष गोविन्द बरालका सहोदर ठुलो दाजु हेमराज बराल ज्युले संयुक्त रुपमा सिधा कुरा जनता संगको कार्यालयमा कुशल पत्रकार रवि लामिछाने ज्युको हातमा आज हस्तान्तरण गरिएको जानकारी सोही संस्थाका अध्यक्ष गोविन्द बरालले जानकारी दिनुभयो

उक्त कार्यक्रमलाई सफल बनाउनको ठुलो रकम उठाउन सहयोग पुर्याउनु हुने अल्मुल्लाह कंपनिमा कार्यरत सहयोगी मनका धनी दुर्गा ढकाल, तोयानाथ दाहाल, संस्थाको उपाध्यक्ष /डान्सर नेहा राई, डान्सर अश्मी तामाङ, एन आर एन ए कुवेतकि अध्यक्ष सुमित्रादेवी पौडेल लगायत नेपाल कुवेत साँस्कृतिक मंचका संरक्षक, सल्लाहकार, कलाकार, कार्यसमिति सदस्य तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्ण कुवेतवासी नेपाली तथा बिदेशी दाजुभाइ तथा दिदिबहिनीहरुलाई ब्यक्तिगत तथा साँस्कृतिक मंचकोतर्फबाट ह्रदय देखिनै धन्यवाद दिन चाहेको अध्यक्ष गोविन्द बरालले जानकारी दिनुभएको छ ! आगामी दिनहरुमा पनि यसैगरी यहाँहरुको साथ र सपोर्ट मिल्ने प्रती साँस्कृतिक मंच आशावादी छ !