दशैँ साँस्कृतिक धमाका २०१८ यही आँउदो शुक्रवार १९ तारिक राजधानी होटल खैतानमा सम्पूर्ण मा हार्दिक निमन्त्रणा

सुरेश गुरुङ,कुबेत

“हाम्रो सँस्कृति हाम्रो परम्परा” “मौलिक कला र सांस्कृतिक साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुलनारा लाई आत्मसाथ गरि अगाढी बढेको संस्था लालीगुराँस परिवार नेपाल कुबेत र अन्तराष्ट्रिय कलाकार मन्च कुवेत ले युक्त रुपमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०१८ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ |

आउँदो अक्टुवर १९ मा आयोजना गरिने उक्त कार्यक्रममा नेपालीहरुको महान् चाड विजया दशमी (दशै) को अवसर पारेर शुभकामना आदानप्रदान दुर्गा पुजा टिका जमरा ग्रहण साथै कुवैतका चर्चित कलाकारहरुको साथ मा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ। दशैँ साँस्कृतिक धमाका कार्यक्रम मा कुनै टिकट लाग्ने छैन । नि:शुल्क राखिएको जानकारी आयोजक ले बताएको छ |

१९ अक्टुवर २०१८ (शुक्रवार ) बार का दिन ११ बजे देखि खैतान स्थित राजधानी होटेल मा हुन गइरहेको सांस्कृतिक कार्यक्रम मा कलाकार बाट नृत्य गायन हास्यब्यगय पन्चे वाजा अनी दुर्गा पुजा शुभकामना आदानप्रदान गर्ने भएको छ । बिजया दशमीको बिशेष कार्यक्रम राखिएकोले कुबेत मा सम्पूर्ण नेपाली संघ सस्था, पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, शुभ चिन्तक, सहयोगी, नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ सम्पूर्णलाई पत्र पठाईसकेको र यदि कुनै कारणबस पत्र पाप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थितिको लागी आयोजक लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुबेतका अध्यक्ष माधव पौडेल, अन्तराष्ट्रीय कलाकार मन्च कुवेतका अध्यक्ष सोम रसाइलि, साथमा कार्यक्रम संयोजक राजु थापा ले हार्दिक अनुरोध गरिएको छ।

कार्यक्रम:- १९ अक्टुवर २०१८ (शुक्रवार )
स्थान:- राजधानी होटल खैतान कुबेट
समय:-11:00 am
प्राथी:- लालीगुराँस परिवार नेपाल कुबेत र अन्तराष्ट्रिय कलाकार मंच कुवेत
नोट:- साथमा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती!

Advertisements