नेवा गुठी कुवेतले ‘नेवा नयाँ बर्ष-न्हू दया भिन्तुना-११३७अक्टोबर २८-शुक्रबार मनाइदै

कुबेत नेपालडटकम

14193838_916295905143302_909496434_n-358x300कुवेत, सेप्टेम्बर ४ कुवेतको नेपाली समाजमा २०११ मा गठित नेवारी समुदायको संस्था नेवा: गुठी कुवेतले आफ्नो नयाँ बर्ष नेपा सम्वत ११३७ आगामी अक्टोबर २८ तारिख शुक्रबार मनाउने भएको छ।आफ्नै संस्कृति, रितिरिवाज र परम्परालाइ नेपालको सम्पदाको रुपमा विश्व सामू दर्साउने उदेस्यले स्थापित भएको बताउदै सो दिन नेवार संस्कृति, रितिरिवाज र परम्पराका बिबिध नेवारी सांस्कृतिक प्रस्तुतिहरु, झाँकीहरु प्रदर्शन गरिने भएको छ । हिजो सेप्टेम्बर-०२ तारिक नेवा गुठी कुवेतका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा फर्वानियामा बसेको मासिक बैठकले अक्टोबर २८ तारिखमा आफ्नो नयाँ बर्ष बिशेष कार्यक्रम गर्ने निर्णय गरेको हो भने कार्यक्रमको संयोजन गुठीका उदास श्रेष्ठले गर्ने निर्णय गरिएको छ।

कार्यक्रम हुने स्थान र समयको ’boutमा केहि दिनमा जानकारी गराउने नेवा गुठी कुवेतले बताएको छ भने उक्त दिन कुवेतमा क्रियाशील सम्पूर्ण संघ-संस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी बुद्दिजिबी तथा कुवेतमा रहने सम्पूर्ण नेवार तथा गैर नेवार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित हुन अनुरोध गरेको छ |

Advertisements