ओली पक्ष उत्साहित, दाहाल–नेपाल सशंकित, दुवै पक्षको आ–आफ्नै रणनीति
बिनु सुवेदी
काठमाडौँ — निर्वाचन आयोगले नेकपाको विधानअनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल नै अध्यक्ष रहेको निर्णय गरिदिएपछि नेकपाको समस्या अर्को चरणमा प्रवेश गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ (६) बमोजिम दलको साविक विवरण कायम रहेको जानकारी सोमबार अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ । आयोगले आइतबार गरेको निर्णयको औपचारिक जानकारी सोमबार दिएसँगै नेकपाभित्रको विवाद थप जटिल बनेको छ । पुस ५ अघि नेकपामा कुनै पनि विवाद नरहेको निष्कर्षसहित आयोगले त्यसयताका दुवै पक्षका बैठक र निर्णयलाई अवैधानिक भन्दै अध्यक्षद्वयको निर्देशनमा महासचिवले बोलाउने बैठकमात्रै आधिकारिक हुने तर्क गरेको छ । आयोगले यी तर्कसहित २८ पृष्ठको निर्णयपत्र पठाएपछि नेकपाको दुवै पक्ष फरक–फरक रणनीतिमा लागेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
निर्वाचन आयोगको निर्णयले नेकपामा तरंग
Posted in नेपाल समाचार
नेकपाका दुवै समूहले पाएनन् मान्यता
सुरेन्द्र काफ्ले
काठमाडौं : निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिन अस्वीकार गरेको छ। आयोगको आइतबार बसेको बैठकले साविककै विवरण कायम हुने भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारी दिने निर्णय गरेको हो। ओली समूह र दाहाल–नेपाल दुवै समूहले गरेको छुट्टाछुट्टै मागदाबीलाई आयोगले अस्वीकार गरेको छ। ‘नेकपाको विवरणमा परिवर्तन, संशोधन र हेरफेर हुन सक्ने देखिएन’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने। प्रवक्ता श्रेष्ठले साविककै विवरण कायम हुने जानकारी दुवै अध्यक्षलाई दिने निर्णय आयोग बैठकले गरेको जानकारी दिए। दुवै समूहको दाबी नपुगेको निष्कर्ष आयोगले निकालेको छ। प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष दाहाल र माधवकुमार नेपाल पक्षले अलग–अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको आयोगको निष्कर्ष हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ओलीविरुद्ध अदालतको अवहेलना निवेदन
बारलगायतले गरे प्रधानमन्त्रीका अभिव्यक्तिको निन्दा
काठमाडौँ — कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन पेस भएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यको उक्त निवेदन सर्वोच्च अदालतले समय अभावको कारण देखाई आइतबार दर्ता गरेन । अदालत प्रशासनले सोमबार निवेदन दर्ता नगरे कारण खुलाई अस्वीकृत गर्नुपर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केहीबेर ‘बाझाबाझ’
काठमाडौँ — प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केही बेर बाझाबाझ भएको छ । आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका ’boutमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभन भएको हो । इजलाशले निवदेनको विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो ।
श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु ल्याएर त्यस’bout बहस नगर्न भन्ने कुरा उठाएका थिए । लगत्तै सरकारी वकिलको तर्फबाट महान्यायधिवक्ता अग्नी खरेल, वरिष्ठ अधिवक्ता सुशिल पन्त अनि नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
को हुन् बाइडन
डिल्लीराज उपाध्याय
जोसेफ रबिनेट बाइडन जुनियर संयुक्त राज्य अमेरिकाका ४६ औँ राष्ट्रपति हुन्। २० नोभेम्बर १९४२ मा जन्मिएका उनले डोनल्ड ट्रम्पलाई हराएका थिए। बुधबार नेपाली समयानुसार राति १०ः१५ बजे अमेरिकी राष्ट्रपतिको शपथ आरम्भ भएको थियो। मुख्य न्यायाधीश जन रबर्ट्सले उनलाई क्यापिटल हलको वेस्ट फ्रन्टमा शपथ गराएका थिए। ७९ वर्षीय बाइडन निकै प्रौढ उमेरमा अमेरिकी राष्ट्रपति विजयी भएका हुन्। अमेरिकी इतिहासमा बाइडन नै सबैभन्दा वृद्ध उमेरमा राष्ट्रपति बन्न पुगेका छन्। उनी १६० वर्षअगाडि पनि पाको उमेरका अब्राहम लिंकन अमेरिकी राष्ट्रपति बनेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो
काठमाडौँ — भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं ल्याइपुर्याइएको हो । कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले इकान्तिपुरलाई जानकारी दिए । उनका अनुसार मुम्बईबाट काठमाडौं सीधा उडान नभएकाले दिल्ली हुँदै खोप ल्याइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार