अतुल मिश्र
काठमाडौ, फाल्गुन ६ – स्खलन हुनुअगावै बाहिर वीर्यपात गरेर प्राकृतिक परिवार नियोजनको विधि अपनाउने धेरैजसो नेपाली दम्पती गर्भपात गराउनुपर्ने बाध्यतामा पर्ने गरेका छन् । विदड्रल समेत भनिने प्राकृतिक परिवार नियोजनको यो विधिअन्तर्गत पुरुषले आफू उत्तेजनाको चरम सीमामा पुग्नुअघि नै योनिबाहिर वीर्यपात गर्ने गर्छन् । Continue reading



पुरुष साथीहरु यदि तपाइँ पिता बन्न इच्छुक हुनुहुन्छ भने जंक फुडलाई आजैदेखि बाइबाइ गर्नुहोस् । पछिल्लोपटक गरिएको एक अनुसन्धानले पिज्जा, चिप्स, चाउचाउ तथा अन्य स्न्याक्स जस्ता जंक फुड खाने पुरुषहरुमा प्रजनन क्षमता कम हुने तथ्य पत्ता लगाएको छ ।
मानिसको जीवनमा गाँस, बास र कपासजस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौनसम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौनसम्बन्ध स्वीकार्य छ । सामाजिकरूपले मान्यताप्राप्त सुरक्षित यौनसम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ । केही समयअघि यौन शब्दको उच्चारण सभ्य समाजमा अपाच्य हुन्थ्यो । कसैले यौन शब्दको उच्चारण गरेमा ऊ उच्छृङ्खल, उत्ताउलो व्यक्तिमा गनिन्थ्यो र सबैको कड्के नजरको सिकार हुन्थ्यो । तर आजकाल यो समस्या छैन ।
दशैंमा सबैभन्दा बढी खाने खाद्य पदार्थ हो माछा, मासु । अरुबेला नखाएपनि दशैंको बेला मासु खानु नै पर्ने प्रचलन हुन्छ । प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले मासु पौष्टिक खानेकुरा पनि हो । खसी, बोका राँगा, बँदेल, भेँडा आदिको मासुमा प्रोटिन प्रशस्त पाउनुका साथै तृप्त याटी एसिड पनि प्रशस्त मात्रामा हुन्छ । मासु पकाउने विधिमा विशेष विचार पुर्याउनुपर्छ ।
दसैंमा सजिलोका लागि टन्न खानेकुरा बनाएर फ्रिजमा राखी अनुकूलता अनुसार उपयोग गर्ने सोचाइमा हुनुहुन्छ भने होसियार ! रोगको शिकार पनि हुन सकिन्छ । चिकित्सकका अनुसार फ्रिजमा खानेकुरा राख्दा पोषणतत्त्व र भिटामिनमा कमी त आउँछ नै रोग संक्रमणको सम्भावना पनि त्यतिकै रहन्छ । फ्रिजजमा हेपाटाइटिस फैलाउनेलगायत भाइरसहरू जीवितै रहन्छन् ।
सांस्कृतिक, धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् । हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसाग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ । त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुदिनन् । र मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ । तर चिकित्सा शास्त्रले महिनाबारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।
के तपाईं सुत्ने बेला कोठामा लामखुट्टे भगाउन धूप प्रयोग गर्नुहुन्छ ? यदि त्यसो गर्नुहुन्छ भने सावधान हुनुहोस् यसबाट तपाईं फोक्सोको समस्यामा पर्न सक्नुहुन्छ । सुत्ने बेलामा लामखुट्टे भगाउन धूप प्रयोग गर्ने व्यक्तिलाई फोक्सोको क्यान्सरजस्ता भयानक रोग चाँडै लाग्ने खतरा बढी हुन्छ । चिकित्सकहरुका अनुसार एउटा धूप बाल्दा १०० चुरोट बिँडी जलाए बराबर धुँवा निस्कन्छ ।
अति गरे खति हुन्छ भन्ने उखान ब्राजिलका एक किशोरलाई ठ्याक्कै मिलेको छ । अत्यधिक यौन चाहनाको समस्याबाट ग्रस्त एक १६ वर्षीय किशोरको अत्यधिक हस्तमैथुनका कारण ज्यान गएको छ । हाइपरसेक्सुआलिटीको लक्षण देखिएको उक्त किशोरले एक रातमा ४० पटक सम्म हस्तमैथुन गर्ने गरेका थिए । धेरै हस्तमैथुनका कारण शारीरिक र मानसिक रुपमै निकै कमजोर बनेपछि किशोरको ज्यान गएको हो । आफ्नो छोराको समस्याबारे जानकार आमाले छोरालाई डाक्टर कहाँ लैजाने विचार गर्दै थिइन् तर त्यो ढिलो भैसकेको थियो ।
सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न धेरै कठिन छ । यो कुरा त्यत्तिकै लहडमा भनिएको होईन युनिवर्सीटी अफ टेक्सासका दुई मनोबैज्ञानिक प्रोफेसर सिन्डा मेस्टन र डेविड बसले यो तथ्य उनिहरुव्दारा लेखिएको पुस्तक ‘Why Women Have Sex ?’ मा उल्लेख गरिएको छ । अहिले सम्म भनिदै आएको थियो ‘महिलाहरु प्रेम प्राप्तिका लागि, यौन सन्तुष्टीका लागि सेक्स गर्छन’ तर यो पुस्तकमा अर्कै कुरा लेखिएको छ । यी मनोवैज्ञानिकहरुले विश्वका हजारौं महिलाहरुमा गरेको शोधका अनुसार ‘महिलाहरु अरु धेरै कारणहरुले सेक्स गर्छन् जुन रोमान्ससंग कुनै अर्थ राख्दैन ।’
टिनएजर अर्थात् अविवाहित युवतीहरूले तीजको मेकअप गर्दा वाटरप्रुफ वा मिनरल मेकअप गर्ने । अनुहारमा दाग छ भने कन्सिलरले छोपेर वाटरप्रुफ फाउन्डेसन प्रयोग गर्ने । त्यसमाथि लुजपाउडर लगाउने अनि गालामा मल्टिकलर ब्लसर -रोज) लगाउने । आँखाको मेकअप गर्दा पहिरनमा मिल्ने आइस्याडो लगाउने वा मल्टिकलर गरेर आइस्याडो लगाउने । 












































