Category Archives: सूचना

अर्थमन्त्री बर्षमान पुन मगर साउदी अरेबिया आउने

अर्थमन्त्री बर्षमान पुन मगर साउदी अरेबिया आउने भएका छन् । मार्च ०२ शुक्रबार प्रवासी लाङघाली मगर संघ, साउदी अरेबियाले आयोजना गर्ने “३०औ मगर दिवस” लाई उद्घघाटन तथा सम्वोधन गर्न आउन लाग्नु भएका पुन मगरले यहाँ रहेका नेपाली समुदायहरुसँग तथा साउदी अरेबियामा स्थापित गैर आवासिय नेपाली संघका पदाधिकारिहरु सँग पनि भेटघाट गर्ने योजना तथा कार्यक्रम रहेको छ । Continue reading

तामाङ घेदुङ कुवेतद्वारा धन्यवाद ज्ञापन !!

सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु.. लास्सो फ्याफुल्ला,

नेपाल तामाङ घेदुङ, कुवेतले २७ जनवरी २०१२ शुक्रबारका दिन, आफ्नो तेश्रो प्रस्तुति स्वरुप आयोजना गरेको “डुक सोनम ल्होछर २८४८” सोंचेभन्दा धेरै राम्रो सफल भएको र जसलाई सफल पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्‍याउनु हुने सम्पूर्ण महानुभावहरुलाई आयोजक नेपाल तामाङ घेदुङ, कुवेत र आफ्नो व्यक्तिगत तर्फबाट समेत हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । Continue reading

बैदेशिक रोजगारीको लागि सुवर्ण अवसर नगुमाउनु होला !!

१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप सम्बन्धी जरुरी सूचना !!

कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

आगामी १० फेब्रुअरी २०१२, शुक्रवार देखी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा “१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन अन्तर नेपाली गोल्डकप फूटवल टुर्नामेण्ट” को सञ्चालन हुन गईरहेको जानकारी गराईन्छ । नक्आउट चरणमा प्रत्येक शुक्रबार खेलाईने यस गोल्डकप टुर्नामेण्टको लागि खेल मैदान हालसम्म टुङ्गो नलागेकाले यस बारेमा निधो भैसकेपश्चात पुन. जानकारी गराईने छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले सन् २००० देखी वार्षिक रुपमा सञ्चालन गराउँदै आएको ‘खेलप्रेमी कुवेतवासी नेपालीहरुको ढुकढुकी नै मानिने’ यस गोल्डकप टुर्नामेण्ट अहिले १२औं वर्षमा प्रवेश गरेको Continue reading

मेचीकाली सामुहिक बचत कोषको भलिबल प्रतियोगितामा हार्दिक आमन्त्रणा !!

यहि आउँदो ०३ फेब्रुअरी २०१२ शुक्रबारका दिन, काउन्सील अफ मिनिस्टर्स, एस.डि.एफ.सी जलिब क्याम्पमा यस मेचीकाली सामुहिक बचत कोषको तेश्रो वार्षिक उत्सवको पावन अवसरमा मैत्रीपुर्ण खुल्ला भलिबल प्रतियोगिता राखिएको हुनाले उक्त प्रतियोगितामा तपाईँको भलिबल टिमले पनि सहभागिता जनाई खेलको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं । Continue reading

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको जरुरी सूचना !!

मिति: ११ जनवरी २०१२

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा गत ०६ जनवरी २०१२ का दिन आयोजित “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” मा कार्यक्रमका स्पोन्सर एअर अरेबियाले “कुवेत-काठमाण्डौ-कुवेत” सम्मको एक राउण्ड टिकट भाग्यशाली चिट्ठाद्वारा स्पोन्सर गरेको र सो चिट्ठा उक्त अवसरमै खोलेर भाग्यशाली बिजेताको नाम घोषणा गरिएको सर्व-विदितै छ । Continue reading

मेचीकाली वचत कोषले वार्षिकोत्सव भलिबल खेल मैदानमा मनाउँदै

मेचीकाली सामुहिक वचत कोषलाई प्रदेशी बसाईको क्रममा आईपर्ने समस्यहरुको केही हदसम्म भएपनि निराकरण गर्ने र कुनै पनि आपतकालिन अवस्थामा आफ्नो मुलुक फर्कनु पर्दा हात खाली नहोस् भन्ने उद्देश्यले आज भन्दा ३ वर्ष अघि २०६५ माघ १४ गते मंगलबार (२७ जनवरी २००९) का दिन स्थापना गरिएको हो । Continue reading

माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो का सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद !!

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा आगामी फेब्रुअरी २०१२ उप्रान्त, कुवेतमा सञ्चालन गरिने दोश्रो प्रबासी दक्षिण एशियाली फुटबल च्याम्पियनशिप (E-SAF-C) को आर्थिक सहयोगार्थ क्लवले ०६ जनवरी २०१२ का दिन नेपालदेखी चर्चित कलाकारहरुको जम्बो टोली झिकाई, कुवेतका स्थानिय नेपाली कलाकारहरुको साथमा आयोजना गरेको “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” सफलतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा Continue reading

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको अत्यन्तै जरुरी सूचना !!

कुवेतनेपाल, एड्मिन

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा कुवेतको जिलिबस्थित इन्टेग्रेटेड इण्डियन स्कुलको हलमा भोली ०६ जनवरीमा प्रस्तुत हुन गैरहेको “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” मा उपस्थित हुनु हुने सम्पूर्ण पाहुनागण, दर्शकवृन्द, बुद्दिजिबी तथा कलाकारहरुलाई सुरक्षाको कारण स्कुल सञ्चालक समितिले स्कुल परिसरमा धुम्रपान र मध्यपान जस्ता लागु पदार्थहरु सेवन नगर्नु हुन, Continue reading

“माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” मा भाग लिन बिहीवार बिहान कलाकारहरु कुवेत आउँदै

ईन्द्र भुसाल, कुवेत

“सम्पूर्ण नेपाली सँघ-संस्था र कुवेतबासी नेपालीहरुलाई स्वागतको लागि बिमानस्थल जान क्लबको आग्रह”

माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा भाग लिन नेपालको साङ्गितिक क्षेत्रका चर्चित कलाकारहरु बिहिबार (भोली) बिहान ९ बजे कुवेत बिमानस्थलमा आईपुग्ने भएका छन । Continue reading

घरेलु कामदारको तालिम बारे जरुरी सूचना !!

तमू समाज, कुवेतद्वारा ल्होछार पर्वका सम्पूर्ण सहयोगिहरुलाई धन्यवाद ज्ञापन

ईन्द्र भुसाल, कुवेत

“कुवेतबाट सञ्चालित नेपाली अनलाईन मिडियाहरुको समाजद्वारा खुलेर प्रशंसा”

समाबेशीको ज्वलन्त उदाहरण दिंदै भब्यरुपमा आफ्नो महान पर्व तमू ल्होछार-२०११ कुवेतमा मनाएको तमू समाज, कुवेतले कार्यक्रम सफल तुल्याउनलाई सहयोग गर्नुहुने सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदीबहिनी, नेपाली सँघ-संस्था, पत्रकार तथा अन्य सम्पूर्ण नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । Continue reading

फुटबल प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद /क्याप्टेन कुल प्रसाद गुरुङ्

- कुवेतनेपाल एड्मिन,

काउन्सिल अफ मिनिस्ट्री एस.डि.एफ.सि कुवेतको आयोजनामा ३० डिसेम्बर २०१११ का दिन, तमू ल्होछार तथा अङ्ग्रेजी नयाँ बर्ष २०१२ को अवसरमा आयोजना गरिएको अन्तर नेपाली फुटबल प्रतियोगितामा सहभागी सम्पूर्ण टिम र खेलप्रेमी दर्शकहरुलाई आयोजकको तर्फबाट फुटबल प्रतियोगिता संयोजक तथा एस.डि.एफ.सि कम्पनी कमाण्डर क्याप्टेन श्री कुल प्रसाद गुरुङ्ले धन्यवाद ज्ञापन गर्दै, Continue reading

‘माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो’ हुने स्थान परिवर्तन सम्बन्धी अन्यन्तै जरुरी सूचना !!

मिति: २२ डिसेम्बर २०११

आदरणीय कुवेतवासी प्रबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, बिभिन्न नेपाली सँघ-संस्थामा आवद्द सहयात्री साथीहरु, खेलाडी तथा खेलप्रेमी महानुभावहरु र पत्रकार बन्धुहरु !!

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजना तथा तपाईंहरुको सहयात्रामा आगामी फेब्रुअरी २०१२ उप्रान्त कुवेतमा सञ्चालन गर्न गईरहेको दोश्रो सार्क-स्तरिय फूटबल च्याम्पियनशिप (E-SAF-C) को सहयोगार्थ यस क्लवले ०६ जनवरी २०१२ का दिन कुवेतमा नेपालदेखि चर्चित कलाकारहरु झिकाई बृहत “कल्चरल च्यारिटी शो” को आयोजना गर्न गईरहेको र जसमा कुवेतका स्थानिय नेपाली कलाकारहरुको समेत सकृय सहभागीता रहने व्योहोरा यहाँहरु सबैलाई विदितै छ । Continue reading

एस.डि.एफ.सी कुवेतले फुटबलको मिति नसार्ने घोषणा..

काउन्सील अफ मिनिष्ट्री
एस.डि.एफ.सी
जलिप क्याम्प

बिषय: फुटबल प्रतियोगिताको मिति नसारिने सम्बन्धमा ।

कुवैतमा अवस्थीत सम्पूर्ण खेलप्रेमी दाजुभाई तथा दिदिबहिनिहरु; ३०–१२–२०११ का दिन काउन्सील अफ मिनिष्ट्री, एस.डि.एफ.सी ले फुटबल प्रतियोगिता राख्ने बारेमा सबैलाई विदितै भएको कुरा हो । यस फुटबल प्रतियोगितालाई लिएर विभिन्न किसिमका टिकाटिप्पणी भै-रहेकोले सम्पूर्ण खेलप्रेमी दाजुभाई तथा दिदिबहिनिहरुलाई यो जानकारी गराउन चाहन्छौं कि हामी कुनै कल्चर, संघ–संस्थाको विरोधी होईनौं । Continue reading