Category Archives: गित/गजल

गीत – गुलावको फूल टिपी

( प्रेम दिबसको अबसरमा हार्दिक शुभ-कामनाको साथमा थोपा-थोपा गीतसंग्रहबाट यो एउटा गीत तपाईहरु लागि ] 
 
गुलावको फूल टिपी दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ
 
डर लाग्छ सम्बन्ध नै टुटी जाने होकी त्यसै
तर कति राखुँ चाहा लुकाएर छोपी यसै
मनको यो गाँठो फुकाई दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ
Continue reading

गजल १/६०

मनोज काफ्ले ‘मनसुन’


एउटालाई पाएँ एउटा मन पराएँ
जसलाई म चाहें उसैलाई हराएँ

म आफै रोएँ मन आफै भुलाएँ
बेकाम प्रियालाई दिलमा सजाएँ Continue reading

गजल – दाम छैन भने

 सुनिल सङ्गम
दाम छैन  भने नाम छैन अचेल
नाम नहुनेको काम छैन अचेल
 
जता हेर्यो उतै रावण जस्तो देख्छु 
जहाँ जति खोजुँ राम छैन अचेल 
Continue reading

ल्होछार बिशेष – गजल

भिमराज पाराङ, कुवेत

यसपाली त मजासंग नाचियो ल्होछारमा
कम्मर मर्काई मर्काई भाँचियो ल्होछारमा

बुद्धको दर्शन गरी लामाको आशिष थाप्दा
मन भित्रका ब्यथाहरु नासियो ल्होछारमा Continue reading

नाम तिम्रै भो (गजल)

महेश घिमिरे, कुवेत


अजित तिम्रै, श्याम तिम्रै, राम तिम्रै भो
मालिया भरी केटा फेर्ने, काम तिम्रै भो

जिलिप, जहारा, फर्वानियामा तिम्रै मात्र चर्चा
कुवैतभरी केटाहरुको लाम तिम्रै भो Continue reading

नबोली हिंडे भैगो ..!!

ज्ञानेन्द्र गुरुङ्, साउदी अरब


नबोली हिंडे भैगो
म तिम्रो रुप देख् नै चाहन्न
कोक्याउने बाँकु फुलेको देखी सकेँ
भो अब छुन चाहन्न Continue reading

एउटी खोज्दैछु म

भीमराज पाराङ, कुवेत

मेरो सुख-दु:खमा हेरिदिने एउटी खोज्दैछु म
मेरो लालाबाला स्याहारिदिने एउटी खोज्दैछु म

मुटु ठिर्‍याउने पुष माघको चिसो-चीसो रातमा
मलाई अंगालोमा बेरिदिने एउटी खोज्दैछु म Continue reading

गजल १/५८

मनोज काफ्ले ‘मनसुन’


खाएका कसम भुलेको छैन
बैरीको ऋणमा डुलेको छैन

टुट्लाकी माया नभन प्रिय
अटुट छ नाता टुटेको छैन Continue reading

निष्ठुरी मलाई नसम्झ..

रोशन संग्रौला, कुवेत


रहर थिएन माया मलाई छुट्टिन तिमिसँग
ईच्छा छन् वाध्यता पर्‍यो मेरो जिन्दगीसँग

उराठ भूमिमा छु नसम्झिदेउ छैन म तिमिसँग
पल-पल तिम्रो मात्र याद छ हरपल म सँग Continue reading

तिमी गयौ (गजल)

अक्किन्छन अधिकारी, बुटवल

कसरी भुल्छु तिमीलाई, मोती फुलाएर गयौ
साहित्य फाट्मा नयाँ आयाम दिलाएर गयौ
मोती तिमी खै कता गगनमा हरायौ पनि
अक्किन्छन यि मनमा माया मिलाएर गयौ

शब्द छैन के भनौ, आज शुभकामना मात्र पनि
सम्झिन्छु यो औंशीमा तिमी बिलाएर गयौ Continue reading

गजल १/५७

मनोज काफ्ले ‘मनसुन’


कहिले शहरमा डुलायौ मलाई
कहिले बगरमा भुलायौ मलाई

मोहनी लगायौ प्यासी बनायौ
प्रेमकै जहरमा झुलायौ मलाई Continue reading

अचम्मका (गजल)

रोशन संग्रौला, कुवेत


उनिसँग बिताएका रात अचम्मका
मुटु साटी गरिएका बात अचम्मका

सम्झनमा केलाउँदा मुटु पोल्छ मेरो
हाँसीहाँसी दिएका ति घात अचम्मका Continue reading

गजल – १२० !!

मनोज काफ्ले ‘मनसुन


आश मात्र देखायौ हरबात तिमीले
अनि सुम्सुमायौ दुईहात तिमीले

लुटदियौ जवानी नजानी नजानी
आफ्नो जनायौ केहिरात तिमीले Continue reading

तिम्रो गजल !!

रोशन संग्रौला, कुवेत


एकान्तमा तिमीसित माया साटेको थिएं
तिम्रो सिउँदो रङ्ग्याउन हात काटेको थिएं

दौलतसँग माया साट्ने कस्तो दिन आएछ
ब्यर्थमा रोशनले तिम्रो गजल गाएछ Continue reading

के भो ? (गजल)

मनोज काफ्ले ‘मनसुन’


तिमीले मलाई समाएर के भो ?
चिसो छ मनमा घमाएर के भो ?

धनै हो ठुलो भन्छन् संसारमा
मन छ अशान्त कमाएर के भो ? Continue reading