Category Archives: साहित्य

प्रेमिका रिसाउँदा.. !!

छबिराम बिके “निर्दोष”
डेढगाउँले भान्जा, नवलपरासी
हाल: कुवेत

रिसाएको किन होला तिमी आजभोली ?
ठुलोठुलो स्वर तिम्रो रुखो भयो बोली
मुटु छेंड्ने बचन तिम्रो बन्दुकको गोली
रिसाएको किन होला तिमी आजभोली ? Continue reading

गीत – गुलावको फूल टिपी

( प्रेम दिबसको अबसरमा हार्दिक शुभ-कामनाको साथमा थोपा-थोपा गीतसंग्रहबाट यो एउटा गीत तपाईहरु लागि ] 
 
गुलावको फूल टिपी दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ
 
डर लाग्छ सम्बन्ध नै टुटी जाने होकी त्यसै
तर कति राखुँ चाहा लुकाएर छोपी यसै
मनको यो गाँठो फुकाई दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ
Continue reading

गजल १/६०

मनोज काफ्ले ‘मनसुन’


एउटालाई पाएँ एउटा मन पराएँ
जसलाई म चाहें उसैलाई हराएँ

म आफै रोएँ मन आफै भुलाएँ
बेकाम प्रियालाई दिलमा सजाएँ Continue reading

तिम्रो कथा सुन्दा.. चाल पाएँ !!

ज्ञानेन्द्र गुरुङ, साउदी अरब


मैले तिम्रो कथा सुन्दा
खोक्रो भाको चाल पाएँ
साँचो हो कि झुठो सुने
थोत्रो भाको चाल पाएँ Continue reading

हराएको मेरो मान्छे

रोशन संग्रौला, कुवेत

हराएको मेरो मान्छे देखनु भयो भने कतै
मलाई खबर गर्नुहोला भेट्नु भयो भनि कतै

खोज्नु होला सहरको भिडहरु छिचोलेर
नेपाल बन्द गरि बाटो छेक्नु भयो  भनि कतै Continue reading

निशा र मेरो डायरी ——–कथा

´´मेरो नाम मनोहर शर्मा ,मेरो खासै पेशा केही पनि छैन म एक सामान्य नागरीक , कृषक जनजीवनको सुत्रधार , जीवनका केही कुराहरु जुन बर्तमान र भबिष्यलाइ अर्थ राख्छन त्यो डायरीमा लेख्नु मेरो यहि सामान्य सोख हो मानिसले मेरो बारेमा धेरै चर्चा परिचर्चा गरेका हुन्छन तर मेरो कान ति अबला नारीहरुको पीडादायी जीवनसँग गासिएको हुन्छ मैले आज मेरो एक अभिन्न साथी हुनुहुन्छ Continue reading

गजल – दाम छैन भने

 सुनिल सङ्गम
दाम छैन  भने नाम छैन अचेल
नाम नहुनेको काम छैन अचेल
 
जता हेर्यो उतै रावण जस्तो देख्छु 
जहाँ जति खोजुँ राम छैन अचेल 
Continue reading

ल्होछार बिशेष – गजल

भिमराज पाराङ, कुवेत

यसपाली त मजासंग नाचियो ल्होछारमा
कम्मर मर्काई मर्काई भाँचियो ल्होछारमा

बुद्धको दर्शन गरी लामाको आशिष थाप्दा
मन भित्रका ब्यथाहरु नासियो ल्होछारमा Continue reading

परिबेश बद्ली सकेछ !!

जितेन थिङ, कुवेत


साँचै कुवेतको परिबेश बद्ली सकेछ
धेरै परिवर्तन आईसकेछ नेपाली जन-मानसमा
नेपालीहरु एक-आपसमा बिरानो हुन थाली सकेछ
संस्थारुपी झुण्डमा आफैले स्वयंलाई अनुबन्धन गरिसकेछ Continue reading

मलाई पग्लाई दियौ..

चुगेन्द्र ताम्ली, साउदी अरब


झरना झैँ शितल तिम्रा ति छायाँहरू
पानी झैँ निश्चल तिम्रा ति मायाहरू
तिम्ले मलाई सजाई दियौ Continue reading

चित्कारको सुनुवाही भएन.. !!

आचार्य प्रभा, कोलोराडो


गीता: तिमी सधैं न्यायको
खडेरीमा काकाकुल झैँ
भौंतारी रह्यौ शायद,
तर…एउटी “अबला नारीको”
उपमाको कालो धब्बाको Continue reading

नाम तिम्रै भो (गजल)

महेश घिमिरे, कुवेत


अजित तिम्रै, श्याम तिम्रै, राम तिम्रै भो
मालिया भरी केटा फेर्ने, काम तिम्रै भो

जिलिप, जहारा, फर्वानियामा तिम्रै मात्र चर्चा
कुवैतभरी केटाहरुको लाम तिम्रै भो Continue reading

नबोली हिंडे भैगो ..!!

ज्ञानेन्द्र गुरुङ्, साउदी अरब


नबोली हिंडे भैगो
म तिम्रो रुप देख् नै चाहन्न
कोक्याउने बाँकु फुलेको देखी सकेँ
भो अब छुन चाहन्न Continue reading

एउटी खोज्दैछु म

भीमराज पाराङ, कुवेत

मेरो सुख-दु:खमा हेरिदिने एउटी खोज्दैछु म
मेरो लालाबाला स्याहारिदिने एउटी खोज्दैछु म

मुटु ठिर्‍याउने पुष माघको चिसो-चीसो रातमा
मलाई अंगालोमा बेरिदिने एउटी खोज्दैछु म Continue reading

म कस्तो मान्छे ?

रोशन संग्रौला, कुवेत


कोइलीको कुहुकुहु अनि मयुरको नाच
हिमालको चिसो अनि तराईको न्यानोमा हुर्किएको मान्छे म

पहाडको जडिबुटी अनि खहरे खोला
ओराली झर्दै गरेका नदीहरुमा खेलेको मान्छे म Continue reading