Category Archives: सम्पादकिय

रणभूमी होइन शान्तीभूमी बनोस् नेपाली राजदूतावास

कुवेतनेपाल न्यूज डेस्क

कुवेतवासी नेपालीहरुको बिसौं वर्षदेखीको व्यग्र प्रतिक्षापश्चात कुवेतमा नेपाली राजदूतावासको स्थापना भएको पनि बर्ष दिन नाँघिसक्यो । यस समयको अन्तरालमा पीडित कुवेतवासी नेपालीहरुले कयौं सुबिधाहरु उपभोग गर्दै आएका छन, आफ्ना नागरिकहरुलाई हरसम्भव सुविधा प्रदान गर्ने प्रयत्न दूतावासले गरेको सत्यता पनि नेपाली समाज कुवेतमा छुप्न सकेको छैन । Continue reading

कुवेतमा नेपाली कामदार र नेपाल सरकारको दायित्व

बिक्रम थापा, कुवेत   

झण्डै ३ दशकदेखी नेपाली कामदारले आफ्नो कार्यथलो बनाएको कुवेतमा कुनै यकिन तथ्याङ्क  नभए पनि लगभग ४० हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिएको छ । अझै पनि नेपालको राजनैतिक अस्थिरता र खिचातानीले गर्दा बिदेशिने नेपालीहरुको संख्या भनें उकालो लाग्ने नै स्थितिमा छ । राम्रो कमाइको लागि खाडी राष्टहरु अग्र सूचिमा नरहे पनि सानो तर बिशाल पेट्रोलको खानीयुक्त कुवेतमा अहिलेको स्थितीसम्म आइपुग्दा भने नेपाली कामदारहरुको रोजगरीको सुनिश्चितता र आय केही सन्तोषजनक स्थितिमा नै रहेको आभाष हुन्छ ।

Continue reading

नेपालका ग्रामीण क्षेत्रमा बैंक र वित्तिय संस्थाको अभाव

जय आले, कुवेत  

राज्यमा वित्तिय संस्थाहरु धेरै छन् तर पनि वित्तिय संस्थाको बिकास पारदर्शी र सबै क्षेत्रलाई चौतर्फी समेट्न सक्ने रुपरेखा तर्जुमा गरी अगाडि जान सकिरहेका छैनन् । आ.ब. २०६६ को आकडालाई हेर्दा नेपालमा ८० % ग्रामीण क्षेत्र छन् भनें २५ % ॠणिले मात्र बैंक वित्तिय संस्थाको सेवा लिन सक्षम र ७५ % जनसंख्या सेवा लिनबाट बन्चित छन् । तर बैंक तथा बित्तिय संस्थाको संख्याको आधारलाई आधारपद मान्ने हो भनें नेपालमा २४५ वटा बैंक तथा बित्तिय संस्थाहरु छन् । तर, यी सबै संस्थाहरु शहरमुखी नै छन् भन्दा अत्युक्ती नहोला । Continue reading

मुलुकको तत्कालिन अवस्था र हाम्रो दृष्य

जय आले, कुवेत       

मुलुक धेरै लामो समयावधिसम्म द्वन्दको चपेटामा छट्पटाएर पून: सफलता प्राप्ति पश्चात, नयाँ नेपालको आधारभूत परिमार्जित संरचनाको बुलन्द ओकल्ने नेताश्रीहरुले आज देशलाई झन बिकराल परिस्थितीमा धकेली रहेका छन् । ६०१ जनाको जम्बो टिम र र अन्य बैचारिक भिन्नता भएका दलहरु राज्यकोष रित्याउन र अकुल सम्पती एवं शक्तिमा लडीबुडी गर्न जहिले सुकै कुर्सी मोहमा नै तछाडमछाड रहेका देखिन्छन् । ति कुराहरु पनि भुलिसके यिनले, जुन देशमा गौतम बुद्द, भृकुटी र सिताहरु जन्मिएका हुन् ।  Continue reading