Category Archives: समाचार

दाहालको ‘घरबेटी’ सुमार्गीकी जेठीसासु

किरण भण्डारी, काठमाडौं, माघ २९ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल हालै ‘डेरा’ सरेको सुविधासम्पन्न घर उनका निकट व्यापारी अजय सुमार्गीकी जेठीसासुको नाममा रहेको खुलेको छ। लाजिम्पाटमा तीन रोपनी कम्पाउन्डसहितको आधुनिक बंगला केही महिना अघिमात्र शिशु अर्यालको नाममा पास गरिएको मालपोतको अभिलेखमा छ। उक्त बंगलाका पूर्व धनी नवलकिशोर अग्रवाल हुन्। Continue reading

बाग्लुङ मालपोत कार्यालयमा माओवादी कार्यकर्ताद्वारा तालाबन्दी

दिलीप पौडेल, बाग्लुङ, माघ २९- ‘जनसत्ता’ले पास गरेको घरजग्गालाई वैधानिकता दिनुपर्ने माग गर्दै माओवादी कार्यकर्ताले बाग्लुङ मालपोत कार्यालयमा तालाबन्दी गरेका छन्। पोलिटव्यूरो सदस्य लीलबहादुर थापाको नेतृत्‍वमा गएको माओवादी कार्यकर्ताले कार्यरत कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरेका हुन्।  Continue reading

सुत्केरीको बाटोमै मृत्यु

भीमबहादुर सिंह
जाजरकोट, माघ २९ – जाजरकोटमा एक सुत्केरीको आइतबार बाटोमै मृत्यु भएको छ । पैक -२, मेलमिसाउकी ३८ वर्षीया मैसरा शाहको अस्पतालतर्फ लैजाँदै गर्दा ढीमे -९, नारे गाउँमा मृत्यु भएको हो । सुत्केरी ब्यथाबाट पिडित शाहलाई इलाका स्वास्थ्य चौकी घरंगाले मिसन अस्पताल चौरजहारी रिफर गरेपछि त्यस तर्फ लाँदै गर्दा बाटामै मृत्यु भएको स्थानीय उज्याल गिरीले बताए ।  Continue reading

सहमतिमा फेरि विलम्व, सभामुखसँग एक महिना मागिने

अब्दुल्लाह मियाँ

काठमाडौं, माघ २८ – विवादित विषयमा सहमति नजुटेपछि प्रमुख तीन दलले सभामुखसँग फेरि एक महिना समय माग्ने निर्णय गरेका छन् । शान्ति मन्त्रालयमा शनिबार अपरान्ह बसेको शीर्ष नेताहरुको बैठकले विवादित विषयमा सहमति जुटाउन एक महिना माग गर्ने निर्णय भएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए । ‘सहमति जुटाउन सकिएन,’ बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘सहमतिमै विवाद टुंग्याउन सभामुखसँग एक महिना माग्ने सहमति गरेका छौं ।’ Continue reading

अमेरिकी राष्ट्रपति ओबामाको हत्या योजना बनाइएको खुलासा

वासिङ्टन (अमेरिका), माघ २८ (एजेन्सी)– अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या योजना बनाएको एक उजबेक नागरिकले स्वीकार गरेका छन्। २२ वर्षीय उलुजबेक कोदिरोवले अमेरिकाको दक्षिण क्षेत्रमा अवस्थित एक अदालतमा चलिरहेको मुद्दाको सुनुवाईका क्रममा उक्त स्वीकारोक्ति गरेका हुन्। Continue reading

मस्को स्थित नेपाली राजदूत श्री सूर्यकिरण गुरूङप्रति रोमानियाबाट हार्दिक कृतज्ञता ज्ञापन

नरापो न्यूज।
रूस महासंघका लागि नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङ आफ्नो कार्यकाल समाप्त गरी छिटै स्वदेश फर्किनु हुदैछ । यस सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसले राजदूत-दम्पतिको सम्मानमा गर्न लागेको बिदाई समारोहमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रोमानियाको तर्फबाट एक हार्दिक कृतज्ञता ज्ञापन पत्र पठाउने निर्णय गरेको छ। Continue reading

छथर महोत्सवलाई ब्रुनाईबाट सहयोग हुने

ब्रुनाई, , छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन १, २ र ३ गते सम्पन्न हुन गई रहेको त्रिदिवसिय महोत्सवलाई ब्रुनाईबाट पनि सहयोग हुने भएको छ । Continue reading

रोमानियामा हिजो देखि नया प्रधानमन्त्रि को नियुक्ति

राष्ट्रपति बसेस्कु  र नया प्रधानमन्त्री
नवराज पोखरेल, नरापो न्यूज, रोमानिया ।
बुखारेस्ट,- रोमानियाका राष्ट्रपति त्रैयाँन  बसेस्कुले प्रधानमन्त्रि एमिल बोकको राजिनामा स्वीकार गरे पछि हिजो साझ  Foreign Intelligence Service (SIE) का प्रमुख तथा पूर्ब विदेश मन्त्रि मिहाई रझभान उन्गुरेआनुलाई नया प्रधानमन्त्रीको पदमा मनोनयन गरि  मन्त्रि मण्डल बनाउन आदेश दिएका छन।राष्ट्रपति त्रैयाँन  बसेस्कुले  प्रेस कन्फरेन्समा बोल्दै – यो मन्त्रि मण्डलको परिबर्तन गत डिसेम्बर महिनामा नै हुने Continue reading

नेपालमा डिजिटल हस्ताक्षर सुरु

रामचन्द्र भट्ट, काठमाडौं, माघ २६ – विद्युतीय कारोबारलाई व्यवस्थित बनाउन नेपालमा पनि डिजिटल हस्ताक्षरको सुरुवात भएको छ। आज प्रधान मन्त्री बाबुराम भट्टराईले औपचारिकरुपमा यसको सुरुवात गरेका छन्। भट्टराईले डिजिटल हस्ताक्षरको साँचो प्रमाणिकरण नियन्त्रक राजनराज पन्तलाई हस्तान्तरण गरे। Continue reading

कानुनविपरीत नागरिकता दिन परिपत्र

बलराम बानियाँ
काठमाडौ, माघ २६ – जन्मका आधारमा २०६३/६४ सालमा नागरिकता दिइएका पौने २ लाखभन्दा बढी नागरिकका सन्तानलाई कानुनविपरीत वंशजकै आधारमा नागरिकता दिन सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाएको छ । नागरिकता ऐन २०६३ मा जन्मका आधारमा नागरिकता दिइएका व्यक्तिका सन्तानलाई नागरिकता दिने कुनै व्यवस्था छैन । Continue reading

सुदूरपश्चिम टुक्र्याउने कार्य नमान्ने कङ्ग्रेस सांसदको चेतावनी

काठमाडौं, माघ २५ – नेपाली कङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका सात सभासदले राज्य पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदनप्रति असहमति जनाएका छन्। उनीहरुले सुदूरपश्चिमका ९ जिल्ला खण्डित हुन नसक्ने भन्दै यसलाई खण्डित वा विभाजन गर्ने कार्य कुनै हालतमा स्वीकार्य नहुने पनि बताएका छन्। भौगोलिकरुपले एकीकृत तथा विशिष्ठ भूखण्डका रुपमा रहेको सुदूरपश्चिम सदैव अखण्डित तथा ऐतिहासिक निरन्तरता कायम रहेको भूभाग हो भन्दै उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ- यही कारण सुदूरपश्चिम खण्डित वा विभाजन हुन सक्दैन। Continue reading

संसद्‍मा ब्लु फिल्म हेर्ने कर्नाटक राज्यका तीन मन्त्रीले बुधबार राजीनामा दिएका छन् ।

बैङ्गलोर, माघ २५ – संसद् चलिरहेकाबेला ब्लु फिल्म हेर्दैगर्दा समातिएका सहकारी मन्त्री लक्ष्मण सावदी, महिला तथा वाल कल्याण मन्त्री सीपी पाटिल र बन्दरगाह मन्त्री कृष्णा पालेमारले राजीनामा दिएका हुन् । भारतीय जनता पार्टी (बिजेपी)को निर्देशनमा उनीहरुले राजीनामा दिएका हुन् । तीनैजना बिजेपीका हुन् । Continue reading

कुष्ठरोगी घरनिकाला

दल्ली (जाजरकोट), माघ २४ – कुष्ठरोगी भएकै कारण घरनिकाला गरिएका रुकुमका भागीदल विश्वकर्मा खगेनकोट, दल्लीस्थित स्वास्थ्यचौकीको शरणमा छन् । Continue reading

विमानस्थल छेउमा आगलागी

BREAKING NEWS
All flights cancelled as fire sweeps through grassland near TIA runway Tribhuvan International Airport (TIA) has cancelled all the domestic and international flights this evening after the grassland near the runway caught fire. Three fire brigade vehicles have been mobilised to douse the fire.

Source: Nepal TV

विमानस्थल छेउमा आगलागी

काठमाडौं, माघ २४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको छेउ (पूर्वपट्टी) घाँसे मैदानमा लागेको आगलागी नियन्त्रण बाहिर गएको छ। सेनाले अभ्यास गर्दा अनियन्त्रित भइ आगो फैलिएको हो। आगो नियन्त्रणमा काठमाडौँ, भक्तपुर र ललितपुरका सबै दमकलहरुको प्रयोग गरिएको विमानस्थलमा कार्यरत डीआइजी नारायण बस्ताकोटीले एभिन्युज टेलिभिजनलाई बताए। Continue reading