मधु शाही
माघ २० – लगाइएका जुत्ताबाट पनि विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने कुरा सुन्दा तपाइर्ंलाई अचम्म लाग्न सक्छ । बढ्दो लोडसेडिङको मार खेपिरहँदा विज्ञान संकायका केही विद्यार्थीले भने विकल्प खोज्न थालेका छन् । राजधानीमा सोमबार विद्यार्थीले घरवरिपरिका थोत्रा, फालिएका सामग्रीमा केही अध्ययन र जुक्ति लगाएर बनाएका प्रविधिगत वस्तु रोचक र प्रभावकारी थिए । Continue reading
साधारणतया व्यावसायिक रूपमा काम गर्नेहरूका दुईवटा बाटा हुन्छन्, कुनै आइटी कम्पनीमा जागिर खाने वा घरमै बसेर स्वतन्त्र रूपमा (फ्रिल्यान्सिङ) काम गर्ने। निजी र व्यावसायिक प्रयोजनका लागि वेबसाइट बनाउनु एउटै कुराजस्तो लागे पनि कुरा अलिकति फरक छ।
आजभोली विश्वभरी निक्कै चर्चित अनी धेरैले मन पराएको भिडियो sharing साईट youtube बारे त सबैलाई जानकारी छ नै। हुन त ईन्टरनेट संसारमा अरु पनि धेरै भिडियो sharing साईटहरु पाईन्छन । हरेकको आ आफ्नै बिशेषता होला तर भिडियो sharing साईट भन्ने बित्तिकै सबैको मुखमा youtube को नाम नै झुण्डिएको पाईन्छ । किनकी यसमा यती धेरै भिडियोहरु upload भईसकेका छन कि हामीलाई अनुमान गर्न नै गाह्रो परीसकेको छ ।
‘हामी नोभेम्बर ५ तारिख फेसबुकको हत्या गर्दै छौं ।’ सोसियल नेटवर्किङ्ग साइट फेसबुकमै यस्तो सन्देश देखिन थालेपछि अहिले फेसबुक प्रयोगकर्तामा एउटा कौतुहलता जागेको छ । के साँच्चै नोभेम्बर ५ मा फेसबुक बन्द हुन्छ ?
युवा वैज्ञानिक राम-लक्ष्मणले आविष्कार गरेका नयाँ-नयाँ प्रविधिबाट समाज-सुधारका काम हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्नेबारे चासो बढेको छ । यहाँ छ, दाजुभाइको प्रविधि-आविष्कारबारे तयार पारिएको ‘जुम्ल्याहा कथा’- बाल्यकालमा उनीहरू साह्रै चकचके थिए । रित्तो हात त बस्नै नसक्ने घरमा कोही नभएको मौका पारेर रेडियो, फाङ्लाङ-फुङ्लुङ पार्थे- कुनै जिज्ञासाले घेरिएर ।
कुनै बेला त्यस्तो पनि थियो एउटा गीति एल्बम बेचेरै लाखौं आम्दानी हुने गथ्र्यो । हरेकका घरमा चलेका गायक गायिकाका एल्बम संकलन गरेर राखिएको हुन्थ्यो । तर समय अहिले त्यस्तो रहेन । यहि संगीत बजारमा ३ लाख क्यासेट विक्रि गरेर म्यूजिक नेपालको रेकर्ड तोडेका रामकृष्ण ढकाल अहिले निरन्तरताका लागि मात्रै एल्बम निकाल्छन् ।
सूचना प्रविधिको द्रुत विकास, इलेक्ट्रोनिक सामानको सुलभता र नेपालमा बढ्दो लोडसेडिङको कारणले पनि हुन सक्छ, केही वर्ष अघिसम्म डेस्कटप कम्प्युटरले काम चलाइरहेका (शहरिया) आम उपभोक्ताको पहुँच ल्यापटप कम्प्युटरमा पुगिसकेको छ । 
धेरै साल पहिला हाम्रो गाउँका बाजे, बज्यैहरुले बन जाने बाटो माथिको अग्लो पहाड देखाउँदै भन्नु हुन्थ्यो ‘यो गाउँमा कहिल्यै पनि मोटर आउने छैन, न त यहाँ सिंचाई नै आउँछ यत्तिकै मरिने भयो हामीहरु’ यिनै बाजे, बज्यैका कुरा सुनेर हामीले स्कुल जाने गर्थ्यौ । हुन पनि पहाड निकै अग्लो र डरलाग्दो छ, बाँदरहरु पनि कयौं पटक लडेर मरेको हामीले देख्यौं शायद झुक्किएर होला भनेर सम्झिने गरिन्थ्यो त्यो बेला । गाउँमा कसैको अचानक खबर आउँथ्यो टेलिफोनमा, जहाँ पुग्दा मान्छेहरुको भिड हुन्थ्यो ।
फेसबुक र ट्विटरजस्ता इन्टरनेट सामाजिक सञ्जाल संसारभरि लोकप्रिय भइरहेका बेला त्यस्तै नेपाली साइट तयार भएको छ। ‘चौतारी’ नाम दिइएको सञ्जाल नेपाल टेलिकमले आन्तरिक परीक्षण गरिरहेको छ। ‘यो फेसबुकजस्तै सामाजिक सञ्जाल हो, नेपालमै कन्टेन्ट बनाएर यसलाई सञ्चालन गर्न लागेका छौँ,’ टेलिकम सूचना प्रविधि निर्देशनालयका डेपुटी मेनेजर सरोजकुमार शाक्यले भने। 












































