Category Archives: फोटोहरु

क्रेज नेपाल युवा क्लवको दोश्रो लाईभ कन्सर्ट (डिसेम्बर २०१०)

कुवेतका नेपाली सँघ-संस्थाहरु मध्ये खासगरी युवा पिढीलाई लक्षित गर्दै सन् २००९ मा स्थापना भएको म्युजिकल ब्याण्ड क्रेज नेपाल युवा क्लव कुवेतले ३१ डिसेम्बर २०१० को दिन कुवेतको मालियास्थित एसिया-एसिया होटलमा नयाँ वर्ष २०११ को पुनित अवसरमा आफ्नो दोश्रो लाईभ कन्सर्ट भव्यताकासाथ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख झलक फोटोमा… Continue reading

तमू समाज कुवेतको दोश्रो ल्होछार पर्व-२०१० (डिसेम्बर २०१०)

आफ्नो मौलिक परम्परा, धर्म-संस्कृति र संस्कारको संरक्षण गरौं भन्ने मुल उद्देश्यका साथ डिसेम्बर २००९ मा स्थापना भएको तमू समाज कुवेतले ३१ डिसेम्बर २०१० मा कुवेतको अब्बासियास्थित शाही तन्दुरी रेस्टुरेण्टमा कुवेतवासी नेपालीहरुको बृहत उपस्थितिमा “दोश्रो तमू ल्होछार पर्व-२०१०” भव्यतापूर्वक सम्पन्न गरेको छ । ल्होछारका प्रमुख झलकहरु फोटोमा… Continue reading

कुवेतवासी नेपालीहरुले ख्रिष्टमस पर्व मनाए (डिसेम्बर २०१०)

कुवेतको मालियास्थित नेशनल ईभान्जेलिकल नेपाली ख्रीष्टीयन चर्चमा करिब १५०० कुवेतवासी ईशाई धर्मालम्बी ‘ख्रीष्टीयन’ तथा गैर ख्रीष्टीयन नेपालीहरुले २५ डिसेम्बर २०१० का दिन, सामुहिक रुपमा प्रभुयेशू ‘ख्रीष्ट’को पूजा-आर्चना गर्दै र भजन गाउँदै बडादिन ख्रीष्टमस मनाएका छन । कार्यक्रमको प्रमुख झलक फोटोमा… Continue reading

MESC को ११औं वार्षिकोत्सवमा भलिबल प्रतियोगिता (डिसेम्बर २०१०)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको ११औं वार्षिकोत्सवको सु-अवसरमा १७ डिसेम्बर २०१० को दिन, कुवेतको खेतानस्थित कभर्ड हलमा अन्तर नेपाली भलिबल प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको छ । भलिबल प्रतियोगिताका प्रमुख झलक फोटोमा… Continue reading

लालीगुराँस साँस्कृतिक परिवारको भलिबल प्रतियोगिता (नोभेम्बर २०१०)

“हाम्रो संस्कृती हाम्रो परम्परा” भन्ने नाराका साथ कुवेतमा स्थापना भएको लालीगुराँस साँस्कृतिक परिवारले १९ नोभेम्बर २०१० का दिन, कुवेतमा खुल्ला अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गरेको छ । भलिबल प्रतियोगिताका प्रमुख झलकहरु फोटोमा… Continue reading

कुवेतवासी नेपालीहरुको भाईटिका (नोभेम्बर २०१०)

०७ नोभेम्बर २०१० तिहारको अन्तिम अर्थात भाईटिकाको दिन कुवेतमा कार्यरत शिव कुमार श्रेष्ठ एवं माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरीको निवासमा कुवेतवासी नेपालीहरुले भाईटिका र मख्मली फुलको माला लगाई तिहार मनाएका छन । भाईटिकाको प्रमुख झलक फोटोमा… Continue reading

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको तेश्रो वार्षिक बनभोज (नोभेम्बर २०१०)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले ०५ नोभेम्बर २०१० मा कुवेतको ग्रिन आईल्याण्डमा बिजया दशमी तथा दिपावलीको अवसरमा बिभिन्न सांगितिक प्रस्तुति र मनोरन्जनात्मक खेलकूद सहितको “तेश्रो वार्षिक बनभोज कार्यक्रम-२०६७” भव्यतापूर्वक सम्पन्न गरेको छ । बनभोज स्थलका झलकहरु फोटोमा… Continue reading

MESC द्वारा आर्थिक सहयोग कुवेतमा पीडित बनेका राईलाई (अक्टुबर २०१०)

२२ अक्टुबर २०१० मा बसेको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको मासिक बैठकमा बिलौना गर्दै आईपुगे झापाका डिक बहादुर राई । राईलाई एजेण्टले ८ घण्टा ड्युटी र तलब राम्रो छ भनी कुवेत पठाएको तर कुवेतको एक दोकानमा १६ घण्टा लेबर काममा खटाईएको, खादिम (घरेलु कामदार) को भिसामा फसाईएको र पासपोर्ट समेत साहुले गायब पारेको बताउँदै सहयोग मागेपछी क्लवले बैठकमै कार्यसमितिबिच चन्दा संकलन गरेर उनलाई हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरणको झलक फोटोमा… Continue reading

जय आलेद्वारा कुवेतमा बिचल्ली परेकालाई हवाई टिकट उपलब्ध (अक्टुबर २०१०)

ड्राईभरको काम, ८ घण्टा ड्युटी र राम्रो तलब भनी झुक्याएर कुवेतल्याई मरुभुमिको ५५ डिग्री गर्मीमा भेंडा चराउन र उँटलाई घाँस काट्न पुर्‍याईएका स्याङ्जाका नर बहादुर सारुलाई अलपत्र अवस्थामा फेलापारि कुवेतनेपाल डटकमका प्रधान सम्पादक एवं माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका कोषाध्यक्ष श्री जय आलेले २२ अक्टुबर २०१० को दिन व्यक्तिगत रुपमा पीडितलाई  कुवेत-काठमाण्डौ हवाई टिकट उपलब्ध गराईदिनु भएको छ । पीडित सारुलाई टिकट हस्तान्तरण गर्दै जय आले बाँया फोटोमा… Continue reading

MESC कुवेतद्वारा हिमालयन बैंकका शैलेन्द्रमान श्रेष्ठको बिदाई (अक्टुबर २०१०)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले २१ अक्टुबर २०१० को दिन, हिमालयन बैंक कुवेत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई एक समारोह बिच कदर-पत्र र मायाको चिनो दिई बिदाई गरेको छ । क्लव पदाधिकारीहरु, समाजसेवी, बुद्दिजिवी, पत्रकारहरु र हिमालयन बैंकका नयाँ कुवेत प्रतिनिधि अभिषेक थापा मगर समेतको उपस्थितिमा वहाँलाई बिदाई गरिएको थियो । बिदाईका झलकहरु फोटोमा… Continue reading

NRNA कुवेतद्वारा हिमालयन बैंकका शैलेन्द्रमान श्रेष्ठको बिदाई (अक्टुबर २०१०)

NRNA कुवेतले २० अक्टुबर २०१० को दिन, हिमालयन बैंक कुवेत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई एक समारोह बिच कदर-पत्र दिई बिदाई गरेको छ । NRNA कुवेत, समाजसेवी, बुद्दिजिवी, पत्रकारहरु र हिमालयन बैंकका नयाँ कुवेत प्रतिनिधि अभिषेक थापा मगर समेतको उपस्थितिमा वहाँलाई बिदाई गरिएको थियो । बिदाईका झलकहरु फोटोमा… Continue reading

२०६७ को दसैं टिका-जमरा र खसीकोसाथ कुवेतमा (अक्टुबर २०१०)

१७ अक्टुबर २०१० । बडा दसैंको टिकाको दिन, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका उपाध्यक्ष धर्मराज गिरीको निवासमा कुवेतवासी नेपालीहरुले टिका र जमारा लगाएर दसैं मनाएका छन भनें अल्घानिम कम्पनिमा कार्यरत नेपालीहरुले नवमीको दिन खसी काटेर भोज खाई दसैं मानेका छन । कुवेतको दसैंको केही झलक फोटोमा… Continue reading

नयाँ नेपाल क्लवको भलिवल प्रतियोगिता (अक्टुबर २०१०)

१५ अक्टुबर २०१० को दिन, कुवेतको मङ्गाफस्थित सि साईड भलिबल मैदानमा नेपालीहरुको महान चाड बिजया दशमीको अवसर पारि नयाँ नेपाल युवा क्लवले भलिबल प्रतियोगिता आयोजना गरेको जसमा १६ नेपाली टिमहरुले सहभागिता जनाएका छन । कार्यक्रम स्थलका प्रमुख झलक फोटोमा… Continue reading

लालीगुराँस साँस्कृतिक परिवारको प्रथम सांगितिक प्रस्तुती (अक्टुवर २०१०)

कुवेतको मालियास्थित एसिया-एसिया होटलमा लालीगुराँस साँस्कृतिक परिवारको प्रथम प्रस्तुती स्वरुप “दशहरा सांगितिक रमझम २०६७” १५ अक्टुवर २०१० को दिन भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका केही झलकहरु फोटोमा… Continue reading

जन-जागृती युवा समाजको अन्तरकृया कार्यक्रम (अक्टोबर २०१०)

विविध कारणवश पीडित र गैर-कानूनी बन्न पुगेका नेपाली चेलीबेटी र दाजुभाईहरुको समस्यालाई मध्यनजर गर्दै जन-जागृती युवा समाज कुवेतले कुवेतमा कृयाशिल रहेका नेपाली सँघ-संस्था र पत्रकारहरुको उपस्थितिमा ०१ अक्टुबर २०१० मा कुवेतको सोल्टी नेपाली रेष्टुरेन्टमा अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रमका केही झलकहरु फोटोमा…  Continue reading