Category Archives: दूतावास गतिविधि

नेपाली राहदानीमा कुवेत पुगेकी भारतीय महिला काठमाडौंमा पक्राउ

काठमाडौं, माघ ११ (नागरिक)- सक्कली नेपाली राहदानीमा तस्बिर परिवर्तन गरी कुवेत पुगेकी भारत कालिङ्पोङकी विनिता क्षेत्री काठमाडौं विमानस्थलमा पक्राउ परेकी छिन् । झापाकी मनमाया योञ्जनको नाममा जारी राहदानीमा आफ्नो तस्बिर राखेर पुस २६ गते कलकत्ता हुँदै घरेलु कामदारका रुपमा उनी त्यसतर्फ गएकी थिइन् । Continue reading

तामाङ् ल्होछारको मंगलमय शुभकामना !!

कोरियाका लागि भावी राजदूत कमान सिंह लामा नियुक्त

नेपाल सरकारले दक्षिण कोरियाका लागि महामहिम राजदूतमा कमान सिंह लामालाई नियुक्त गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीसंगै बिभिन्न दश देशका लागि राजदूतहरुको सिफारिस गरेको छ । शंकर बैरागी (स्विट्जरल्याण्ड), मुक्तिनाथ भट्ट (डेनमार्क), रुद्र नेपाल (अष्ट्रेलिया), Continue reading

इटलीमा पानी जहाज दुर्घटना, राजदूत पौडेल परिवारका चार सदस्य जहाजमा (फोटो फिचरसहित)

कुवेतनेपाल, एड्मिन

इटलीको गिग्लिओ टापु नजिकै कोष्टा कोन्कोर्डिया नामक बिशाल पानी जहाज शनिबार बिहान दुर्घटनाग्रस्त भई समुन्द्रमा डुबेको छ । बिदाको क्रममा घुम्न गएका कुवेतका लागि नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलकी छोरी रुपा पौडेल भट्टराई, ज्वाँई प्रकाश भट्टराई र २ नातिहरु Continue reading

नयाँ साल तथा तमू ल्होछारको शुभकामना !!

क्रिष्टमस तथा नयाँ वर्ष २०१२ को मंगलमय शुभकामना !!

बिजया दशमीको शुभकामना !! “नेपाली राजदूतावास कुवेत”

Continue reading

कुवेतमा राजनीतिक गतिविधिमा संलग्न रहेको पाईएमा नेपाल फिर्ता जानुपर्ने, दूतावासबाट कुनै सहयोग नमिल्ने

नेपाली राजदूतावास कुवेतको अत्यन्तै जरुरी सूचना:-

Continue reading

कुवेतमा ६० हजार नेपाली कामदार रहेको अनुमान, बैधानिकता प्राप्त ४७,५१३ मात्र, महिलाको संख्या दुई तिहाई

Continue reading

ईद पर्वको शुभकामना !!

Posted by: Jay Ale

एनआरएनए कुवेतद्वारा पीडित अमृता तामाङ्लाई कानूनी उपचार र पिडक अफगानीलाई सजायँको माग

जय आले, कुवेत

कुवेतमा नेपाली युवती अमृता तामाङ्लाई महिनौंदेखी बन्धक बनाई जबर्जस्ती अनैतिक सम्बन्ध कायम राख्दै आएका अफगानी नागरिकलाई केही दिन पहिला एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्को अपिल र नेपाली राजदूतावास कुवेतको सकृयतामा कुवेत पुलिसले महबुल्लास्थित निज अफगानीको निवासबाटै पक्राउ गरी अनुसन्धानको निम्ती पीडित, पिडक दुवैलाई लगेको थियो । तर, हप्ता दिनमै पिडक अफगानी सामान्य धरौटीमा छुटेको र पीडित अमृता न्याय पाउनुको सट्टा उल्टो डिर्पोटेशन सेन्टरमा बन्दी बनाईएको समाचारले नेपाली समाज कुवेतमा सनसनी मच्चिएको छ भनें सारा कुवेतवासी नेपालीहरु आक्रोशित भएका छन । Continue reading

कुवेतमा अफगानी नागरिकको कब्जामा रहेकी नेपाली युवतीको दूतावासले उद्धार गर्‍यो

जय आले, कुवेत

१५ अगष्त । कुवेतको महबुल्लास्थित एक घरमा अफगानी नागरिकले महिनौंदेखी बन्धक बनाएर राखिएकी १७ बर्षिया अबोध नेपाली युवती अमृता तामाङ्को आज कुवेत पुलिसको साहारामा नेपाली राजदूतावास कुवेतले उद्वार गरेको छ ।

पत्रकार आर.बि. बुढाथोकीले “कुवेतमा महिनौदेखी बन्धक नेपाली महिला उद्वारको पर्खाईमा” भन्ने शिर्षकको समाचार नेपालकुवेत डट कममार्फत सम्प्रेषित गर्दै घट्नाको पर्दाफास गरिदिएपछी सो समाचार NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्ले पढ्न Continue reading

मिनी वर्ल्ड कप फुटवल च्याम्पियनशिपमा नेपाल सिनेगलद्वारा ३-१ गोलले पराजित (फोटो फिचरसहित)

राष्ट्रको नाम विश्वको सामु परिचित गराउन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले गरेको सहयोग र खेलाडीहरुको राजदूत मधुवन पौडेलद्वारा उच्च प्रशंसा:

जय आले, कुवेत

कुवेतको बिदेश मन्त्रालयद्वारा आयोजित कुवेतस्थित बिभिन्न बिदेशी दूतावास/दूतावासबीच सञ्चालित मैत्रिपूर्ण खेल “मिनी वर्ल्ड कप फुटवल च्याम्पियनशिप” मा नेपाल अफ्रिकी मुलुक सिनेगलसँग ३-१ गोलको अन्तरले पराजित भएको छ । हवाली कुवेतको एयर कन्डिसनयूक्त हल, आँखै तिर्मिर्‍याउने रोशनी, जुत्तै चिप्लिने आर्टिफिसियल ग्राउण्डमा ६/६ जना खेलाडी र जम्मा २० मिनटको समयभित्र खेलाईएको यो च्याम्पियनशिप शायद प्रवासी नेपाली खेलाडिहरुको खेल जीबनमै पहिलो र नौलो अनुभव रह्यो । Continue reading

In a new height of Kuwait-Nepal Relation

Bhuwan Paudel
Diplomatic Attache’ /Nepalese Embassy Kuwait

After a long gap of the establishment of diplomatic relations between the two countries, Nepal opened the Embassy in Kuwait last year March. The Embassy has completed over one year of its functioning. During this short period, two high level official visits from Nepal have taken  place and  the Government of the State of Kuwait has been supportive all the way  in the effective and smooth functioning of the Embassy since its opening. Continue reading

कुवेतमा मिनी वर्ल्ड कप फुटवल च्याम्पियनशिप हुँदै, नेपाल ‘भोली’ सिनेगलसँग भिड्दै

News update/08.08.2011 (11.00 a.m.)
नेपाली दूतावासबाट भर्खरै प्राप्त सूचनाका अनुसार “मिनी वर्ल्ड कप च्याम्पियनशिप कुवेत” कुवेतस्थित बिभिन्न देशका दूतावासहरुबीच मात्र हुने र हरेक देशका कुटनैतीक नियोग प्रमुख लगायत अन्य कर्मचारीहरुको उक्त समारोहमा उपस्थिती रहने भएकोले सुरक्षाको कारण कुटनैतीक कर्मचारी र खेलाडिहरु शिवाय अरु कसैलाई पनि खेल हेर्न र टिम सपोर्टको लागि खेल मैदानमा प्रवेश गर्न कुवेत सेक्युरिटी फोर्सले रोक लगाएको जानकारी गराईन्छ ।

जय आले, कुवेत

कुवेतको बिदेश मन्त्रालय (Ministry of Foreign Affairs Kuwait) को आयोजनामा कुवेतस्थित बिभिन्न बिदेशी राजदूतावासहरु बीच “मिनी वर्ल्ड कप” मैत्रिपूर्ण फुटवल च्याम्पियनशिप हुने र नेपाल भोली ‘अगष्त ८ तारिखका दिन’ कुवेतको हावालीस्थित फुटवल मैदानमा सिनेगलको बिरुद्द बेलुकिको ठीक ८.३० बजेदेखी खेल्ने दूतावास श्रोतले खुलाएको छ । Continue reading