ईन्द्र भुसाल ,कुवेत
प्रबासमा धेरै नेपाली सँघ- संस्थाहरु खुलेका छन र खुल्ने क्रम जारी नै छ । कहाँ कुन संस्थाले के गर्यो र के गरेन आफ्नो संस्थाको ईतिहास मा रहन्छ नै प्रबासी नेपालीहरुको अगाडि त्यो संस्थाको महत्व र संस्थाको आवश्यकता छ कि छैन भन्ने पनि मुल्याङ्कन हुने गर्दछ , संस्था खोलेर मात्र हुँदैन कार्यगर्दै जानु पनि पर्दछ तर सबैमा त्यो लागु हुँदैन यो दुनियाँमा! Continue reading
मद्घत, सहयोग कसैको करकाबले होइन आफ्नो ईच्छा र स्वच्छ मनले गर्नु पर्दछ। सो को उदाहरण अल्घानिम सिक्युरिटी ग्रुपका साथीहरुले दिनु भएको छ। गत ५ मे २०१२ का दिन पोखरा कास्कीको सेती नदिमा आएको बाढीका कारण घरबार बिहिन हुन पुगेकाहरुको लागि अल्घानिम सिक्युरिटी ग्रुपका साथीहरुले ने रु ६०,००० जम्मा गर्न सफल भएका छन।
शान्तीका अग्र दुत भगवान गौतम बुद्धको २५५६ औं बुद्ध जयन्ती नेपाल तमाङ घेदुङ कुवेतको आयोजनामा भब्य किसिमले हिजो समप्न्ह भयो । अतिथी कलाकारहरुको बिजोड तमाङ सेलोले दर्शकलाई त नचायो नै प्रबासी जीवनमा कुवेतबासी नेपालीहरुले नयाँ नेपाली कलाकारहरुको बेजोड प्रस्तुती पनि देख्न पाए। 
२५५६ नौ बुद्ध जयन्ती मनाउन गैइरहेको नेपाल तमाङ घेदुङ कुवेतले कार्यक्रममा भाग लिन आउनु भएका कलाकारहरु तुलसा वाइबा र इन्दिरा योन्जनलाई कुवेत बिमानस्थलमा भब्य स्वागत गरेको समाचार पराप्त भएको छ।
देशमा चारैतिर अशान्तीको कालो बादल मडारिएको बेला भगवान गौतम बुद्धको २५५६ औं जन्मदिन मनाउने क्रम देश बिदेशमा भईरहेका छन । शान्ती का अग्रदुत भगवान गौतम बुद्ध जन्मेको देश नेपालमा जे जस्तो परिस्थिती भएपनी हामी नेपालीहरुले उहाले दिएको शान्तीको मार्गलाई सदा सम्मान गर्नु पर्दछ र त्यो पथमा हिंड्ने काम सबैलाई सिकाउनु बुद्ध प्रतीको ठुलो सम्मान हुनेछ । कार्यक्रम कै सिलसिलामा नेपाल तमाङ घेदुङ कुवेतले पनि यही २५ तारिक मालियाको होटेल एसिया एसियामा आयोजना गर्ने बुद्ध जयन्ती कार्यक्रमको तयारी पुरा भएको जनाएको छ
काठमाडौ, जेष्ठ ७ – साउदी अरबले रेड जोन (कालोसूची) मा राखेका कम्पनीमा कार्यरत नेपाली कामदारले तलब नपाउने भएका छन् । साथै ती कामदारले घर फिर्नसमेत पाएका छैनन् । साउदी सरकारले आफ्नो नीतिलाई कार्यान्वयन नगर्ने कम्पनीलाई कालोसूचीमा राखी उनीहरूको काम कारबाही रोक्का गरेपछि त्यस्ता कम्पनीमा कार्यरत नेपाली समस्या परेका हुन् ।
मिति २०१२–०४–१८ तद अनुसार शुक्रवार २०६९ जेष्ठ ५ गतेका दिन मुर्गावको कवाव तरिया होटेलमा अध्यक्ष श्री राजेन्द्र तामाङ्गको अध्यक्षतामा बसेको महत्वपुर्ण वैठकको सञ्चालन उपाध्यक्ष श्री राजकुमार थापाले गर्नुभएको थियो । यस वैठकले सामुहिक राजिनामा दिनुभएका पुराना कार्यकारिणी सद्स्यको राजीनामा स्कृत गरि नयाँ कार्यसमिति चयन तथा पद पूर्ति गोपिनयताको सपथ लिएको थियो ।
कुवेतमा बिभिन्न नेपाली सँघ-संस्थाहरु सञ्चालित छन भने हरेक संस्थाको आ-आफ्नै बिशेषता छ । तर, कुनै संस्थाहरुको कार्यशैली भने पृथक किसिमको रहेको देखिन्छ जसमध्ये लालीगुराँस साँस्कृतिक परिवारलाई उदाहरणको रुपमा लिन सकिन्छ । नेपाली कला र संस्कृतिलाई जहाँ र जस्तो परिवेशमा भएपनी जिवित राख्नु पर्छ भन्ने मुल उद्देश्यका साथ बिगत २ बर्षदेखी कुवेतको नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहेको अर्को बिशुद्द साँस्कृतिक संस्था हो लालीगुराँस साँस्कृतिक परिवार । तर, यसको कार्यशैली भने कला र संस्कृतिमा मात्र सिमित नरही कहिले खेलकुद त कहिले समाजसेवा प्रति पनि उन्मुख रहेको पाईन्छ । 














































