Category Archives: स्वास्थ्य शिक्षा

अब मिर्गौला, मुटु, रक्तचाप, मानसिक रोगका औषधि पनि निःशुल्क पाइने


image.phpकाठमाडौ, – तपाईमा रक्तचाप छ तर त्यस विरुद्धको औषधि किन्न पैसा छैन भने चिन्ता नगर्नुहोस् ! स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब नसर्ने रोगहरू मिर्गौला, मुटु, रक्तचाप, मानसिक जस्ता रोगहरूको औषधि पनि निःशुल्क रूपमा वितरण गर्ने तयारी गरिरहेको छ । यसका लागि मन्त्रालयले आन्तरिक तयारी पूरा गरी आवश्यक बजेटका लागि अर्थ मन्त्रालयसँग पत्राचार गरेको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि मन्त्रालयले निःशुल्क वितरण गरिने ती रोगका औषधिको वितरणसम्बन्धी नयाँ कार्यविधि मन्त्रिपरिषद्समक्ष प्रस्तुत गर्ने छ । मन्त्रालयका उच्च स्रोतका अनुसार नयाँ आर्थिक वर्षदेखि औषधि वितरणको कार्यसुरु गर्न मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । Continue reading

डाक्टरले भने : ब्रा बेकार छ, वक्षस्थल बिगार्छ


bra1फ्रान्सका एक स्पोर्टस् डाक्टरले महिलाले लगाउने ब्रा बेकारको चिज रहेको र महिलाले ब्रा लगाउन नहुने बताएका छन् । १६ वर्षसम्म महिलाहरुको अध्ययनबाट निस्केको निष्कर्ष भन्दै ६२ वर्षका ज्याँ डेनिस रुइलाले ब्रा ले स्तनलाई सुन्दर राख्ने नभै उल्टै ब्रा लाई सुडौल राख्ने तथा सुन्दर बनाउने मांशपेशीलाई कमजोर बनाउँछ । अर्थात् ब्रा लगाउँदा वक्षस्थल कुरुप तथा खुकुलो बन्दछ ।
एक रेडियो अन्तरवार्ताका क्रममा उनले भनेको यो कुराले अहिले निकै चर्चा पाएको छ । रुइलाको अध्ययनमा समावेश गरिएकी २८ वर्षकी कापुचिन नामकी महिलाले आफुले ब्रा लगाउन छाडेपछि स्वतन्त्रताको अनुभुति गरेको बताइन् । ब्रा नलगाउँदा स्वास फेर्न तथा जिउलाई सिधा राख्न तथा कम्मरको दुखाई क मगर्न पनि सघाउ मिलेको उनको भनाइ छ । Continue reading

मोबाइल टावरले स्वास्थमा पार्ने असर कम गर्न मापदण्ड बन्दै


मोबाइल टेलिफोनका टावर प्रयोगबाट जनस्वास्थमा पर्ने नकारात्मक असर कम गर्न नेपाल दूरसञ्चार प्राधिकरणले मापदण्ड बनाउने भएको छ। प्राधिकरणले मोबाइल टावरबाट उत्पादन हुने विभिन्नखाले विकिरणले स्वास्थ्यमा पार्ने असरका विषयमा गरिएका अन्तर्राष्ट्रिय अध्ययनहरुलाई आधार मान्दै यस्तो मापदण्ड बनाउन लागेको हो। प्राधिकरणले दूरसञ्चार ऐन र Continue reading

अब पुरुषका लागि पनि गर्भनिरोधक औषधि !


महिला अधिकारकर्मीहरुका लागि एउटा खुसीको खवर छ । अब बच्चा नजन्मियोस भनेर अनेक खाले गर्भ निरोधक औषधि खाने जिम्मा पुरुषको भाग पनि पर्न सक्ने देखिएको छ ।बैज्ञानिकहहरुले पुरुष गर्भनिरोधक औषधी निर्माण नजिक पुगेको बताएका छन जसको मुसामा सफल परिक्षण भइसकेको छ । हाल महिलाका लागि गर्भ निरोधक औषधि उपलब्ध भएपनि पुरुषका लागि छैन् । Continue reading

स्वादको पछि लाग्दै हुनुन्छ ? पेटको क्यान्सर होला


दीपक दाहाल, काठमाडौं, साउन २३ – घरमा खान छाडेर वा अनेक बहाना बनाउँदै रेष्टुरेन्ट धाउनेहरू क्यान्सरका शिकार बन्दै गएका छन्। लामो समयदेखि क्यान्सर उपचारमा संलग्न चिकित्सकहरूको अनुभवमा पछिल्लो दिनमा पेटका क्यान्सरका बिरामीको कारण खोजी गर्दा यस्तो देखिएको हो।
पेटको क्यान्सरका बढ्दो बिरामीमध्ये सबैजसो रेष्टुरेन्ट संस्कृतिमा बढी अभ्यस्तहरू पाइएका छन्। ‘नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सरका बिरामी भेटिन्थे’, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा. सुदीप श्रेष्ठले भने- पछिल्ला दिनमा पेटका क्यान्सर रोगी बढ्दैछन्, जसको कारण खोज्दै जाँदा स्वादको पछि दौडिने रेष्टुरेन्ट संस्कृति भेटिएको छ। Continue reading

पोर्न फिल्मले ज्यानै लिनसक्छ


तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ । Continue reading

के हो पीईपी ?


डा. बालकृष्ण साह

काठमाडौ, असार २६ – नेपालमा करिब ७० हजार एचआईभी संक्रमित रहेको अनुमान भए पनि आधिकारिक रूपमा १४ हजार ३ सय २० जना मात्र दर्ता गरिएको छ । एचआईभी भाइरस रगत, ढाडको पानी, वीर्य तथा योनीबाट Continue reading

दिमागबारेका केही रोचक तथ्य


मस्तिष्क मानव सरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कबाटै सबै क्रियाकलाप निर्देशित हुन्छन् र मस्तिष्कले नै सरीरका सबै प्रणालीहरु संचालन गरेको हुन्छ । मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त हामी सबैलाई थाहा छ । तर मस्तिष्कको बनाबट तथा कार्यका विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन सक्छ । Continue reading

दैनिक सेक्स गर्नेको शुक्रकिट स्वस्थ


सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि भएको देखाएको हो । Continue reading

बिहानको सेक्स मर्निङ वाक भन्दा अब्बल


आफ्नो जिउलाई तन्दुस्त बनाउन तथा मोटोपन र अन्य स्वास्थ्य समस्याबाट बच्नको लागि मर्निङ वाक गर्ने आम प्रचलन छ ।कतिपयले मर्निङवाक सँगै विहानीपख कसरत पनि गर्दछन् । मर्निङ वाक वा कसरत दुबै स्वास्थ्यका लागि फाइदाजनक नै छन् । तर बढि परिश्रम विना नै स्वास्थ्यलाई फाइदा पूराउने अर्को कर्मको बारेमा चाहीँ हामी धेरैलाई पत्तो नहुन सक्छ । Continue reading

किशोरकिशोरी यौन र प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न थाले


वीरगन्ज, असार ६- केही समयअघिसम्म ‘यौन’ र ‘प्रजनन’ शब्द सुन्नेबित्तिकै लजाउने किशोरकिशोरी अहिले यसबारे खुलेर कुरा गर्न थालेका छन्।  जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सा र नेपाल परिवार स्वास्थ्य कार्यक्रमले युवा तथा किशोरकिशोरीका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न थालेपछि जनसङ्ख्या, व्यवस्थापन, प्रजनन स्वास्थ्य एवम् परिवार नियोजनसम्बन्धी कार्यक्रममा उनीहरूको सहभागितामा वृद्धि हुँदै गएको पाइन्छ। Continue reading

हिँडाइबाटै पत्ता लाग्छ महिलाहरुको यौन सन्तुष्टी


कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ । Continue reading

बच्चा जन्माउन ‘लोग्ने’ जरुरी हुँदैन, ‘लोग्नेमान्छे’ भए पुग्छ


सीता पाण्डे
विवाहपछि धेरै स्वास्नीमान्छेहरू आफनो थर पतिको थरमा परिवर्तन गर्छन् । अथवा यसो भनौँ आफ्नो थरलाई छाडेर पतिको थर धारण गर्छन् । यसो गर्दा मलाई लाग्छ स्वास्नीमान्छेहरूले आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाउन नसक्ने मात्र होइन, भइरहेको पहिचान पनि लगेर लोग्नेको पोल्टामा सुम्पिदिन्छन् जस्तो लाग्छ । Continue reading

मस्तिष्क र ढाडको जन्मजात समस्या


काठमाडौ, चैत्र ४ – स्वस्थ सन्तानको चाहना नराख्ने दम्पती को होलान् र ? तर, त्यस्तो इच्छा पाल्ने सम्भावित आमाले गर्भधारणा गर्नुभन्दा अघिदेखि नै नियमित रूपमा फलिक एसिड खान थाल्नुपर्छ । यस्तो अभ्यास गरे अरू विभिन्न फाइदा त भई नै हाल्छन्, सँगसँगै तपाईंका सन्तानमा हुन सक्ने ‘न्युरल ट्युब डिफेक्ट’ को सम्भावना धेरै कम हुन्छ । अर्थात्, तपाईंको शिशुको मस्तिष्क र ढाडको हाडको विकास अवरुद्घ हुनबाट जोगिन्छ । Continue reading

प्राकृतिक गर्भनिरोधक ढुक्क बन्ने स्थिति हुन्न


अतुल मिश्र

काठमाडौ, फाल्गुन ६ – स्खलन हुनुअगावै बाहिर वीर्यपात गरेर प्राकृतिक परिवार नियोजनको विधि अपनाउने धेरैजसो नेपाली दम्पती गर्भपात गराउनुपर्ने बाध्यतामा पर्ने गरेका छन् । विदड्रल समेत भनिने प्राकृतिक परिवार नियोजनको यो विधिअन्तर्गत पुरुषले आफू उत्तेजनाको चरम सीमामा पुग्नुअघि नै योनिबाहिर वीर्यपात गर्ने गर्छन् । Continue reading