Category Archives: सम्पादकिय

एनआरएनए कुवेतको बिज्ञप्ती र कुवेतबासी नेपालीहरुको आँखामा एनआरएनए कुवेत..


ईन्द्र भुसाल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको एकल पहल र NRNA एनसिसी दुबई एवं आईसिसी कतारको सकृयतामा सन् २००९ को जुलाईमा गठन भएको एनआरएनए कुवेत अहिले कुवेतमा रहेका नेपालीहरुलाई मात्र होईन संसारका हरेक कुनामा बसेर NRNA को गतिबिधी हेर्ने र अनलाईन मिडिया पढ्ने पाठकहरुलाई एउटा मजाक गर्ने साधन जस्तै बनेको छ । क्लबबाट एनआरएनएमा कुन-कुन पदाधिकारी जाने भन्ने सवाल उठ्दा हालै NRNA कुवेतबाट राजिनामा गरेका क्लब अध्यक्ष धर्मराज गिरीलाई NRNA मा गएर केही गर्न सक्छु Continue reading

एनआरएनए कुवेतमा सधैंभरी ताण्डव नृत्य, प्यानलबाजी लडाईं आखिर कहिलेसम्म ?


ईन्द्र भुसाल, कुवेत

बेलायती सेनामा आफ्नो पुरा जवानी सुम्पेर अबकाश पश्चात कुवेतमा पेशा गर्दै आएका माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सृष्टिकर्ता मध्यका एक हुन वर्तमान NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ् । जसलाई आफ्नो दोश्रो कार्यकाल सम्हाल्न साँचै नै हम्मेहम्मे र अफ्ठ्यारो परेको देखिएको छ । यद्दपी, उहाँ सधैंभरी सबैलाई समेटेर समानुपातिक ढंगले अगाडि बढ्ने पक्षमा रहनु हुने ब्यक्तित्व हुनुहुन्छ भनेर लिन सकिन्छ । Continue reading

गोल्डकप सफतापूर्वक सम्पन्न, फेरी पालो E-SAF-C टुर्नामेण्टको


ईन्द्र भुसाल, कुवेत 

माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले हरेक साल सन्चालन गर्ने माउन्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप गत हप्ता अत्यन्तै रमणिय बातावरणमा सम्पन्न भएको छ, कुवेतमा । मैदानको चारैतिर खेलप्रेमी नेपाली दर्शकहरुको खचाखच उपस्थिति र अति नै सौखिन खेलाडीहरुको रोचक खेल देखेर बिगतका दिनहरुमा भन्दा नेपालीहरुले धेरै मनोरन्जन लिएको आयोजकले पाएको छ । Continue reading

रणभूमी होइन शान्तीभूमी बनोस् नेपाली राजदूतावास


कुवेतनेपाल न्यूज डेस्क

कुवेतवासी नेपालीहरुको बिसौं वर्षदेखीको व्यग्र प्रतिक्षापश्चात कुवेतमा नेपाली राजदूतावासको स्थापना भएको पनि बर्ष दिन नाँघिसक्यो । यस समयको अन्तरालमा पीडित कुवेतवासी नेपालीहरुले कयौं सुबिधाहरु उपभोग गर्दै आएका छन, आफ्ना नागरिकहरुलाई हरसम्भव सुविधा प्रदान गर्ने प्रयत्न दूतावासले गरेको सत्यता पनि नेपाली समाज कुवेतमा छुप्न सकेको छैन । Continue reading

कुवेतमा नेपाली कामदार र नेपाल सरकारको दायित्व


बिक्रम थापा, कुवेत   

झण्डै ३ दशकदेखी नेपाली कामदारले आफ्नो कार्यथलो बनाएको कुवेतमा कुनै यकिन तथ्याङ्क  नभए पनि लगभग ४० हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिएको छ । अझै पनि नेपालको राजनैतिक अस्थिरता र खिचातानीले गर्दा बिदेशिने नेपालीहरुको संख्या भनें उकालो लाग्ने नै स्थितिमा छ । राम्रो कमाइको लागि खाडी राष्टहरु अग्र सूचिमा नरहे पनि सानो तर बिशाल पेट्रोलको खानीयुक्त कुवेतमा अहिलेको स्थितीसम्म आइपुग्दा भने नेपाली कामदारहरुको रोजगरीको सुनिश्चितता र आय केही सन्तोषजनक स्थितिमा नै रहेको आभाष हुन्छ ।

Continue reading

नेपालका ग्रामीण क्षेत्रमा बैंक र वित्तिय संस्थाको अभाव


जय आले, कुवेत  

राज्यमा वित्तिय संस्थाहरु धेरै छन् तर पनि वित्तिय संस्थाको बिकास पारदर्शी र सबै क्षेत्रलाई चौतर्फी समेट्न सक्ने रुपरेखा तर्जुमा गरी अगाडि जान सकिरहेका छैनन् । आ.ब. २०६६ को आकडालाई हेर्दा नेपालमा ८० % ग्रामीण क्षेत्र छन् भनें २५ % ॠणिले मात्र बैंक वित्तिय संस्थाको सेवा लिन सक्षम र ७५ % जनसंख्या सेवा लिनबाट बन्चित छन् । तर बैंक तथा बित्तिय संस्थाको संख्याको आधारलाई आधारपद मान्ने हो भनें नेपालमा २४५ वटा बैंक तथा बित्तिय संस्थाहरु छन् । तर, यी सबै संस्थाहरु शहरमुखी नै छन् भन्दा अत्युक्ती नहोला । Continue reading

मुलुकको तत्कालिन अवस्था र हाम्रो दृष्य


जय आले, कुवेत       

मुलुक धेरै लामो समयावधिसम्म द्वन्दको चपेटामा छट्पटाएर पून: सफलता प्राप्ति पश्चात, नयाँ नेपालको आधारभूत परिमार्जित संरचनाको बुलन्द ओकल्ने नेताश्रीहरुले आज देशलाई झन बिकराल परिस्थितीमा धकेली रहेका छन् । ६०१ जनाको जम्बो टिम र र अन्य बैचारिक भिन्नता भएका दलहरु राज्यकोष रित्याउन र अकुल सम्पती एवं शक्तिमा लडीबुडी गर्न जहिले सुकै कुर्सी मोहमा नै तछाडमछाड रहेका देखिन्छन् । ति कुराहरु पनि भुलिसके यिनले, जुन देशमा गौतम बुद्द, भृकुटी र सिताहरु जन्मिएका हुन् ।  Continue reading