Category Archives: विश्व समाचार

अदालतबाट भागेका मुसर्रफ पक्राउ


image.phpएजेन्सी  – अघिल्लो दिन अदालतबाट फरार भएका पाकिस्तानका पूर्वसैन्य राष्ट्रपति पर्वेज मुसर्रफ फक्राउ परेका छन् । उनलाई प्रहरीले स्थानीय अदालतमा पेस गरेको छ । इस्लामावाद नजिकैको आफ्नै निवासबाट मुसर्रफ फक्राउ परेका हुन् । उनलाई अदालतले दुई दिन घरमै राखेर आतकंवादसम्बन्धी मुद्दा हेर्ने अदालतमा हाजिर गराउन आदेश दिएको छ । पूर्व शासक पक्राउ परेको पाकिस्तानमा यो पहिलो घटना हो । Continue reading

अमेरिकामा आतंकवादी आक्रमण, तीनको मृत्यु, १४१ घाइते (साथमा तस्बिर र भिडियो)


APTOPIX Boston Marathon Explosionsवासिङटन, वैशाख ३ (एजेन्सी) – अमेरिकाको बोस्टनमा म्याराथुन भइरहेको स्थानमा भएको आतंकवादी बम आक्रमणमा अहिलेसम्म कम्तिमा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा १४१ जना घाइते भएका छन्। ती मध्ये १७ जनाको अवस्था चिन्ताजनक रहेको सीएनएनले जनाएको छ। Continue reading

एसियामा मडारिँदै युद्धको कालो बादल


अहिले पनि उत्तर कोरियालाई चीनले खुलेर समर्थन गरेको अवस्थामा समस्या जटिल बनेर जाने विश्लेषकहरु बताउँछन् ।
कृष्ण अधिकारी
image.phpसिंगापुर, चैत्र २५ – उत्तर कोरियाले पुरानो युद्धबिरामको औचित्य समाप्त भएको भन्दै दक्षिण कोरियासँग युद्धको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जानकारी दिएपछि सम्भावित युद्धको भयले विश्वलाई त्रसित बनाएको छ । आणविक अश्त्रसम्पन्न उत्तर कोरियाको यस्तो धम्कीले दक्षिण कोरिया मात्र नभएर अमेरिका अझ बढी सशंकित छ । Continue reading

सरकार र आतंकवादी दुबैको ‘थ्रेट’बीच देश फर्किँदै मुसर्रफ


दुवई, चैत ११ (एजेन्सी) – वेनिजिर भुट्टो हत्यामा मुछिएका र तालिवानी आतंकवादीको चेतावनीका वावजुद पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ आज आफ्नै मुलुक फर्कने भएका छन्। उनलाई पाकिस्तानी सरकारले भुट्टोको हत्यामा संलग्न रहेको आरोप लगाएको छ भने तालिवानीले हत्या गर्ने चेतावनी दिएका छन्। मुसर्रफ विगत ४ वर्षदेखि लन्डन र दुबईमा स्वेच्छिक निर्वासनमा रहँदै आएका छन्। पाकिस्तान भित्रँदा उनी सरकारी गिरफ्तारीमा पर्न सक्छन्। अर्कोतिर तालिवानीले उनको हत्याका लागि एउटा दस्ता नै तयार गरिसकेको जनाएको छ। Continue reading

विश्वमै पहिलोपटक तेस्रो लिंगीको जनसंख्या तयार पारिदै


 नेपालले विश्वमै पहिलोपटक तेस्रो लिंगीको संख्या सहितको विवरण ल्याउने तयारी गरेकोे छ। ‘राष्ट्रिय जनगणना २०६८’ को तथ्यांक प्रशोधन धमाधम गरिरहेको केन्द्रीय तथ्यांक विभागले करिब चार महिनाभित्र विवरण सार्वजनिक गर्ने बताएको छ। Continue reading

यसरी चुनिँदै छ चिनियाँ नेतृत्व


फाल्गुन २९ – चीनले दस वर्षपछि नयाँ नेतृत्व घोषणा गर्दैछ । तर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकको नेतृत्व परिवर्तन प्रक्रियाबारे भने अधिकांश बेखबर छन् ।विश्वभरका सञ्चारमाध्यमले महिनौंदेखि सी जिनपिङलाई भावी राष्ट्रपतिका रूपमा चिनाइरहे पनि चीनले अहिलेसम्म यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । Continue reading

भेनेजुएलाका राष्ट्रपति ह्यूगो चावेजको निधन


chavez२३ फागुन,- दक्षिण अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति ह्यूगो चावेजको निधन भएको छ । उपराष्ट्रपति निकोलस मदुरोले चावेजको निधन भएको घोषणा गरेका हुन् । यसअघि सरकारले चावेज सबैभन्दा मुस्किल समयमा रहेको बताएको थियो । चावेज पछिल्लो १ वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए । उजका कारण उनको पटक पटक शल्यक्रिया गरिएको थियो । पछिल्लो पटक क्यूवामा गरिएको शल्यक्रियापछि चावेजमा स्वास प्रस्वाससम्वन्धी समस्या देखिएको थियो । Continue reading

विस्फोटमा १९ तीर्थयात्री मारिए


क्वेटा, पुस १६ (एपी)- पाकिस्तानको दक्षिण-पश्चिमी प्रान्त बलुचिस्तानमा गुडिरहेका तीन बसमा आइतबार गरिएको आत्मघाती आक्रमणमा १९ सिया तीर्थयात्रीको मृत्यु भएको छ। उत्तरपूर्वी पाकिस्तानको आदिवासी क्षेत्रमा तालिबानद्वारा गोली हानी हत्या गरिएका २१ स्थानीय प्रहरीको शव आइतबार बिहानै भेटिएको सरकारी अधिकारीले जनाएका बेला सिया तीर्थयात्री मारिएका हुन्।  Continue reading

अमेरिकी स्कुलमा गोली चल्यो, २७ को मृत्यु


school-attack-1३० मंसिर, – अमेरिकाको पूर्वोत्तर प्रान्त कनेक्टीकटस्थित प्राइमरी स्कुलमा एक बन्दुकधारीले गोली चलाउँदा २० बालबालिकासहित २७ जनाको मृत्यु भएको छ । घटना न्यू टाउनको स्याण्डी हुक एलिमेन्टरी स्कुलमा भएको हो । Continue reading

महिलाको स्तनमा कोकिन


म्याड्रिड, मंसिर २८ (एजेन्सी)- स्पेनी प्रहरीले एक महिलाले आफ्नो स्तनको आकार बढाउने शल्यक्रिया गरी एक किलोग्रामभन्दा बढी कोकिन लुकाइ मुलुकभित्र प्रवेश गराउन खोजेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पानामाका निवासी यी महिलालाई वार्सेलोना विमानस्थलमा पक्राउ गरिएको हो र उनी कालम्बियाबाट त्यहाँ पुगेकी बताइएको छ। यी महिलाले आफ्ना दुई स्तनको आकार बढाउन शल्यक्रिया गरी कोकिन राखेकी थिइन। उनको प्रत्येक स्तनमा दुई स्थानमा काटिएको देखिएको थियो। प्रहरीले एक स्तनको घाउमा हलुकासँग टाँचा लगाइएको देखिएको तस्बिर जारी गरेको छ। Continue reading

मुम्बई आक्रमणका दोषीलाई आज बिहान झुन्ड्याइयो


नयाँ दिल्ली, मंसिर ६ (एजेन्सी) – सन् २००८ मा मुम्बईमा आक्रमण गरेको आरोपमा भारतीय जेलमा रहेका लस्कसर ए तोइवाका सदस्य अजमल अमिर केशवलाई आज बिहान मृत्युदण्ड दिइएको छ। भारतको पूणेमा स्थानीय समयअनुसार बिहान ७:३० बजे उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको हो। उनी ४ वर्षदेखि कैद जीवन विताउँदै आएका थिए। तीन साताअघिमात्रै उनको मृत्युदण्ड रोक्न गरिएको याचना खारेज गरिएको थियो। त्यसपछि लगत्तै उनलाई पूणेको यारवादा जेल पठाइएको थियो। त्यहीँ उनलाई मृत्युदण्ड दिइएको हो। Continue reading

आखिर किन रोए ओबामा ?


विश्वको महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि बाराक ओबामा आफ्ना कार्यकर्ता र समर्थक समक्ष रोएका छन् । चुनाव जितेपछि आफ्ना समर्थकलाई धन्यवाद दिन डेमोक्रेटिक पार्टीको मुख्यालय शिकागोमा आयोजित कार्यक्रममा ओबामा रोएका हुन् । ओबामा कार्यकर्तामाझ रोएको भिडियो उनको प्रचार दलले यूट्यूबमा राखेका छन् । Continue reading

अमेरिकी राष्ट्रपतिमा पुनः ओबामा निर्वाचित


कात्तिक, काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा बराक ओबामा दोस्रोपटक निर्वाचित भएका छन् । जारी मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाले जित्नका लागि चाहिने २ सय ७४ इलेक्ट्रोल मत पाइसकेका छन् । ओबामाको पुनः जीतसँगै उनको चुनावी अभियान कार्यालयमा हजारौं सर्मथकहरुले खुसीयाली मनाइरहेका छन् । ओबामाका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोम्नीले २०३ मत मात्र पाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । Continue reading

अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदै


ओबामा र रोमनीबीच कडा प्रतिष्पर्धा 
२१ कात्तिक, नयाँ राष्ट्रपति चयन गर्न अमेरिकामा आज राष्ट्रपतिय निर्वाचन हुँदैछ । नयाँ राष्ट्रपति बन्ने होडमा रहेका वर्तमान राष्ट्रपति बाराक ओबामा र रिपब्लिकन पार्टीका उमेद्दार मिट रोमनीले प्रतिष्पर्धा गर्दैछन् ।मतदानका लागि अमेरिकामा अहिले १० करोड नागरिक योग्य छन् । जुन ५ सय ३८ इलेक्ट्रोल मत हो । उक्त मत मध्ये जुन उमेद्दारले दुई सय ७० इलेक्ट्रोरल कलेजको मत पाउँछ उसले नै चुनाव जित्ने छ । Continue reading

एप्पलले फेरि हार्‍यो सामसुङसँग


अमेरिकी कम्पनी एप्पलले फेरि एकपटक सामसुङसँगको कानुनी लडाई हारेको छ । बेलायतको एक अदालतलेसामसुङसँग जोडिएको डिजाइन विवादसम्वन्धी वेबसाइटमा राखिएको जानकारी ४८ घण्टाभित्र सुधार गर्न आदेश दिएको छ । अदालतले १८ अक्टोबरमा सामसुङले एप्पलको आइप्याडको पंजीकृत डिजाइनबारे कुनै सीमा नतोडेको प्रष्ट सूचना आफ्नो वेबसाइटमा राख्न एप्पललाई आदेश दिएको थियो । Continue reading