Category Archives: नेपाल समाचार

प्रशिक्षण दिँदै आचार्यले भने- चुनाव मिति घोषणा ढिलाइ भए समस्या बल्झिनेछन्


चितवन – चुनावका लागि रणनीति तथा कार्यक्रम तय गर्न चितवनमा चलिरहेको नेपाली कांग्रेसको प्रशिक्षणमा केन्द्रीय सदस्य नरहरि आचार्यले निर्वाचनको मिति घोषणामा विलम्ब गर्न नहुने भन्दै तत्कालै मिति घोषणा गर्न सरकारसँग माग गरेका छन्। प्रशिक्षण कार्यक्रममा बोल्दै उनले चुनावको मिति घोषणामा ढिलाइ गर्दा समस्याहरु बल्झिँदै जाने दाबी गरे। Continue reading

कति होला एमाओवादी नेताको सम्पति ?


image.phpमाओवादी नेताहरुको सम्पति सार्वजनिक गरिने
नेपालगन्ज, जेष्ठ ५ – एमाओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न गठित आयोगले छिटै बस्ने केन्द्रीय कमिटीको बैठकमा छानबिनको प्रतिवेदन बुझाउने र त्यसपछि सार्वजनिक गर्ने भएको छ । पार्टी आचरण विपरीत घरसम्पत्ति जोडेका केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरूको सम्पत्तिबारे आयोगले १० महिनादेखि छानबिन गर्दै आएको थियो । ‘छानबिनको काम सकिइ सकेको छ । अब रिपोर्ट सार्वजनिक गर्छौं,’ एमाओवादी महासचिव पोष्टबहादुर बोगटीले भने, ‘प्रतिवेदन बाहिर पनि ल्याउनैपर्छ ।’ बुधबार थारूवान राज्य समिति सदस्य, सल्लाहकार र नेताहरूबीच यहाँ भएको भेलामा धेरैजसो सदस्यले आचरण विपरीत गलत ढंगले कमाएको सम्पत्ति विवरण सार्वजनिक गरी कारबाही माग गरेपछि आगामी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने जानकारी गराएका हुन् । Continue reading

बाबुराम सरकारले निर्वचनबारे गरेका निर्णय खारेज हुनुपर्छ : सिंह


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि चुनावी मन्त्रिपरिषद्ले बाबुराम नेतृत्‍व सरकारले गरेका निर्णयहरु खारेज गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ को १० नम्बर वडा समितिले आयोजना गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज नभएसम्म निर्वाचनको वातावरण बन्न नसक्ने बताए। Continue reading

नेकपा -माओवादीद्वारा बोर्डिङ कब्जा


दीपेन्द्र शाक्य
image.phpसंखुवासभा, जेष्ठ ४ – नेकपा-माआवादीका कार्यकर्ताले संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कूल कब्जा गरेको घोषणा गरेका छन् । पहिलो पटक बोर्डिङ नै कब्जा गरेको घोषणा गरेपछि करीब ६ सय विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । बोर्डिङ ३ दशक अघि स्थापना भएको हो । माओवादीले शनिबार जारी गरेको विज्ञप्तीमा स्कूलको सम्पूर्ण संरचना, जग्गाजमिन कब्जा गरेको उल्लेख गरिएको छ ।
Continue reading

चुनावको मिति घोषणा गर्नु हुँदैन् : देउवा


डीआर पन्त
image.phpडडेलधुरा, जेष्ठ ३ -कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले तत्काल निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन धेरै खर्चिलो हुाने हुादा ९० दिन अघि मात्र मिति तोक्नुपर्ने बताएका छन् । ‘यति लामो निर्वाचन नेपालीले थेग्न सक्दैनन्’, देउवाले भने, ‘सकभर ६० दिन अघि नभए ९० दिन अघि मात्र निर्वाचनको मिति घोेषणा गरिनु पर्छ ।’ मिति घोषणा नहुादा निर्वाचनप्रति नै आशंका बढेको संचारकर्मीको जिज्ञासामा देउवाले निर्वाचनले मात्र सबै दलको भविष्य सुरक्षित हुने भएकाले चुृनाव हुनेमा आशंका नगर्न समेत सबैलाई आग्रह गरे ।
Continue reading

झूटो सिफारिस गर्नेहरू भागाभाग


मनोज पौडेल
image.phpकपिलवस्तु, जेष्ठ २ – ६ वर्षअघि बलुहवा गाविसमा गैरनागरिकले नागरिकता लिएकोबारे परेको उजुरीमाथि छानबिन हुन थालेपछि सिफारिस गर्नेहरू भागाभाग भएका छन् । प्रशासनले अहिले छानबिनका लागि सक्रियता देखाएपछि गैरनागरिकलाई सिफारिस गर्नेहरू भाग्न थालेका हुन् । Continue reading

मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना


planeपोखराबाट जोमसोमको लागि उडेको नेपाल वायु सेवा निगमको नाइन एन एभिओ ट्विनअटर जहाज आज बिहान दुर्घटना भएको छ । विमानस्थलमा ल्यान्ड गरिसकेको जहाज नरोकिएपछि सोझै काली गण्डकी बगरमा खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले जानकारी दिएका छन्। नागरिकन्युजकर्मी सन्तोष पोखरेलले शर्मालाई उदृत गर्दै जनाएअनुसार १८ जना रहेको विमान दुर्घटनामा ५ जना घाइते भएका छन् । Continue reading

प्रहरीमा ठूलो संख्यामा जनशक्ति थप्ने तयारी


सुजित महत
image.phpकाठमाडौ, जेष्ठ १ – निर्वाचन गर्ने प्रमुख जिम्मेवारीमा कुनै प्रगति गर्न नसकेको सरकारले प्राथमिकता बाहिरको र राज्यकोषमा दीर्घकालीन असर पर्ने काममा भटाभट निर्णय गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने विवादास्पद निर्णय गरेको सरकारले नेपाल प्रहरीमा ठूलो संख्यामा जनशक्ति थप्ने निर्णय गर्न लागेको छ । Continue reading

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग एमाओवादीको वार्ता


काठमाडौँ – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग उनको निवास बालुवाटारमा आज बिहान एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका टोलीले आउँदो संविधानसभाको निर्वाचनको मिति घोषणा, संविधानसभासम्बन्धी अध्यादेश, समानुपातिक निर्वाचन सिट सङ्ख्या कति कायम गर्ने भन्नेलगायत विषयमा छलफल गरेको छ । उनीहरुबीच झन्डै डेढ घण्टा संविधानसभाको निर्वाचन प्रक्रिया र पद्धतिलगायत समसामयिक विषयमा छलफल भएको थियो। Continue reading

नेकपा-माओवादीसहित ३३ दलले घेर्यो अख्तियार


news-photo3३१ वैशाख, काठमाण्डौं । सरकार गठनदेखि नै प्रमुखदलको निर्णय बदर गर्न माग गर्दै सरकार विरोधि आन्दोलनमा उत्रिएका नेकपा-माओवादीसहित ३३ दलले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेका छन् । विहान ९ बजेदेखि ११ बजेसम्म गरिएको धर्ना सरकारको विरोध र  अख्तियार प्रमुख नियुक्तिको विरुद्धमा रहेको  नेकपा-माओवादीकी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

आदिवासी जनजातिको नेतृत्व कुमाललाई


Nagendra-Kumal-President-N-225x300काठमाडौँ- चितवनको सौराहामा भएको आदिवासी जनजाति महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनले तीन वर्षीय कार्यकालका लागि नगेन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। महास‍ंघको उपाध्यक्षमा तराईतर्फ राम अवतार मण्डल, हिमालतर्फ डण्डु शेर्पा, पहाडतर्फ सुर्यबहादुर भुजेल, भित्री तराईतर्फ तपिया दराई, महिलातर्फ रोश्नी मेचे निर्वाचित भएका छन्। Continue reading

राहदानीको चर्को शुल्कको विरोध


image.phpकाठमाडौ, वैशाख ३१ – चर्को शुल्क लिएर छिटो राहदानी उपलब्ध गराउने सरकारी निर्णयको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विरोध गरेकोछ । परराष्ट्र मन्त्रालयले १५ हजार रुपैयाँ तिरे ४८ घण्टामा राहदानी उपलब्ध गराउने निर्णय गलत भएको विज्ञप्ती जारी गर्दै जनाएको छ । उसले जनतालाई छिटो छरितो रुपमा सुविधा उपलब्ध गराउनुपर्नेमा उल्टै आर्थिक भार थपेको भन्दै आपत्ती जनाएको छ ।

सरकार निर्वाचन कानुनका विषयमा एमालेसंग छलफल गर्दै


काठमाडौ, वैशाख ३१ – सरकारले निर्वाचन कानुन तथा चुनावको तिथी विषयमा सहमति जुटाउन दलहरुसंग परामर्श लिने क्रम जारी राखेको छ । सोमबार राति नेपाली काँग्रेसका नेताहरुसंग छलफल गरेको सरकारले मंगलबार बिहान एमाले नेताहरुसंग छलफल गर्दैछ ।

यसअघि निर्वाचन सम्बन्धी एजेन्डामा दलहरुसंग सरकारले सामूहिक छलफल थियो । छिटो निष्कर्षमा पुग्न छुट्टा-छुट्टै छलफलको रणनीति अपनाइएको हो । बालुवाटार स्रोतका अनुसार निर्वाचनको तिथी, समानुपातिक सिट संख्या, थ्रेस होल्ड तथा प्रस्तावित निर्वाचन कानुनको मस्यौदामा देखिएको अन्य असहमतिहरुका विषयमा निष्कर्षमा पुगी छिटो निर्वाचन तिथी तोक्ने तयारी स्वरुप सरकारले छलफललाई तिव्रता दिएको हो । Continue reading

वैद्यसँग वार्ता भइरहेको छ : गृहमन्त्री


विराटनगर — गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा निर्वाचनको मिति दुई साताभित्र घोषणा हुने बताएका छन्। उनले निर्वाचन सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् जारी गर्ने तयारी भइरहेकाले चुनावको मिति १०–१२ दिनमै घोषणा हुने दाबी गरे। ‘कार्तिकको अन्तिम साता अथवा मंसिरको पहिलो सातामा चुनाव गर्ने मिति घोषणा हुँदैछ,’ आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरागर्दै गृहमन्त्री घिमिरेले भने,’निर्वाचन सम्बन्धी ऐन अघि बढेपछि चुनावको मिति घोषणा हुन्छ।’ Continue reading

‘म प्रधान न्यायाधीश छाड्दिन’


काठमाडौं – अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग अस्विकार गरेका छन्। सिंहदरबारको हर्क गुरुङ हलमा बिघटित संविधानसभामा रहेका र नरहेका दलसहितको सर्वदलीय बैठकमा आफूलाई प्रधान न्यायाधीश छाड्न सुझाउने नेताहरुसँग उनले भने, ‘मैले प्रधान न्यायाधीशबाट राजीनामा नदिएका कारण निर्वाचन गराउन कुनै समस्या भए जस्तो लाग्दैन।’ Continue reading