Category Archives: अपराध समाचार

भरिया समातिन्छन्, चिनिए पनि कारोबारी जोगाइन्छन्


goldकाठमाडौं – जुत्ताको सोलमा लुकाएर तिब्बतबाट स्थलमार्ग हुँदै काठमाडौं भित्रिएको १६ किलो सुनसहित बिहीबार जोरपाटीबाट चार भरिया र एक व्यापारी पक्राउ परे। पक्राउ परेका चार नेपाली, एक भारतीय छन्। बरामद सुनको मूल्य नेपाली बजारमा करिब ७ करोड पर्छ। Continue reading

जेलबाट सुरुङ खनेर ८ कैदी भागे


दाङ – रोल्पाको जिल्ला कारागारमा रहेका ८ जना कैदी सुरुङ खनेर भागेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनिहरु आँफु बसेकै कन्दि कोठाबाट सुरुङ खनेर गएराती फरार भएका हुन्। फरार हुनेमा अर्जुन सेन, ध्रुव डाँगी, चम्फे बि.क., बसन्त रोका, राजु थापा, कृष्ण वली, राजबहादुर वली र दिपक पुन छन्। प्रहरीले उनिहरुको खोजिकार्य तीब्र पारेको छ। Continue reading

साउदीबाट फर्किएकी युवती बलात्कार गर्ने प्रहरीलाई ५ बर्ष जेल


pharsuram-basnet१० बैशाख, काठमाण्डौ- साउदी अरबबाट फर्किएकी युवतीलाई त्रिभुवन बिमानस्थलमा लुटेपछि बलात्कार गर्ने नेपाल प्रहरीका एक जवानलाई साढे ५ बर्षको जेल सजायँ सुनाइएकोछ ।सोमबार काठमाण्डौ जिल्ला अदालतले आरोपी पर्शुराम बस्नेतलाई दोषी ठहर गर्दै साढे ५ बर्षको जेल सजायँ सुनाएको छ । न्यायाधीश बिष्णुप्रसाद कोइरालाको एकल इजलासले पिडीत युवती सीता राईलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । Continue reading

व्यापारी अपहरणमा प्रहरी संलग्नता : दुई सई थुनामा, असईलाई धरौटी


काठमाडौं, वैशाख ९ – दुई व्यापारीलाई अपहरण गरी रकम असुलेको अभियोग लागेका तीन प्रहरीमध्ये दुई जनालाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको छ। अपहरणको योजनाकार र असुलेको रकमबाट भाग बुझेको भनी प्रहरी अनुसन्धानमा दाबी गरेका प्रहरी भने धरौटीमा छुटेका छन्।  Continue reading

इराकमा महिला बिक्री गर्ने १० जना पक्राउ


image.phpअभियुक्तहरुले ती महिलालाई इराक जाने पासपोर्ट पेन्टीभित्र लुकाउन लगाएका थिए
काठमाडौ, वैशाख ५ – इराकमा महिला बिक्री गर्न सक्रिय गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले विभिन्न मितिमा पक्राउ गरेका उनीहरुलाई बिहीबार सार्वजनिक गरेको हो । लेवनान लैजाने भन्दै इराकमा बेचिएर फर्किएकी महिलाले गरेको उजूरीको आधारमा प्रहरीले अभियुक्तहरु पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा मुख्य अभियुक्त ३३ बर्षीय कुमारी भन्ने फूलकुमारी महरा, ३८ बर्षकी दिलु भन्ने रामकुमारी राई, काभ्रेकी ४९ बर्षीय भुइसल लामा, २४ बर्षका अभिराज राई, २८ बर्षका हरि तामाङ, भोजपुरका ४२ बर्षीय कामी शेर्पा, ३३ बर्षीय डोमा शेर्पा, २४ बर्षका सोनम लामा, ५० बर्षीया आङ्गलम्बु शेर्पा र ४३ बर्षका बिक्रम राज श्रेष्ठ छन् । Continue reading

तीन ‘गुन्डा’ हनुमानढोका हिरासतमा


gundaकाठमाडौं, चैत २९ (नागरिक) – गुन्डागर्दी र अपराधमा कहलिएका तीन जना अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा सँगै छन्। राजिव गुरुङ (दिपक मनाङे), विश्वक्रान्ति सिंह र सञ्जिव लामा (स्याल ठगी) र सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका हुन्। Continue reading

Maid Cries For Justice


KUWAIT CITY, April 10: “She has no heart and she treated me like an animal,” cried the Filipina household service worker (HSW) whose photo with bruises and hematoma has gone viral on the social networking site Facebook. E S, 34, separated with four kids and a native of Tacurong, Sultan Kudarat in Southern Philippines who escaped from her employers’ Continue reading

एटिएम चलाउनेहरु सावधान ! भारतमा बन्छ नक्कली कार्ड


atmकेपी ढुंगाना, काठमाडौं, चैत २७ – आधुनिक ठगीमा सक्रिय समूहले भारतमा नेपाली बैंकका ग्राहकको नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने गरेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले बैंककबाट प्लास्टिकको कार्ड मगाई भारतमा मेसिनबाट नेपाली बैंकका चोरिएका पिन (व्यक्तिगत पहिचान नम्बर) राखेर रकम निकाल्ने गरेको तथ्य खुलस्त पारेको हो। ‘ठगीमा सक्रिय समूहले बैंककबाट एटिएमको प्लास्टिक कार्ड मगाउने गरेको अनुसन्धानमा देखियो,’ ब्युरो प्रमुख केशबहादुर शाहीले भने, ‘त्यस्तो कार्डमा आवश्यक डाटा भारतमा राखेर प्रयोग हुने गरेको छ।’ Continue reading

१० लाख नदिए बम पड्काउने धम्की दिने प्रहरी फन्दामा


रमेशकुमार पौडेल, चितवन, चैत २२ – बैँकका शाखा प्रमुखलाई एसएमएस गरेर धम्काउँदै १० लाख रुपैयाँ माग्ने व्यक्तिलाई चितवन प्रहरीले गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शारदानगर गाविस वडा नं. २ बस्ने २० वर्षका रोशन भन्ने चेतबहादुर विक समातिएका हुन्। उनले चैत ५ गतेदेखि नेपाल बैंक रामपुर शाखाका प्रमुख गणेशबहादुर चौधरीलाई पटक पटक एसएमएस गरेर पैसा मागेका थिए। मागे बमोजिम १० लाख रुपैयाँ नदिए अपहरण गर्ने र घरमा बम पड्काउने भन्दै धम्काउने गरेको प्रहरीको भनाइ छ।

Nepali Maid Held For Dumping Foetus


KUWAIT CITY, April 2: An unidentified Nepali maid for dumping her fetus behind the house of a Kuwaiti man in Mubarak Al-Kabir, reports Al-Anba daily. Continue reading

कुवेतमा दुई युवकद्वारा नेपाली युवतीलाई बलात्कार प्रयास


- कुवेतको फरवानियामा एक नेपाली युवतीलाई दुई अज्ञात पुरुषले बलात्कारको प्रयास गरेका छन्। स्थानीय अल वातान अरेबिक दैनिकका अनुसार निवासमा फर्कँदै गरेकी उनलाई पछ्याउँदै समातेर गाडीमा हाल्दै मरुभूमितिर लगेका थिए। सुरुमा ती पुरुषहरुले उनलाई सित्तैमा घरसम्म पुर्‍याइदिने प्रस्ताव गरेका थिए। उनले त्यसलाई अस्वीकार गर्दै पैदलै Continue reading

होलीमा साथीले तेजाब खन्याइदिएपछि…


 होली खेल्ने क्रममा आफ्नै साथीले शरीरमा तेजाब खन्याइदिएपछि एक बालक गम्भीर घाइते भएका छन्। उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।  Continue reading

मलेसियामा नेपालीमाथि आक्रमण : झगडाको सुरुवात नेपाली-नेपालीबाटै


सुरेन्द्र पौडेल, काठमाडौं, चैत १२ – मलेसियामा काममा गएका दुई पक्षधर नेपाली-नेपालीबीच भएको भिडन्तले नै आक्रमणको रुप लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। गैर कानुनीरुपमा मलेसियामा काम गरिरहेका एक नेपाली र अर्काबीच झगडा परेपछि स्थानीय गुन्डालाई नेपालीले Continue reading

आफ्नै हजुरबुबाद्वारा नातिनी बलात्कृत


फाल्गुन २८ पश्चिम सुर्खेतको बाबियाचौरमा एक ६२ वर्षीय बृद्धले आफ्नी चार वर्षकी नातिनीलाई बलात्कार गरेका छन् । बाबियाचौर– ५ चतुरेका ६२ वर्षीय सुके सार्कीले आफ्नी चार वर्षीया नातिनीलाई आइतबार बिहान बलात्कार गरेका हुन् ।बालिकाकी आमा जङ्गलमा घाँस काट्न Continue reading

अपहृत बालक अपहरणकारीबाट भाग्न सफल


व्यासनगरपालिका–१ भादगाउँका एक बालक आइतबार अपहरणकारीको पन्जाबाट भागेर मुक्त हुन सफल भएका छन् । भादगाउँ–१ निवासी गङ्गाप्रसाद पोखरेलका छोरा १२ वर्षीय पुकार पोखरेललाई तीन युवकको समूहले कारमा राखेर घाँसीकुवास्थित पृथ्वीराजमार्ग हुँदै लैजाँदै गर्दा बालकको सजगताका कारण भाग्न सफल भएका हुन् । कार रोकी राखेको अवस्थामा घाँसीकुवाको देउरालीबाट बालक भाग्न Continue reading