जय आले, कुवेत
सामाजिक सेवाका लागि संगठित भई सामाजिक कृयाकलापमा कटिबद्ध रहँदै आएको कुवेतको नेपाली समाजमा सफल सामाजिक सँस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जन-जागृती युवा समाज, कुवेतले कुवेतवासी नेपालीहरुबीच टड्कारो रुपमा खड्किएको नेपाली भाषामा लेखिएका पुस्तक पढ्ने चाहना एवं नेपाली भाषा साहित्यलाई प्रवासमा पनि जीवान्त राख्दै विभिन्न विधाका रचनात्मक, ज्ञानवर्द्धक तथा मनोरन्जनात्मक पुस्तक मार्फत Continue reading
चलचित्र ‘नोटबुक’ को युनिटले सिनेमाको प्रचारका लागि नयाँ नयाँ उपाय अपनाइरहेको छ । केही दिन अघि निर्देशक योगेश घिमिरेले गोपीकृष्ण हलमा पुगी दर्शकलाई सिनेमाको अडियो वितरण गरेका थिए ।वुधबार भने चलचित्रका कलाकार र निर्माण युनिटले दर्शकसँग सिनेमाको बारेमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौको गोपीकृष्ण हलमा गरिएको कार्यक्रममा नायक जीवन लुइटेल, नव नायक सेन सापकोटा, नायिका निता ढुंगाना, निर्देशक योगेश घिमिरे, निर्मात्री प्रज्ञा जोशी पुगेका थिए ।
पाश्र्व गायन होस् या पप गायनमा नै किन नहोस्, प्रमोद खरेलको चर्चा बजारमा चुलिएको छ । उनी अहिलेका सर्वाधिक व्यस्त गायकको रुपमा पर्छन् । उनै गायक खरेलले गीतकार शीत्तल कादम्बिनीसँग मिलेर नयाँ एल्बम बजारमा ल्याएका छन् । एल्बममा समावेश ‘खै जालमा’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।यो गीतको म्युजिक भिडियोमा नायिका नन्दिता केसी र नायक यशराजलाई देख्न सकिन्छ । भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । यो गीतलाई ‘निर्झरी’ एल्बमबाट लिइएको हो
काठमाडौं, फागुन १०- बलिउड अभिनेत्री राखी सावन्त नेपाल आउने भएकी छन्। आगामी चैत १७ मा राजधानीको दशरथ रंगशालामा हुने ‘बलिउड म्युजिक एन्ड मस्ती’ नामक कार्यक्रममा उनले नृत्य प्रस्तुत गर्न लागेकी हुन्। 
मेची महाकाली बृद्धाश्रमको सहयोगार्थ आगामी मार्च ८ तारिक शुक्रबार इन्डियन इन्ट्रेग्रेट स्कुल आबासियामा हुन गैइरहेको च्यारटी कल्चर सो कोलागी टिकेटमा यू ए ई एक्स्चेन्ज मार्फत बिशेष छुट कुपनको ब्यबस्था भएको जानकारी आएको छ। नेपालका दुई चर्चित कलाकारहरु जसले लाखौं युवा पुस्ताको मन जित्न सफल भएका छन राजेश पाएल राई र धीरज राई उनिहरुको गीत सुन्न ललाहित कुवेतबासी नेपालीहरुको लागि यू ए ई एक्स्चेन्जले आफ्नो कुनै पनि साखाबाट पैसा पठाएमा एक के डिको कुपनको ब्यबास्था गरेको छ भने उक्त कुपन टिकट किन्दा दिएमा ४ के डि को टिकट ३ के डिमा पाइने छ। पुर्व मेची देखी पश्चिम महाकाली सम्म बृद्धाश्रम बनाउनको लागि सहयोग जुटाउने उदेश्यले गर्न लागिएको यो कार्यक्रममा कुनै पनि नेपालीहरुको सहभागीताको एक हिस्सा सिधै सामाजिक कार्यमा पुग्ने देखिन्छ । 
कुवेत, खाडी मुलुक कुवेतमा आयोजित हस्तकला सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली भेषभूषाको चिनारी लिएर सहभागी उपस्थित भए पनि र्याम्पमा उत्रने नेपाली मोडेलहरू थिएनन् ।
कुनै बेला साँस्कृतिक कार्यक्रमको त कुरा नगरौ सामान्य नेपाली कार्यक्रम पनि हेर्न पाउदा खुशीले रमाउने कुवेतबासी नेपालीहरु बिगत तीन बर्षको अन्तरालमा कुन कार्यक्रम हेर्न जाने भनेर छान्न पाउने अवस्थामा पुगेका छन। गत साल देखी सुरु भएको कार्यक्रमको लहरले यो साल अझै बाक्लो ठाउँ पाएको छ भने नेपाली संघ संस्थाहरु खुल्ने क्रम पनि साउने झरी नै बनेको छ भन्दा सुन्ने र देख्नेले हो भन्नेछन । नेपाली साँस्कृतिक कार्यक्रम कै लहरको बिचमा गत सालबाट सक्रिय अर्को एक संस्था लिम्बु समाज कुवेतले आगामी १७ मे शुक्रबारका दिन नेपालका युवा गायक दिपक लिम्बुलाई कुवेत बोलाई भब्य साँस्कृतिक कार्यक्रम गर्ने जानकारी गराएको छ।
नेपाली संस्कृति ,कला र साहित्यलाई नेपाली भएको गौरब गर्दै संसारमा नेपाली र नेपाललाई चिनाउने उदेस्यले अन्तरर्राष्ट्रिय स्तरमा संगठित भएको संस्थाको कुवेत साखाले आज एक औपचारिक कार्यक्रम बिच उद्घाटन गर्दै सफत खाएको छ।
कुवेतमा हुने हरेक साँस्कृतिक कार्यक्रम मात्र होईन नेपालीहरुले मनाउने चाडपर्वहरु पनी अब नेपालबाट कलाकार झिकाएर मनाउने क्रम बढेको छ । प्रबासमा रहेका कलाकारहरुलाई आफ्नो गला र कला देखाउन अनी आफ्नो सँस्कृतिकलाई जोगाउन गठित साँस्कृतिक सँस्थाहरु पनी अब नेपालकै कलाकारमा आफ्नो कार्यक्रम बलियो हुने पक्षमा गएका छन यद्दपी कार्यक्रमको बिचमा केही प्रस्तुती भने कुवेतमा रहेका नेपाली कलाकारहरुको पनि रहने छ।
तमु समाज कुवेतको ल्होछार कार्यक्रममा अतिथी कलाकार शान्ती गुरुङको साथमा साथ दिदै आफ्नो कला प्रस्तुत गरेका प्रबासी गायक द्रोण जङ गुरुङले आफ्नो गायन यात्रा देखी कुवेतमा मौलाएको संगीतको बातावरणको बारेमा केही रहस्य खोलेका छन। लम्जुङ जिल्लाको दुराडाँडामा जन्मिनु भएका गुरुङ सानै उमेर देखी गाउन मन पराएको र गुरुङ समाजमा पहिला पहिला बसिने रोदी हुँदै स्कुलको कार्यक्रम अनी स्टेज सम्म गाउन सफल भएको बताउछन। नेपालबाट त्यस्ता धेरै कलाकार प्रबासमा आउन वाध्यछन जसले गाउने खुबी भएर पनि आफ्नो पारिवारिक अवस्था र जिम्मेबारी को कारण केही कमाउन प्रबासमा आउन पर्ने अवस्था छ 
काठमाडौं, पुस १९- गायिका कोमल ओली अब फिल्म ‘राजनीति’मार्फत् अभिनेत्रीका रुपमा देखा पर्ने भएकी छन्। उनी यसमा राजेश हमालकी पत्नी बन्दैछिन्। बुधबार बिहान उनले फिल्मको सम्झौतापत्रमा हस्ताक्षर गरेलगत्तै ड्रेससमेत छनोट गरिन्। ’फिल्म खेल्नकै लागि बेलायतमा हुने कार्यक्रम रद्द गरेँ,’ फिल्मप्रति मोह बढ्नुको कारण खुलाउँदै कोमलले भनिन्, ‘महिला सशक्तिकरण र सकारात्मक परिवर्तनका लागि समाजमा महिलाले पुर्याएको योगदानमाथि फिल्म केन्द्रित छ। त्यसैले काम गर्न मन लाग्यो।’ 













































