सुरेश गुरुङ, कुवेत
१५ मे २०१३ । रोजगारीको शिलशिलामा बिगत १८ महिना पहिला कुवेत आई कुवेतको साम्सुङ कम्पनिमा कार्यरत लिवाङ गाबिस, वडा नं. ६ ताप्लेजुङ् जिल्ला निवासी, ४० बर्षिय कर्मा शेर्पाको कुवेतमा गत १० मे २०१३ का दिन ह्रदयघातका कारण अकस्मात निधन भएको छ । सो दिन ड्युटीबाट आई खाना खाएर साधारण अवस्थामा सुतेका शेर्पा बिहान मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भएको छ । Continue reading



भुवन कार्कीको सर्वाधिक ८३ रनसँगै मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कपको आजको खेलमा नेपालले बहराइनसामु २६० रनको विशाल लक्ष्य दिएको छ। टस जिती पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २५९ रन बनाएको हो। नेपालको विशाल लक्ष्यका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका भुवन कार्कीले तीन छक्का र आठ चौकासहित ६३ बलमा ८३ रन बनाएका थिए। त्यसैगरी विवत्सु थापाले ४४ रन जोडे। 


एनआरएनएको अधिवेशनको माहौल तातिरहेको अवस्थामा हरेक दिन नयाँ समाचारको साथमा अब नयाँ नयाँ उमेदबारको घोषणा भएको छ । सहमतीको पहल हुँदाहुँदै पनि सम्बन्धित पक्षबाट सहमतिको बातावरण बनाउन भन्दा आफ्नो पक्ष बलियो भएको तर्क दिन थालएपछी माहौल फरक भएको हो । चुनाबी माहौल सँगै कुवेत एनआरएनएको उपाध्यक्षमा खोटाङ संपर्क समाजका अध्यक्ष मनिष राई (माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका पुर्व सदस्य)ले सहमतीमा साथीहरु आउन नचाहेमा आफुले लड्न पाउने बिधान अनुसारको पदमा उम्मेदबारी दिने फोन संपर्कमा बताउनु भएको छ । 


















































