Author Archives: कुवेतनेपाल एडमिन

हार्दिक बधाई तथा शुभकामना !!


नेपाल जन-प्रगतिशिल मञ्च कुवेतका अध्यक्ष तथा समाजसेवी श्री ध्रुव कुमार संग्रौला(कुमार झापाली) एनआरएनए मध्यपूर्वका क्षेत्रिय पदाधिकारीमा चयन हुनु भएकोमा वहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौं ।

टेन्डुप शेर्पा                                                                              तारा पौडेल
अध्यक्ष                                                                                     सचिव

साँस्कृतिक मञ्चको ‘थापालाई कार्वाही’ भन्ने समाचारको खण्डन गर्दै, राज थापाद्वारा प्रेस बिज्ञप्ती जारी !

नेपालकुवेत डटकम बाट सम्प्रेषित थापालाई कार्वाही र संस्कृति विरोधी भएको आरोप सहितको विषयमा छापिएको समाचारमा म घोर आपप्ति व्यक्त गर्दछु । मेरो बारेमा पटक पटक नेपालकुवेत डटकम बाट प्रकाशित समाचारले मेरो व्यक्तिगत चरित्र हत्या गर्ने दुश्साहस गरेको मलाई लागेको छ । नेपालकुवेत साँस्कृतिक मञ्चको कार्यसमितिको बैठकमै मैले सेल्टर सञ्चालनको लागि देउसी-भैलो खेल्ने भन्ने प्रस्तावमा पूर्ण असहमती जनाई संस्थामा आफु रहन नसक्ने भन्दै मौखिक राजिनामा दिईसकेको छु । Continue reading

नेपालकुवेत साँस्कृतिक मञ्चको प्रेस बिज्ञप्ती !!

हिमालयन बैंकका प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठको सम्मान पूर्वक बिदाई

जय आले, कुवेत

२१ अक्टुबर २०१० को दिन, हिमालयन बैंक कुवेतका प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरीको निवासमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवबका अध्यक्ष किरण पौड्याल तथा  बरिष्ट सल्लाहकार बालकुमार गुरुङ्ग मार्फत कदर-पत्र र साथमा मायाको चिनो दिई सम्मान पूर्वक बिदाई गरिएको छ । Continue reading

आगोले २ जना नेपालीको ज्यान लियो

शिव राम पौडेल

कुवेत , माहबुल्ला स्थित अल – सुल्तान क्यापमा लागेको आगोबाट २  जना नेपालीको मृत्‍यु भएको छ ।  मध्यरातमा सुल्तान कम्पनीको क्यापमा अचानक आगलागि हुदा दुई नेपाली कामदारले  ज्यान गुमाउनु प-यो । यसरी आगलागिको शिकार हुनेहरुमा नेपाल स्थित दाङ  निवासी राजेन्द्र धिताल र  भोजपुर जिल्ला घर भएका कृष्ण बहादुर गुरुङ  रहेका छन । Continue reading

नेपालका आधुनिक जमिनदारहरु

केशब प्रसाद घोरासैने
काठमाडौं, हाल – कुबेत
 
जब मानिसहरुले रुखको बोक्राले आफ्नो शरीर ढाक्दथे, जङ्गलमा कन्दमुल खोजेर खान्थे र ओडारमा रात बिताउँथे । त्यतिखेरका मान्छेहरु लाई न घर चाहियो न जमिन चाहियो कुनै कुराको चिन्ता थिएन जब मनिसहरुमा बिबेक र चेतना पलायो त्यतिखेरदेखि नै आधुनिक युग आएको मान्नु पर्छ त्यतिखेरको ब्रिसतित कुराहरु त समाजशास्त्री या ईतिहास बिदहरुलाई नै थाहाहोला |

मानिसहरु जब कन्दमुलबाट अन्नबाली तर्फ लागे र ओडारबाट सानातिना घर छाप्रोहरु निर्माण गर्न थाले त्यतिखेर देखिनै जमिन हडप्ने, आफ्नो बनाउने र सक्ने बलियाहरुले धेरै आफ्नो बनाए नसक्ने कम्जोरहरुले अली थोरै आफ्नो बनाए, त्यो पनि नसकनेले त्यतिकै जतापायो उतै भौतारिए तिनै केही नहुनेहरुलाई हुनेहरुले आफ्नो जमिनमा काम गर्न लगाए । Continue reading

बिमानस्थल कब्जामा लिएर पारसको स्वागत

Nepal Vs Afghanistan Final ACC Elite Trophy 2010 Kuwait “Nepal loss match by 95 Run”

Live Update by: Jay / Bikram / Shiva / Amar and Bikas from Hubara Cricket Ground

Nepal loss match by 95 Run

Score Board

Run - 129                                             Run – 224

Over - 39                                              Over – 50

Wicket - All Out                                  Wicket -All Out

  Continue reading

ACC Elite Trophy Kuwait 2010 (Nepal Vs Afghanistan) Final Match

Cricket Grounds Location At Ahmadi

Continue reading

Live update From kuwait !!! Nepal Vs Malaysia Semifinal

Live update !!! by Bikram Thapa  from Hubara Cricket Ground, Kuwait

Nepal won by 8 runs, Man of the match : Suresh from Malaysia 

 

Score Board

 

Run -  271                                                Run – 263

Wicket - 6                                                Wicket - All Out

Over -50                                                   Over -   49

 

1st wicket taken by Mehboob Alam

2nd wicket taken by Paras Khadka

3rd wicket taken by Sanjam Regmi

4th wicket taken by Sanjam Regmi

5th wicket taken by Sakti Gauchan

6th wicket taken by Rahul Bishwakarma

7th wicket taken by Basanta Regmi

8th wicket taken by Parash Khadka

9th wicket taken by Parash Khadka

10th wicket taken by Basant Regmi

संचारकर्मी र कलमकर्मीहरुद्धारा प्रसंशनीय कार्यको शुरुवात

रामकुमार श्रेष्ठ

हामी नेपाली भनेर त्यस बेलासम्म भन्न पाउनेछौं जुन बेलासम्म नेपाल एउटा स्वाभिमान देशको रुपमा रहिरहन्छ । नेपालको अस्तित्व समाप्त भएको खण्डमा हामी नेपाली भन्ने अबसरबाट बन्चित हुनेछौं । कुनै पनि देशको सरकारको एउटा प्रमुख कार्य भनेकै राष्ट्रियताको संरक्षण गर्नु र देशभित्र शान्ति अमन चयन कायम गर्नु हो । संक्रमण काल भएको कारण शान्ति सुरक्षाको सवालमा लचकता देखाउन सकिन्छ सरकारद्धारा  उद्धेस्य प्राप्त गर्न नसकेको खण्डमा, तर राष्ट्रियताको सवालमा सबैभन्दा पहिला सरकार बोल्नै पर्ने हुन्छ । Continue reading

सिंगापुरको बिरुद्द नेपाल ७ विकेटले बिजयी

LIVE UPDATE : Bikram Thapa / Shiva Paudel - Unity Ground, Kuwait

सिंगापुरको बिरुद्द नेपाल ७ विकेटले बिजयी

नेपालको शानदार प्रदर्शन, रन रेट ५ ओभर,

ब्याट्स मेन अनिल मण्डलले 83 रन बनाइ हाफ सेन्च्युरी क्रस गरे । 

ब्याट्स मेन महेशले 87 रन बनाइ हाफ सेन्च्युरी क्रस गरे । 

(महेश क्रिजमा, पारस ईन) 

शरद ईन, दिपेन्द्र ईन

1) अनिल मण्डल ८3 रन बनाएर आउट

2) पारस खड्का आउट

3) महेश 87 रन बनाएर आउट

म्याच शुरु (13.30 p.m.), नेपाली टिमका ब्याट्स मेन  Sharad & Dipendra  ब्याटिङ्ग गर्दै,

अपडेटेड् स्कोरको लागि आफ्नो पेज रिफ्रेस गर्दै गर्नु होला ।

Score Board

 

       Run       - 217                                           Run      - 216

       Wicket  - 3                                              Wicket - All out

       Overs   - 43                                             Overs  - 49

 

सिंगापुरको ब्याटिङ्ग सकिएको छ । ४९ ओभरमा २१६ रन बनाइ सिंगापुर अल-आउट हुँदै नेपाललाई २१७ रनको चुनौती दिएको छ । नेपालको ब्याटिङ्ग लन्चब्रेक पछाडि शुरु हुनेछ ।    

०३ अप्रिल २०१० बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा नेपाल र सिंगापुरबीचको एसिसि एलाइट ट्रफी कुवेत २०१०, क्रिकेट म्याचमा सिंगापुरले टस जितेर ब्याटिङ्ग गर्दै,

 

1 Wicket taken by Basanta Regmi

1 run-out, by Paras Khadka

3 Wicket taken by Shakti Gauchan

2 Wicket taken by Rahul Bishwakarma

1 run-out by, Amrit Bhattarai

1 Wicket taken by Sanjam Regmi

1 run-out, by

 

पत्रकारहरुको टोली र नेपाली तेक्वान्दो खेलाडी दिपक बिष्ट कोरया आउंदै

Puru Joshi, South Korea

यहि आउंदो अप्रील ४ तारिख आईतबारका दिन नेपाली खेलकुद इतिहास कै सफल नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक बिष्टलाई सम्मान गर्ने भएको छ भने सोही दिन नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने कार्यक्रम रहेको छ । दुवै कार्यक्रम एम् टी युको कार्यालय एकै ठाउंमा हुंदैछ । सो कार्यक्रममा बिशेष आतिथ्य ग्रहण गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा लगायत ३ सदस्यीय टोली र खेलाडी दिपक बिष्ट आज शुक्रबार कोरियन एयरको उडानबाट कोरिया आउने भएको छ । Continue reading

गिरिजाबाबुसँगका अविस्मरणीय क्षण

नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाले ७ चैत ०६६ का दिन हामी सबैलाई अभिभावकविहीन बनाएर आफ्नो भैतिक शरीरलाई चिरनिद्रामा लीन गराउनुभयो । उहाँको निधनले नयाँ संविधान निर्माण र शान्ति-प्रक्रिया धरापमा परेको छ । किन पनि शान्ति-प्रक्रिया धरापमा परेको छ भने कोइरालाजस्तो तुरुन्तै निर्णय लिनसक्ने र सबैले पत्याएको, पाको, भरपर्दो र सर्वमान्य नेता अहिलेको अवस्थामा देखिएका छैनन् । सधैँ पूरा राजनीति मात्र गर्ने कोइरालाजस्तो आत्मविश्वास भएको व्यक्ति कमै हुन्छन् । सिंगो जीवन नै राजनीतिमा समर्पित गर्नुभएका कोइरालाले अन्तिम क्षणसम्म पनि राजनीति गर्न छोड्नुभएन । शान्ति, सहमति र सहकार्यका प्रणेता कोइरालाले अन्तिम सास पनि सायद सहमति, सहकार्य र एकताकै लागि लिनुभयो होला । ‘म जे भन्छु, त्यो गर्छु र जे गर्छु त्यो मात्र भन्छु’ भन्ने निडर र संविधानसभाको सबभन्दा परिपक्व र जेठो नेताको अभाव भएकाले कोइरालाका विषयमा यी तर्कवितर्क गरिएका हुन् । एउटै बाबुका तीन छोरा प्रधानमन्त्री बनाउने ऐतिहासिक व्यक्तित्व कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा पुत्रका रूपमा विसं. १९८१ मा गिरिजाप्रसाद कोइरालाको जन्म भएको हो । धन्य कृष्णप्रसाद कोइराला ! तिमीले मातृका, बिपी र जिपीजस्ता तिनै छोरालाई यस देशका प्रधानमन्त्री बनायौ । बिपी र जिपी दुवै सबैका साझा नेता भए । पटकपटक गरी ६ पटक प्रधानमन्त्री, तीनपटक कांग्रेस सभापति, ०६२/०६३ को जनआन्दोलनपछिको संक्रमणकालीन अवस्थामा राष्ट्रप्रमुखको कार्यभारसमेत सम्हालेका नेपाली राजनीतिका सर्वमान्य व्यक्तित्व कोइरालाले आफ्नो जीवनकालमा धेरै उतारचढाब बेहोरेका थिए । ०३४ सालमै कांग्रेसका महामन्त्री भएका कोइराला राजनीतिक जीवनमा कुनै वेला सगरमाथाको शिखरमा हुन्थे भने कुनै वेला फेदमा । Continue reading