Author Archives: जय आले

अ.ने.सा.स कोलोराडो च्याप्टरद्वारा नियमित कबि गोष्ठी सम्पन्न

आचार्य प्रभा, डेनभर कोलोराडो

मे २७ ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरद्वारा नियमित हुने कोलोराडो साहित्य संगम कबि गोष्ठी २६ मे २०१२ का दिन श्री हरि अधिकारी/श्रीमती उषा अधिकारी तथा मीना पौडेलको आतिथ्यमा हेन्डरसनस्थित वहाँहरुकै निवास स्थानमा सफलतापुर्वक सम्पन्न गरियो । सदा झैं उक्त कबि गोष्ठीमा विभिन्न विधामा रचनाहरु पाठ गरिएको थियो । च्याप्टरका अध्यक्ष पदम विश्वकर्माद्वारा संचालित उक्त कार्यक्रममा बरिष्ठ गजलकार मनु ब्राजाकीको पनि उपस्थिति रहेको थियो । Continue reading

बुद्ध जयन्ती कार्यक्रमका सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद !!

प्रेस बिज्ञप्ती:

नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा हालै सम्पन्न २५५६औं बुद्ध जयन्ती कार्यक्रममा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु हुने सम्पूर्ण सँघ-संस्थाहरु, बुद्दिजिवी महानुभावहरु, नेपालकुवेत डटकम, कुवेतनेपाल डटकम, तामाङसमाज डटकम लगायत सम्पूर्ण समाजसेबीहरुलाई नेपाल तामाङ घेदुङ कुवेत परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ । Continue reading

सपना अचम्मको..

जितेन थिङ, कुवेत  


१०/११ जनाको छुट्टाछुट्टै झुण्ड देखा पर्‍यो पछौटेहरुको साथमा
धारिलो हात-हतियार अनी गोला-बारुद बोकेको देखें सबैले हातमा
जोडजोड स्वर निस्कंदै थियो कतै लिम्बुवान त कतै खुम्बुवान
चिच्याई-चिच्याई भाषण गर्दै थिए कतै ताम्सलिङ त कतै तमुवान Continue reading

= = = गजल = = =

ज्ञानेन्द्र गुरुङ
ओखलढुंगा, रुम्जाटार-३


तिमी मेरी दिलरानी हुने छैन कहिले नि
ढुंगा भाको दिलफेरी छुने छैन कहिले नि

चाहिएन तिम्रो माया पर राख जालीकुरा
जुठो लाश चोखाउन धुने छैन कहिले नि Continue reading

कुवेतमा शान्तिको कामना गर्दै बुद्ध जयन्ती भब्यरुपमा सम्पन्न, अतिथि कलाकारहरुले भरपुर मनोरन्जन दिलाए (फोटो फिचरसहित)

ईन्द्र भुसाल, कुवेत

नेपालमा मात्र होईन संसारमै शान्तिको सन्देश दिनु हुने भगवान गौतम बुद्धको २५५६ औं बुद्ध जयन्ती आज मालियाको होटल एसिया एसिया शान्तिको कामना गर्दै सांगितिक रमझममा रमाउदै भब्यरुपमा समप्न्न भएको छ । Continue reading

बुद्ध जन्मेको देशमा अशान्तीको कालो बादल, पार्टीगत स्वार्थ नत्यागेसम्म सहमतिको अर्थ नरहने

ईन्द्र भुसाल, कुवेत

२५५६ औं बुद्ध जयन्ती मनाएको नेपाल र नेपाली समाज अनी गौतम बुद्ध जन्मेको देश हाम्रो नेपाल ईतिहास कै यो लामो बाटोमा निकै तनाब झेलिरहेको छ । २०४६ सालको राजनितिक परिवर्तनलाई आत्मसात गर्दै प्रगतीको बाटोमा देशलाई लम्काउनुको साटो पार्टीगत स्वार्थ, भाई-भतिजाको रजाई अनी बिबेकहिन राजनेताहरुको कारण देशले लामो युद्धको सामना समेत गर्‍यो भने हजारौ नेपालीले ज्यान गुमाए भने हजारौको अत्तोपत्तो छैन अनी टुहुरा र बिधुवा अनी अपाङ्गले देशको हरेक बस्ती भरिएको छ । शान्तीको सन्देश दिदै पुरै संसारलाई शान्तीको पाठ दिएका भगवान गौतम बुद्ध जन्मेको देश नेपाल भने लामो समय देखी नराम्रो सँग भाँडभैलोमा तल्लिन छ अनी मुकदर्शक भएर बस्न बाध्य छन सोझा नेपालीहरु । Continue reading

हाम्रो इमान्दार कदमलाइ भोलि अन्य राष्ट्रमा बस्ने नेपालीले समेत अनुशरण गर्नेछन..

भुवन पौडेल
नेपाली राजदूतावास, कुवेत

प्रिय मित्रहरू ! आज म तपाइहरू जस्ता ठूलो हृदय भएर पनि दिल खोलेर व्यक्त गर्न नपाउनु भएकोमा हृदय देखिनै धन्यवाद दिदैं दुइ शब्द राख्ने अनुमति माग्न चाहन्छु । हाम्रो देश नेपाल हो र हामी गरिबीको दुश्चक्रले गर्दा यो तातो वालुवामा आउनु हाम्रो वाध्यता हो । हामीले सोच्नुपर्ने वेला आएको छ कि अव हाम्रो अर्को पुस्तालाइ पनि यो मरूभूमीमा वोलाएर सडाउने कि सपार्ने हाम्रो काधँमा छ । हामी सधैं सराप्ने गर्छौ राजनीतिले देश विगार्यो खतम वनायो सधै बन्द हडताल मात्र । यावत विभिन्न समस्याले गर्दा बरालिएर विदेशिनु भएको हो भने म तपाइ प्रति केही थप कुरा राख्ने अनुमति चाहन्छु । यो नेपाल हाम्रो हो कुनै राजनीतिक दल विशेषको पेवा होइन दल विशेषलाइ भन्दा देशको माया हामी विराट हृदय भएका नेपालीलाइ लाग्छ । Continue reading

लालीगुराँस साँस्कृतिक परिवारको दोश्रो वार्षिकोत्सव १५ जूनमा, कास्किका हिमपहिरो पिडीतलाई नेरु. ५० हजार सहयोग गर्ने परिवारको घोषणा

कुवेतनेपाल, एड्मिन

कुवेतमा बिभिन्न नेपाली सँघ-संस्थाहरु सञ्चालित छन भने हरेक संस्थाको आ-आफ्नै बिशेषता छ । तर, कुनै संस्थाहरुको कार्यशैली भने पृथक किसिमको रहेको देखिन्छ जसमध्ये लालीगुराँस साँस्कृतिक परिवारलाई उदाहरणको रुपमा लिन सकिन्छ । नेपाली कला र संस्कृतिलाई जहाँ र जस्तो परिवेशमा भएपनी जिवित राख्नु पर्छ भन्ने मुल उद्देश्यका साथ बिगत २ बर्षदेखी कुवेतको नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहेको अर्को बिशुद्द साँस्कृतिक संस्था हो लालीगुराँस साँस्कृतिक परिवार । तर, यसको कार्यशैली भने कला र संस्कृतिमा मात्र सिमित नरही कहिले खेलकुद त कहिले समाजसेवा प्रति पनि उन्मुख रहेको पाईन्छ । Continue reading

नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको औपचारिक भेला सम्पन्न (फोटो फिचरसहित)

कुवेतनेपाल, एड्मिन

आफ्नो धर्म-संस्कृति तथा सामाजिक एवं मौलिक परम्परालाई दिगो राख्ने र मगर भाषी एवं जातिय उत्थान तथा संरक्षणको निम्ति सम्पूर्ण कुवेतवासी मगराँतहरु एकजुट भई अगाडि बढ्ने साथै कुवेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो तथा सहकार्य गर्दै आधिकारिक रुपमा सञ्चालित रहने उद्देश्यका साथ गत १० मार्च २०१२ का दिन गठन भएको नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको पाँचौ भेला आज औपचारिक रुपमा कुवेतको मालियास्थित कार्लटुन टावर होटलमा भव्यताका साथ सम्पन्न भएको छ । Continue reading

गजल !! (ज्ञानेन्द्र गुरुङ)

अन्नपूर्ण हिमश्रृंखलाको हिमपहिरोमा परि अकल्पनीय दुर्घटनामा ज्यान गुमाएका शोक शन्तव्ध परिवार प्रति धैर्य-धारण गर्ने शक्ति मिलोस् साथै ज्यान गुमाएकाहरु प्रति समबेदना एवं उहाँहरुको आत्मको चिर शान्तिको कामना गर्दछु । यहि सेरोफेरोमा एउटा गजल लेख्ने कोशिस गरें..!!

=== गजल ===

प्रकृति नै क्रुर बनि गरिबको छानो बगायौ
निमुखा ति आधापेट जिउनेको मानो बगायौ Continue reading

‘ससुरा बा’लाई चिठ्ठी (लेखक: राजिव)

कुवेतमा सडक दुर्घटनामा मृत्‍यु भएका मृतक नेपालीको परिवारलाई अल-अमाना सेक्युरिटीमा कार्यरत नेपालीहरुबाट आर्थिक सहयोग प्रदान

कुवेतनेपाल, एड्मिन

गत २६ अप्रिल २०१२ का दिन कुवेतको सुलैबियामा सडक दुर्घटनामा परि अकल्पनिय मृत्‍यु भएका नेपालको गाइघाट घर भई लामो समयदेखी कुवेतको अल-अमाना सेक्युरिटी कम्पनिमा कार्यरत ४८ बर्षिय चन्द्र बहादुर राइको नेपालस्थित परिवारलाई सोही कम्पनिमा कार्यरत नेपालीहरुबाट १६७ के.डी (नेरु. ५० हजार ३८२) आर्थिक सहयोग पठाईको छ । Continue reading

कुवेतमा बुद्ध जयन्ती दोश्रो पटक मनाईंदै, झुटो हावा फैलाउने छिमेकी रवैया प्रति नेपाल सरकार किन चुप ?

ईन्द्र भुसाल, कुवेत

संसारभर शान्तीको ज्ञान छर्ने भगवान गौतम बुद्धको २५५६ औं जन्म जयन्ती देश बिदेशमा भब्य रुपले मनाउने क्रम भएको छ । नेपाल मात्र होईन जहाँजहाँ भगवान गौतम बुद्धको सन्देशले छोएको छ त्यहाँ यो पवित्र दिनलाई बिभिन्न तरिकाले उहाँलाई सम्झँदै आजको दिनलाई शान्ती प्रती समर्पित गर्दै र आगामी दिनमा संसारभर शान्तीले अझै ठुलो ठाउँ लियोस भन्दै मनाउने गरिन्छ । Continue reading

के कमायौ परदेशमा ??

गत केहि दिन पहिले कुवैतमा सडक दुर्घटनामा
परि मृत्यु भएका गाईघाटका चन्द्र बहादुर राईको सम्झनामा !!

मनोज ‘मनसुन’ कुवेत


चन्द्र बहादुर! खै के कमायौ परदेशमा ?
आधा पेट मानै चित्त बुझायौ परदेशमा

घरमा साना लालाबालाहरु छोडेर
आफ्नै रगतले यहाँ नुहायौ परदेशमा Continue reading

नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको आगामी बैठक बारे जरुरी सूचना !!

आदरणीय कुवेतवासी लाङ्घाली दाजुभाइ तथा दिदीबहिनीहरु;

मिझोर्ले,

नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको आगामी बैठक यही ११ मे २०१२ शुक्रबारका दिन, दिनको ठीक १२.३० बजे कुवेतको मालियास्थित कार्लटुन टावर होटलको ११औं फ्लोरमा बस्ने जानकारी गराउँदै र बैठकमा मगर सँघ कुवेतको निकट भबिष्यमा हुन गैरहेको सम्मेलन सम्बन्धी गहन रुपमा छलफल तथा ठोस निर्णय गर्नुपर्ने भएकोले समस्त कुवेतवासी मगर दाजुभाई तथा दिदिबहिनीहरुलाई अनिवार्य उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं । Continue reading