नेपालका चर्चित कलाकारहरु कोमल वली, सुनिता दुलाल र नन्दिता केसी कुबेतमा


सुरेश गुरुङ, कुवेत

“तिज बिशेष कार्यक्रम-२०१२” कुवेतमा सहभागीताको लागि अतिथी कलाकारको रुपमा नेपालका सुपर स्टार कलाकारहरु कोमल वली, सुनिता दुलाल र नन्दिता केसी पुर्व निर्धारित सूचना अनुसार आज १३ सेप्टेम्बर २०१२ का दिन, दिनको ठिक १.४० बजे गल्फ एअरको उडानबाट कुवेत आई पुगेका छन । आफ्ना लोकप्रिय कलाकारहरुको स्वागतार्थ कुवेत बिमानस्थलमा कुवेतवासी नेपालीहरुको घुईंचो नै लागेको थियो ।

आयोजक कोसेली परिवार लगायत कुबेतमा कृपाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्दिजिबि एवं पत्रकारहरुले कलाकारहरुलाई कुवेत बिमानस्थलमा पुष्पगुच्छा, पुष्पहार, खादा र दोसल्ला ओढाउँदै हार्दिकताका साथ स्वागत गरे ।

कलाकारको स्वागतमा कोसेली परिवारको पुरै टिम, माउण्ट एभरेष्ट क्लवका अध्यक्ष धर्मराज गिरी, पूर्वाध्यक्ष किरण पौड्याल, एनआरएनका अध्यक्ष राजेन्द्र तामाङ, अल-अमानाका सेक्युरिटी इन्चार्ज होमनाथ गिरी, साँस्कृतिक मन्चका कलाकारहरु, लालीगुराँस परिवारका कलाकारहरु, मगर संघका प्रतिनिधिहरु, म्यानपावरका प्रतिनिधिहरु, जन-प्रगतिशिल मन्चका प्रतिनिधिहरु, चालक भलाइ कोषका प्रतिनिधिहरु, तमाङ घेदुङका प्रतिनिधिहरु, तमु समाजका प्रतिनिधिहरु, जन-जाग्रिती समाजका प्रतिनिधिहरु, बुद्दिजिवि बर्गहरु, समाजसेवीहरु, नेपाली चर्च, नेपालकुबेत डटकम र कुबेतनेपाल डटकमका पत्रकारहरु लगायत अन्य उल्लेखनिय कुवेतवासी नेपालीहरुले स्वागत समारोहमा सहभागी हुँदै अतिथी कलाकारहरुको स्वागत गरेका छन । कार्यक्रम जुनसुकै संस्थाले आयोजना गरेतापनी नेपालबाट आउने कलाकारहरुलाई स्वागत गर्न जुनसुकै समयमा पनि कुवेत बिमानस्थलमा तत्परताका साथ तम्तयार रहने र कुबेतवासी नेपाली समुदायको प्रथा नै बनेको छ भने अर्कोतिर प्रबासमा सबै नेपालीहरु एकजुट भएर राष्ट्रका गहना कलाकारहरुलाई स्वागत गर्दै कार्यक्रम सफल पार्नु पर्छ भन्ने नेपाली पन सबैमा झल्केको निक्र्यौल गर्न सकिन्छ ।

कलाकारहरुले भोली मलियाको एशिया-एशिया होटलमा कुवेतवासी नेपालीलाई भरपुर मनोरञ्जन दिलाउने छन, नचाउने छन, हँसाउने छन, थकाउने छन र कुवेतको हरितालिका तिज-२०१२ लाई एउटा स्वर्णिम अक्षरले कुवेतको नेपाली ईतिहासमा लेखेर जाने छन । कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु; तपाईंहरुको लोकप्रिय कलाकारहरुको प्रस्तुति कुवेतमै भएपनी हेर्ने जुन अवसर कोसेली परिवारले प्रदान गरेको छ कुनैपनी हालतमा हेर्न नभुल्नुस है…

About these ads

4 Responses to नेपालका चर्चित कलाकारहरु कोमल वली, सुनिता दुलाल र नन्दिता केसी कुबेतमा

  1. naresh sunuwar

    like this.

  2. naresh sunuwar

    आयोजक लगाएत सबै जना मानुभाब मा मेरो कोटि कोटि नमासकार छ:::::र धनयेबाद छ:

  3. Orgnizers sucks coz there was no ticket system, i couldn’t watch programe and hall also was small for whole Nepali crowd……my good friday turned in to bad friday….:I

  4. Hi sis,so nice pic.nandita….u r looking so cute.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s