खेलाडीको ‘टीम स्पीरिट’ले नेताहरुलाई दबाबः प्रचण्ड


क्रिकेटरहरू सम्मानित
२८ भदौ, माओवादी अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीहरुको सफलताले टीम स्पीरिटमा काम गर्न नेताहरुलाई सन्देश र दबाब दिएको बताउनुभएको छ । हालै डिभिजन फोर को बिजेता भएर नेपाल फर्किएको नेपाली क्रिकेट टोलीलाई आज बिहान पार्टी कार्यालयमा सम्मान गर्दै प्रचण्डले भन्नुभयो- तपाईहरुको जीतले राजनीतिज्ञलाई पनि एउटा सन्देश दिएको छ, तिमीहरु पनि टीम स्प्रीटमा काम गर, मेहेनत गर, देशका लागि काम गर भन्ने सन्देश दिएको छ ।’ खेलाडीले जस्तै मिलेर मुलुकको हि तगर्न सक्छन कि सक्दैनन भन्ने चुनौती नेताहरुमाझ रहेको प्रचण्डले बताउनुभयो ।

मुलुकको नाम चम्काएकोमा खेलाडीलाई धन्यवाद दिंदै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको बिकाशका लागि राज्यले ध्यान दिन नसकेको बताउनुभयो । खेल क्षेत्रमा लगानी बढाउन सरकारलाई आफुले आग्रह गर्ने प्रचण्डको भनाई थियो । टोली कप्तान पारश खड्काले राज्यले क्रिकेटमा लगानी बढाए नेपालले क्रिकेटमा धेरै गर्न सक्ने बताउनुभयो ।

Source: Nagarik

About these ads

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s