मायाले ओमानमा प्लेनभित्रै बच्चा जन्माइन


रुमकुमारी बलाल
मस्कट , घरायसी कामका लागि २ बर्षअघि ओमानको सललहमा आएकी माया (नाम परिवर्तन)ले घर फर्कने क्रममा सललहबाट मस्कटको यात्रा गर्दा ओमान एअरको जहाजभित्रै छोरा जन्माएकी छिन्। संखुवासभा घर भएकी मायाले प्लेन उडान समयमा प्लेनको बाथरुम भित्र बच्चा जन्माएकी हुन् । फोन सम्पर्कमा भएको कुराकानी अनुसार उनले उडान समय बिहान् साढे २ बजेपछि बच्चा जन्माएको वताइन् ।

उनको भनाइअनुसार पहिले घरको मलिकको भाईले जबर्जस्ती सम्बन्ध राखेका कारण उनी गर्भवती भएकी थिइन् । अन्तिम समयमा पुलिसको सहयोगमा मालिकले नेपाल फर्काउने पहल गरेका थिए ।  सुत्केरी अवस्था र भिसा रद्द भएका कारण सुरुमा यहाँको हस्पिटलले उनलाई भर्ना लिन  मानेको थिएन ।  करिव ६ घण्टा हस्पिटल बाहिर बिताएकी मायाले बिहान साढे ९ बजेपछि मात्रै हस्पिटल भर्ना पाएकी थिइन । हस्पिटलको कर्मचारीसँग संपर्क गर्दा ओमान एअर कर्मचारीमार्फत पीडितलाई भर्ना गरिएको बताए ।

अहिले उनी रोयल हस्पिटल बउशार , मस्कटमा छिन् । मायाले छोरालाई जन्म दिए पनि घरमा श्रीमान् र छोरा छोरीहरु भएका कारण बच्चा लिएर घर जाने अबस्थामा छैनन् । तर दूतावासका कर्मचारीहरूका अनुसार यसरी जन्माएको कुनै पनि बच्चालाई नेपाल लान सकिदैन् ।

घरेलु महिला कामदार(हाउसमेड)का रुपमा ओमानसहित खाडी मुलुक आउने धेरै महिलाले मालिकबाट शोषण भोग्नुपर्छ । मालिकको शोषणबाट गर्भवती भएका धेरै युवतीलाई केही महिनामा नेपाल फर्काइन्छ । मायाको केशमा भने उनलाई नेपाल फर्काउन ढिलाइ गरिएका कारण बिमानभित्रै बच्चा जन्माउने अबस्थामा पुगिन् ।

धेरै अरवीहरुको नासो बोकेर नेपाल फर्किएका बिबाहित र कुमारी आमाहरुले समाजमा अपहेलित भएर बाँच्नुपरेको छ । मायाले नेपाल नपुग्दै अरवी मालिकको नासोलाई धर्ती टेकाएपनि यसले कस्ता कानुनी जटिलता ल्याउने हो, उनले बच्चालाई नेपाल लिएर जान पाउँछिन पाउँदिनन, शोषण गर्ने साहुले जिम्मा लिन्छन वा लिन्नन भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन् ।

Source:Onlinekhabar

 

 

 

About these ads

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s