Daily Archives: 07/09/2012

कुवेतको NRNA ले नेपालको हाईड्रो पावरमा हाल दुई करोड उनन्चालिस लाख रकम लगानी गर्ने


डम्बर रिमाल, कुवेत

०७ सेप्टेम्बर २०१२ शुक्रबारका दिन, गैर-आवासीय नेपाली, सँघ कुवेतले एनआरएनएको सामुहिक लगानी सम्वन्धि अन्तरक्रिया कार्यक्रम कुवेतको मालियास्थित एसिया एसिया होटलमा सम्पन्न गर्‍यो । “समृद्ध नेपालको लागि लगानी र सृजनशीलता” भन्ने मुल नारालाई साकार पार्न गैर-आवसीय नेपाली संघ, कुवेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली राजदुतावास कुवेतकी Continue reading

अमेरिकाले माओवादीलाई आतंककारी सूचीबाट हटायो


काठमाडौं, भदौ २२ अमेरिकाले एकीकृत माओवादीलाई आतंककारी सूचीबाट हटाएको छ। विदेश मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत आठ वर्षपछि आतंककारी सूचीबाट हटाइएको जानकारी दिएको हो। धेरै समीक्षा गरेपछि माओवादी अहिले अमेरिकी नागरिक तथा अमेरिकी विदेश नीतिलाई खतरा हुने गरी आतंकवादी गतिविधिमा संलग्न नभएको पायौं,’ विज्ञप्तिमा छ, ‘पछिल्लो वर्ष माओवादी पार्टी नेपालको गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ भने उसले शान्ति तथा पुनर्निर्माण प्रक्रियामा विश्वसनीय प्रतिबद्धता देखाएको छ।’ Continue reading

अमेरिकाविरुद्ध नेपालको शानदार जित, नेपाल डिभिजन ३ मा बढुवा


 भदौ २२ , विश्वकप क्रिकेट लिग डिभिजन ४ अन्तर्गत मलेसियामा भएको खेलमा नेपालले शानदार प्रदर्शन गर्दै अमेरिकालाई ३२ रनले हराएको छ। नेपालको जितमा सुवाष खकुरेलको सतक र बसन्त रेग्मीको पाँच विकेट मुख्य निर्णायक रहे। अमेरिकालाई हराएसँगै नेपाल विश्वकप क्रिकेट लिग डिभिजन ४ बाट बढुवा भएर डिभिजन ३ मा उक्लिएको छ।

 

 

 

ओलीको घरमा तीजको दर


झलनाथदेखि राधाकृष्णसम्मको जमघट
२२ भदौ, काठमाडौं – कसैकसैले भावी प्रधानमन्त्री पनि भन्न थालेका नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीको चुरीफुरी हिजोआज निकै बढेको छ । बाहिर धेरै गतिबिधि नदेखिएपनि वर्तमान सरकार परिवर्तनको लागि उहाँले भारतीय नेताहरुदेखि माओवादी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई समेत भित्रभित्रै भेटिरहेको चर्चा सुन्ने गरिन्छ । Continue reading

राष्ट्रपति टुलुटुलु हेरी बस्न मिल्दैन : एमाले सचिव खरेल


रुद्र खड्का, नेपालगन्ज, भदौ २२- एमाले सचिव शंकर पोखरेलले यतिखेर देश असामान्य अवस्थामा पुगेकाले राष्ट्रपतिले भूमिका बढाउनु पर्ने बेला आएको बताएका छन्। प्रेस चौतारीले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले देशको अवस्था सामान्य भएको भए राष्ट्रपति ‘सेरमोनियल’ भए कुनै फरक नपर्ने बताए। Continue reading