Daily Archives: 03/09/2012

लडाकु समायोजनको अन्तिम टुंगो लगाउन विशेष समितिमा छलफल जारी


१८ भदौ, काठमाण्डौं – समायोजन रोजेका माओवादी लडाकुको समायोजन कार्यलाई अन्तिम रुप दिन सेना समायोजन विशेष समितिको बैठक बसिरहेको छ । सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा जारी बैठकमा लडाकु समायोजनका मापदण्डमा विवादित विषयको टुङ्गो लगाई सेना समायोजनको प्रक्रिया सुरु गर्ने विषयमा छलफल भर्इरहेको छ । Continue reading

सिंगापुरले दियो ११२ रनको लक्ष्य


विश्वकपको खुड्किलोको रुपमा लिइएको डिभिजन ४ विश्व क्रिकेट लिगको आज मलेसियामा सुरु भएको खेलमा सिंगापुरले नेपाललाई ११२ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको सिंगापुरलाई अमृत भट्टराईको घातक बलिङ महँगो साबित भयो।  उनी एक्लैले चार विकेट लिए। Continue reading

अग्लो सगरमाथा र होचो मृतसागर एउटै टिकटमा


रुबी रौनियार, काठमाडौं, भदौ १८- दुई देशबीचको भाइचारा सम्बन्ध र मित्रता दर्शाउने अनेक तरिका हुन सक्छन्। नेपाल र इजरायलले मित्रता बढाउन नयाँ आयाम जोडेका छन्- हुलाक टिकटमा। नेपालले सर्वोच्च शिखर सगरमाथा र इजरायलले सबैभन्दा होचो मृतसागर (डेड सी) लाई सँगै जोडेर संयुक्त हुलाक टिकट प्रकाशन गर्न लागेका हुन्। दुवै देशमा प्रयोगमा ल्याइने यस्तो टिकटमा मंगलबार पहिलो टाँचा लगाइँदैछ। Continue reading