Daily Archives: 01/09/2012

कतारमा खुल्ला लोक दोहोरी गीत प्रतियोगिता २०१२ हुने


बुधबल गुरुङ, दोहा, कतार – नेपालीहरुको लागि बैदेशिक रोजगारीको एक प्रमुख गन्तव्य कतारमा यस बर्ष खुल्ला लोक दोहोरी गीत प्रतियोगिता हुने भएको छ। मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईल अल अधा (बक्री ईद) को अवसर पारेर तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले सो कार्यक्रमको आयोजना गर्न लागेको हो

तमू समाज कतारका अध्यक्ष बिमल गुरुङको संयोजकत्वमा कार्यक्रम आयोजक समिति गठन गरिएको कुरा तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष टक प्रसाद गुरुङले बताएका छन्। Continue reading

एक-दुई दिनमै सहमति जुट्छ : प्रचण्ड


१६ भदौ, जनकपुर – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको नयाँ निर्वाचन वा संविधानसभा पुनःस्थापना कुन वाटोवाट जाने भन्ने टुंगो एक दुई दिनमै लाग्ने वताउनु भएको छ । उहाँले प्रमुख तीन दलवीच संविधानसभाको नयाँ निर्वाचन वा संविधानसभा पुनःस्थापना के गर्ने भन्ने विषयमा छलफल चलिरहेकाले र केही दिनमै सहमतिमा पुगिने वताउनु भयो । Continue reading

इराकमा १२ नेपाली मारिएको ८ बर्ष पुग्यो


ब्यबसायी कालो दिवस मनाउँदै
१६ भदौ, काठमाण्डौ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको बर्बरतापूर्वक हत्या भएको आज आठ वर्ष पुरा भएको छ । कामका लागि इराक गएका नेपालीको २०६१ साल भदौ १६ गते आजैका दिन सुन्नी आतंकवादी समूहले घाँटी रेटी विभत्स हत्या गरेको थियो । Continue reading

एमाले अध्यक्ष खनाल अस्पताल भर्ना


पिसाब नलीमा पत्थरी देखियो, काठमाडौं, भदौ १६ – नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल पिसाबमा समस्या देखिएपछि आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा भर्ना भएका छन् । उनको पिसाब नलीमा पत्थरी देखिएको र लेजर प्रविधिद्वारा पत्थरी निकाल्ने तयारी भइराखेको जानकारी चिकित्सकले दिएका छन्। Continue reading

इरान भ्रमण अत्यन्तै सफल : प्रधान मन्त्री


रमेश लम्साल, तेहरान, भदौ १६ – प्रधान मन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले गरेको इरान भ्रमण अत्यन्तै सफल भएको दाबी गरेका छन् । तेहरानस्थित होटेल स्तेगाहलमा प्रधान मन्त्री भट्टराईले असंलग्न आन्दोलनको महत्व दुनियाँमा बढ्दै गएको र त्यसको सकारात्मक प्रभाव पारेकाले यसको महत्व र सान्दर्भिकता अझ बढेको बताए ।
भ्रमणका क्रममा विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्रप्रमुखसँगको भेट पनि असाध्यै फलदायी भएको उनको भनाइ थियो। Continue reading

इनिष्टा युईएफए बर्ष उत्कृष्ट खेलाडी घोषित


 आन्द्रे इनिष्टा युईएफए बर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्
युरोपको सर्वोच्च फुटबल संस्था युईएफएले इनिष्टालाई सन् २०११/१२ को उत्कृष्ट खेलाडी अबार्ड प्रदान गरेको हो ।
बार्सिलोनाका मिडफिल्डर इनिस्टाले स्पेनलाई सन् २०१२ को युरोकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए |युईएफएमा आवद्ध ५३ देशका पत्रकारहरुको मतदानमा इनिष्टाले आफ्नो सहकर्मी एवं गत वर्षको विजेता लिओनल मेस्सी र स्पेनिस जाइन्ट रियल मडि्रडका क्रिष्टियानो रोनाल्डोलाई पछि पारे । इनिष्टाले १९ मत पाएका थिए भने मेस्सी र रोनाल्डोले समान १७-१७ मत पाएका थिए ।