Daily Archives: 29/07/2012

हार्दिक निमन्त्रणा !!!


 

नेपालमा महंगी अत्यधिक बढ्यो,एक किलो गोलभेडा ९० रुपयाँ भन्दा माथि


ईन्द्र भुसाल ,पोखरा

नेपाल कृषि प्रधान देश भनेर चिनिएको छ भने देशका अधिकांस जनता यही पेशामा निर्भर छन।  कृषि जन्य बस्तुको मुल्य हेर्ने हो भने अत्यधिक महँगो हुँदै गएको छ । हिजो मात्र पोखराको ब्यस्त बजारमा एक किलो  गोलभेडाको मुल्य ने रु ९० पुगेको थियो । Continue reading

HIV को उपचारमा अहम कदम


एड्स फैलाउने एचआईभी भाइसरको सम्भावित उपचार गर्नेतर्फ कदम चालिएको अमेरिकी बैज्ञानिकहरुले बताएका छन् ।यसबारे बैज्ञानिकहरुले नेचर पत्रिकामा लेखेका छन् । एचआईभी भाइसर लामो समयसम्म मानिसको शरीरमा विना कुनै क्रियाकलाप रहन्छ, जसका कारण उपचार गर्न निकै कठिन हुँदै आएको छ । Continue reading

आज मुख्य सचिव चयन हुने


१४ साउन, काठमाण्डौं – नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले मुख्य सचिव पदको कायम मुकायमको जिम्मा कसलाई दिने भन्ने विषयमा निर्णय लिने बताईएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा केहिबेरमा बस्ने बैठकले मुख्य सचिवमा बढुवा हुने दावेदारका रुपमा रहेका १३ जना सचिव मध्ये एक जनालाई बढुवा गर्नेछ । Continue reading

मनिषाको औपचारिक डिभोर्स !


हनिमुन सकिएसँगै खटपट सुरु भएको नायिका मनिषा कोइरालाको दाम्पत्य जीवन औपचारिक रुपमा टुटेको खवर आएको छ । Continue reading

‘घाइतेले हात हल्लाएको देखेँ’


टेकनारायण भट्टराई, पाल्पा,

साउन १४-  हिजो बिहान साढे ५ बजेतिर खोला किनार हुँदै जंगलसम्म मर्निङवाक गरेर फर्कदै थिएँ। खोला किनारमा लम्पसार सुतेका एक मोटा मान्छेले हात हल्लाएको देखेँ। उल्टो दिशा पर्ने हुँदा जंगलतर्फ जाँदा मेले देखिनँ। उनले मलाई फर्कने आशामा कुरेका रहेछन्। हात हल्लाएका मान्छे देख्दा सुरुमा त डराएँ। Continue reading

चर्चित समाचारवाचक प्रवीण गिरी रहेनन्


काठमाडौँ, साउन १४ – रेडियो नेपाल र नेपाल टेलिभिजनमा फरक आवाज र शैलिका साथ समाचार वाचन गरी अलग्गै पहिचान बनाउन सफल प्रवीण गिरीको आज बिहान निधन भएको छ।  क्यान्सरबाट पीडित गिरीको आज बिहान साढे सात बजे ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  Continue reading

भोलि रोमानियामा जनमत संग्रह हुदैछ


१३ साउन, नवराज पोखरेल, बुखारेस्ट, रोमानिया / तिन हप्ता अघि रोमानियाका राष्ट्रपतिको पदबाट निलम्बित गरिएका त्रैयान बसेस्कूलाई पुन: पदमा ल्याउने वा उनलाई सधैका लागि पदबाट हटाउने बारेमा यो जनमत संग्रहको आयोजना सरकारले गरेको हो /रोमानियाको तथ्यांक अनुरुप  जनमत संग्रहमा भाग लिन पाउने अधिकार भएका अर्थात् १८ बर्ष पुगेका नागरिकको संख्या एक करोड नब्बे लाख छ Continue reading