सम्पूर्ण नेपाली मुसलमान तथा गैर मुसलमान दाजु भाई तथा दिदीवहिनीहरुमा रमज़ान पर्वको पावन अवसरमा सु-स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै अल्लाह (ईश्वर)सँग कुशलताको लागि प्रार्थना गर्दछु।रोजा(व्रत)इस्लाम धर्मको पाँच स्तम्भहरु मध्ये चौथो स्तम्भमा पर्छ । रोजा अरबी महिनाको हिसाब अनुसार सन् दुई हिजरीबाट अनिवार्य गरिएको हो । रोजा धेरै उत्तम उपासना हो । मुहम्मद सल्लल्लाहु अलैही व सल्लमको भनाई छः-जसले इमान र पुण्यको संकल्पले रोजा राख्दछ,उसको पछिल्लो सम्पूर्ण पापहरु माफ गरिन्छ।
फेरि अर्को ठाउँमा भनिएकोछः-अल्लाहले भन्नुभयो,मानिसको हरेक कार्य उसको लागि हो सिवाय रोजा किनकि रोजा मेरो लागि हो र म यसको बदला दिन्छु ।(हदीस- मुस्नद, अहमद, मुस्लिम)
अल्लाह तआलाको भनाईछः-ए ईमानवाला । तिमीहरुमाथि रोजा अनिवार्य गरिएको छ जसरी तिमी भन्दा पहिलेका मानिसहरुमाथि अनिवार्य गरिएको थियो ताकि तिमीहरु अल्लाहसँग डराउ(पवित्र कुरआन,सूरः अल- बकरा, आयत नं. 183)
रमज़ानको रोजा कुनै एक सच्चा मुसलमानले आकाशमा चन्द्रमा देख्यो भने उसको गवाहीबाट रोजा राख्न शुरु गरिन्छ,यदि आकाशमा बादल छ र चन्द्रमा देखिएन भने शाबान महिनाको तीस दिन पुरा गरेर रमज़ान महिनाको एक तारिक देखि मात्र रोजा राख्नु पर्दछ । रोजाको अवधि फजरको आजन पछि देखि मग्रिबको आजानसम्म रहन्छ । संसार भरिका मुसलमानहरुका लागि रमज़ान पर्वको शुभ दिन 1433 रमज़ान 1 तारिक बाट शुरु हुन्छ। अंग्रेजी वर्ष अनुसार 2012 जूलाई 20 शुक्रवारको दिन परेको छ तर चन्द्रमा उदयको आधारमा एक दिन अघि वा पछि पनि हुनसक्छ। जब मुहम्मद सल्लल्लाहु अलैही व सल्लमलाई धर्मका खातिर दुश्मनहरुले अत्यधिक सताउन थाले पछि वहाँ र वहाँका अनुयायी समेत मक्काबाट मदिना तर्फ हिजरत(प्रस्थान) गरेर मदिना गएको दुई बर्ष पछि देखि लागु भएको हो भन्ने भनाईछ।
रोजा(व्रत)को परिभाषाः-इस्लाम धर्ममा मात्र अल्लाहको उपासना, प्रार्थनाको उदेश्यले बिहान सबेरै देखि लिएर सूर्यास्त नहुँन्जेलसम्म खानु, पिउनु, सहवास (सम्भोग) गर्नु, जुवातास खेल्नु, मदिरा सेवन गर्नु, झूटो बोल्ने, झगडा गर्ने जस्ता गलत कार्यबाट बच्नु नै रोजा हो ।
सूर्यास्तपछि जुन चीज जायज कमाईबाट तयार पारिएको छ त्यो चीजबाट रोजा (व्रत) खोल्नु उत्तम हो । सकेसम्म रोतब खजुरबाट रोजा खोल्नु पर्छ यदि खजुर उपलब्ध नभए पानी या कुनै जायज चीजबाट रोजा खोल्नु पर्छ । मुहम्मद सल्लल्लाहु अलैही व सल्लमले जुन चीजबाट रोजा खोल्न अनुमति दिनु भएको छ सोही चिजको प्रयोग गर्नु सुन्नत(तरिका) हो । रमज़ानको रोजा अरबी महिनाको नवौं महिनामा पर्छ। यस पावन अवसरमा प्रत्येक वालिग मुसलमानहरु जो बुद्धि,विवेक एवं जस्को दिमागी सन्तुलन बिग्रेको छैन, स्वस्थ्य छ भने उसको लागि रोजा (व्रत) बस्नु अनिवार्य छ तर बालक,अति बृद्ध मानिस, बिमारी, महिलाहरुमा मासिकश्राव (परसर्नु) भएको अवस्थामा, सुत्केरी भएको अवस्थामा र बच्चालाई दुध खुवाउने आमाले बच्चाको लागि दुध नआउने अवस्था छ भने दुई जना बरिष्ट मुस्लिम डक्टरले रोजाको लागि छुट दिएको खण्डमा पनि रोजा (व्रत)बस्नु पर्दैन पछि ठीक भएमा अर्को रमज़ान अगाडि नै राखि सक्नुपर्छ। त्यस्तै निम्तिमा असी/नब्बे किलोमिटर टाढाको यात्रा गरेको छ भने उसको लागि पनि यात्रा अवधि भर रोजा छुट छ तर राख्न चाहन्छ भने राख्न सक्छ। यदी कहिले पनि रोजा राख्न नसक्ने अवस्था छ भने दिनको एक छाकको दरले गरिवलाई खाना खुवाउनु पर्छ। तर यसको अलवा अरु सबै व्यक्तिको लागि रोजा (व्रत) बस्नु अनिवार्य छ। रोजा (व्रत) राख्ने व्यक्तिले फजरको अजान भन्दा दस मिनेट पहिले नै सेहरी खाइसक्नु पर्छ र बेलुका जब मग्रिबको अजान हुन्छ तब इफ्तारी गरिन्छ । रोजा (व्रत) का फाइदाहरुः- रोजा (व्रत) राख्नाले मानवलाई पवित्रता, धार्मिकता, शारीरिक एवं मानसिक फाईदा हुन्छ। वैज्ञानिकहरुको भनाई अनुसार रोजा राख्नाले आत्मा सन्तुष्टि,पेटको विमार,पित्तशयको विमार, रगतको विमार, हाईब्लडप्रेशर, मुटुको रोग, कान, आँखा, जोर्नी तथा ढाड दुख्ने बिमारबाट समेत सुरक्षित हुन सकिन्छ।
डा. एयर सेनको भनाई छ- भोको बस्नुको उत्तम तरीका रोजा हो जो इस्लामी तरीका अनुसार राखिन्छ। ईशाई डा.रिचर्ड भन्नुहुन्छ-कुनै पनि व्यक्तिले भोको बस्ने विचार भए उसले रोजा (व्रत)राकोस् । म ईशाई मित्रहरुलाई भन्दछु कि भोको बस्नु छ भने मुसलमानको तरीका अनुसार बस्नु उत्तम हुन्छ। रोजा (व्रत)राख्नाले यस लोक र परलोक दुवैमा फाईदा हुन्छ। यस लाभको साथ-साथै महत्वपूर्ण कुरा यो हो कि मुसलमानहरु रोजा (व्रत) केवल अल्लाह (ईश्वर)को प्रशन्नता प्राप्तिको लागि अल्लाहको आज्ञानुसार राख्छन्। पवित्र धर्मग्रन्थ कुरआनको सूरह अल बकरामा भनिएको छ-”ए मुसलमानहरु रोजा (व्रत) तिमीहरुको लागि अनिवार्य गरिएको छ जसरी तिमीहरुको पूर्खाहरु माथि अनिवार्य गरिएको थियो, किनकि तिमीहरु अल्लाह (ईश्वर) सँग डराउनु”।
अन्तमा यस रमज़ान पर्वको सुवर्ण अवसरमा सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी बहिनीहरुमा रमज़ानको रोजा (व्रत)राखि अल्लाह (ईश्वर) को प्रशन्नता प्राप्ति गर्न सकुन। आमीन्
सूचनाः-रमज़ानको रोजाको समयभरी (फजर देखि मग्रिबसम्म) सार्वजनिक स्थलहरुमा खानपिन तथा धुम्रपान गर्न प्रतिबन्ध गरिएको छ । यदी कोही व्यक्तिले यस किसिमको कार्य गरेको पाइएमा 100 कुवैती दिनार जरिवाना र जेल समेत हुने भएको हुनाले स्थानिय कानूनलाई ध्यानमा राखि सचेत रहन कुवैतनेपाल डटकम सम्पूर्ण कुवैतवासी नेपालीहरुमा विनम्रता पूर्वक आग्रह गर्दछ ।




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 2,165,363 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Search for US tornado survivorsThe search for victims of the gigantic tornado that struck an Oklahoma City suburb continues into a second day, with 24 people confirmed dead.
- Syria and Israel in exchange of fireIsraeli and Syrian forces trade fire across the ceasefire line in the Israeli occupied Golan Heights.
- Apple's Tim Cook defends tax claimApple chief executive Tim Cook has defended the tech giant's tax strategy during a Senate grilling.
- Suicide inside Notre-Dame de ParisA far-right historian shoots himself dead inside the cathedral of Notre-Dame de Paris in the French capital, police say, causing its evacuation.
- Afghan women 'jailed over morals'The number of women in Afghanistan jailed for "moral crimes" has risen by 50% in the past 18 months, says Human Rights Watch.
- Oscar Pistorius' brother acquittedThe brother of South African athletics star Oscar Pistorius, Carl, is acquitted of culpable homicide over the death of a motorcyclist in 2008.
- Imran Khan walks again after fallPakistani politician Imran Khan walks a short distance in a brace, two weeks after damaging his spine in an election rally fall.
- Wi-fi shut down in Guantanamo alertThe US military's wireless internet service inside Guantanamo Bay has been shut down following threats by Anonymous hackers
- Deadly virus kills Tunisian manA man has died of the novel coronavirus (NCoV) in Tunisia, in what is believed to be the first such case in Africa.
- Rios Montt's conviction annulledGuatemala's top court throws out the genocide conviction of ex-leader Efrain Rios, whose trial will now be restarted from the middle of proceedings.
- Search for US tornado survivors












































रिमाल जी रमज़ान हो कि रमदान हो ? कुरा बुज्न गारो भयो