Daily Archives: 20/07/2012

रमज़ान करीम-रमज़ानको शुभ-कामना, केदार नाथ खरेल (मुहम्मद इब्राहीम)


सम्पूर्ण नेपाली मुसलमान तथा गैर मुसलमान दाजु भाई तथा दिदीवहिनीहरुमा रमज़ान पर्वको पावन अवसरमा सु-स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै अल्लाह (ईश्वर)सँग कुशलताको लागि प्रार्थना गर्दछु।रोजा(व्रत)इस्लाम धर्मको पाँच स्तम्भहरु मध्ये चौथो स्तम्भमा पर्छ । रोजा अरबी महिनाको हिसाब अनुसार Continue reading

बारा क्वाटरफाइनलमा


बारा, श्रावण ५ – एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा सफलता हात पार्दै बारा क्वाटरफाइनल प्रवेश गरेको छ । उसले कञ्चनपुरलाई २-० ले पराजित गर्‍यो । बाराका लागि सपना बस्नेतले २५ औं मिनेटमा पहिलो गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन् । Continue reading

हार्दिक बधाई !!!


माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका सदस्य एवंम कुवेतनेपाल डटकमका सम्पादक हाम्रो मित्र डम्मर रिमालको परिवारमा नयाँ सदस्यको रुपमा छोरो को आगमन (जन्म )भएको खुशीमा उहालाई माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब परिवार र कुवेतनेपाल डटकम परिवारको तर्फबाट हार्दिक बधाई दिन चाहन्छौ । Continue reading

गरिबी निवारण मन्त्रालय आफैं गरिब!


दीपक दाहाल, काठमाडौं, साउन ५- गरिबी निवारणसम्बन्धी नीति, योजना र कार्यक्रम बनाउन हालै गठित गरिबी निवारण तथा सहकारी मन्त्रालयको आफ्नै बिजोग छ। कर्मचारीलाई तलब खुवाउनेबाहेक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयसँग बजेट छैन। विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको विज्ञान महाशाखाको आठ कोठामा गरिबी निवारण मन्त्रालयका ५९ कर्मचारी अटाउनुपर्ने बाध्यता छ। Continue reading

बेचिन लागेका तीनजना चेलीको उद्दार


५ साउन, नवलपरासी । भारतमा बेचविखनका लागि लाँदै गरेको अवस्थामा तीन महिलालाई माइती नेपालको टोलीले उद्दार गरेको छ । नवलपरासीको सीमावर्ती महेशपुर हुँदै बेचबिखनका लाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको हो । महिला बेचविखनमा संलग्न रहेका एक पुरुषलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा रहेका चारै जनाको नाम गोप्य राखिएको छ । उनीहरुका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । Continue reading

विस्तारित बैठकमा बाबुराममाथि हातपातको प्रयास


बोल्न नदिएको भन्दै बैठक बहिष्कार
५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि हातपातको प्रयास भएको छ । भोजपुरा राज्य समितिको तर्फबाट बलिदान साहले बोल्ने क्रममा प्रचण्ड पक्षधर नेता कार्यकर्ताले हुटिङ गरेपछि मञ्चमा रहेका भट्टराई र देवेन्द्र पौडेल लगायतका नेताहरुले त्यसको प्रतिवाद गरेका थिए । मञ्चमा सँगै रहेका प्रचण्ड पक्षका जनार्दन शर्मा प्रभाकरले बाबुरामलाई हातपातको प्रयास गरेपछि होहल्ला बढ्यो । Continue reading

रमज़ान पर्वको शुभकामना !!