मुम्बई, साउन ३ (एजेन्सी) – बलिउडका सुपस्टार राजेश खन्नाको निधन भएको छ। केही महिनायता थलिँदै आएका खन्नाको आज निधन भएको टेलिभिजन च्यानलहरुले जनाएका छन्। उनका परिवारजन तथा आफन्तहरु बान्द्रस्थित घरमा जम्मा भएका छन्। आजै साँझ उनको अन्त्येस्टी गरिने बताइएको छ।
रक्सी ज्यादै पिएका कारण उनको कलेजो खराव भएको थियो। पत्नी डिम्पल कपाडीया, छोरीहरु रिङ्की र ट्विङ्कल खन्ना, ज्वाइँ अक्षयकुमार र आफन्तहरुकै सामु उनले आँखा चिम्लिए














































