Daily Archives: 15/07/2012

कृषि क्षेत्र ५ प्रतिशतले बढ्यो


काठमाडौ, असार ३१ – चालू आर्थिक पर्षमा कृषि क्षेत्र ४ दशमलव ९ प्रतिशतले विस्तार भएको छ । एतिहासिक उत्पादनले गर्दा बढेको कृषि उत्पादनले समग्र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ । Continue reading

१ खर्ब ६१ अर्बको तृतीयांश बजेट सार्वजनिक, निर्वाचन खर्च ३ अर्ब


३१ असार, काठमाडौं – सरकारले १ खर्ब ६१ अर्ब २ करोड ४८ लाखको एक तृतीयांश अध्यादेश बजेट सार्वजनिक गरेको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले आर्थिक अध्यादेश जारी गरेपछि अर्थमन्त्री वर्षमान पुन अनन्तले पत्रकार सम्मेलन गरी बजेट सार्वजनिक गर्नुभयो । Continue reading

नवलपरासीमा बस दुर्घटना, ३९ को मृत्यु


३१ असार, काठमाडौं – नवलपरासीको त्रिवेणीमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परी कम्तिमा ३९ जनाको मृत्यु भएको छ । झुलानीपुरवाट त्रिबेणीतर्फ जादै गरेको लु १ ख २३५६ नम्बरको बस त्रिवेणीसूस्ता गाविस वडा नं. ९ लक्ष्मीपुरबाट गण्डक नहरमा खसेको प्रहरीले जनाएको छ । Continue reading

नागरिकमा सेक्सी आईटम गीत


विमल पौडेलको निर्देशनमा हाल धमाधम छायांकन भईरहेको चलचित्र नागरिकका समेत एउटा आईटम गीत अटाएको छ । बार डान्सरले आफ्नो पेट पाल्नका लागि लिने टिप्सलाई आधार वनाएर तयार पारिएको आईटम डान्समा नव कलाकार सफलता खनालले नृत्य गरेकी छिन् । शनिवार छायांकन गरिएको आईटम गीतमा आइटम गर्ल सफलता हट देखिएकी थिईन् । हुनत सफलताको यो सिनेमा भित्र आईटम गीतसंगसंगै केही सिन पनि रहेको छ ।
चलचित्रको मुख्य कलाकारमा भने पुराना नायक विश्व वस्नेत रहेका छन् । Continue reading

बाढीले सर्लाहीका ९० घर डुवानमा


३१ असार, सर्लाही – गएरातीदेखि परेको अविरल बर्षाका कारण सर्लाहीका ९० घरधुरी डुवानमा परेका छन् । खोलामा पानीको बहाव बढेसँगै बाढीघरघरमा पसेको घर डुवानमा परेकेा स्थानियबासीले बताएका छन् । Continue reading

कांग्रेस संसद चुनावको पक्षमा


गोविन्द परियार, काठमाडौं, असार ३१ – कांग्रेसले सहमतिमा संसदीय चुनावमा जान सकिने धारणा बनाएको छ। शनीबार विहान सभापति सुशील कोइराला निवास महाराजगंजमा बसेको केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकमा संसदको चुनावमा जान पार्टी तयार हुनु पर्ने धारणा अधिकासन्स सदस्यले राखेका हुन। Continue reading

नेपालीको आम्दानी र ऋण दुवै बढ्यो


सहरी गरिब बढ्यो, रेमिट्यान्सले गाउँको गरिबी घट्यो-
काठमाडौं, असार ३१ – यो वर्षको आर्थिक सर्वेक्षणले मिश्रित नतिजा देखाएको छ। खुसीको खबर- नेपालीको प्रतिव्यक्ति आम्दानी साढे ५ हजार बढेको छ। तर सँगसँगै  प्रतिव्यक्ति ऋण पनि अहिलेसम्मकै बढी भएको छ। विदेशमा काम गर्नेले पठाएको पैसा (रेमिट्यान्स) र मौसमी प्रभावले कृषि उत्पादन बढेपछि नेपालीको आम्दानी प्रति व्यक्ति ५८ हजार २ सय ७४ रुपैयाँ पुगेको छ। Continue reading