Daily Archives: 04/07/2012

” सिद्रा ब्यापार भयो आज नेपाली साहित्य “


आचार्य प्रभा 

 

ब्यस्त छु म आजभोली दोहोरी सुनेर
अ.ने.सा.स.को बिवाद यो मनमा गुनेर ।
 
के,के,नै पो गर्लान् भनी टाउके बनायौं
गल्ती हाम्ले गरेछौं नि कुमान्छे चुनेर । 

Continue reading

अब सासै नफेरीकन बाँच्न सक्छ मान्छे


मानिसलाई जिवित रहनका लागि प्राणवायु अर्थात् अक्सिजनको आवश्यकता पर्दछ । त्यस्तो अक्सिजन मानिसले स्वासप्रस्वास प्रक्रियाबाट लिने गर्छ । तर अब भने मानिस सासै नफेरी बाँच्न सक्ने उपाय पत्ता लागेको छ । वैज्ञानिकहरुले मानिसलाई सासै नफेरीकन उसको रगतमा अक्सिजन पठाउने प्रविधिको विकाश गरेका छन् । यो प्रविधिको विकाशपछि अब जटिल शल्यक्रियाका दौरान समेत मानिसको स्वासप्रस्वास प्रक्रिया चालू राख्नैपर्ने बाध्यता हट्नेछ Continue reading

गाई काटेर बेच्ने सात जना पक्राउ


२० असार, पाँचथर – गस्तिमा रहेको प्रहरीको टोलीले पाँचथरमा १० जनालाई पक्राउ गरेको छ । गार्इको मासु काटेर बेच्ने सात जना र खुकुरी प्रहार गर्ने तीन जनालार्इ नियन्त्रणमा लिर्इएको हो । गस्तिमा खटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले गाई काटेर मासु बेचिरहेको अवस्थामा पाँचथरको अमरपुर ५ धुसेनीबाट सात जनालाई पक्राउ गरेको हो । Continue reading

लडाकू समायोजन आजदेखि


२० असार, सरकारले माओवादी लडाकू समायोजनको काम आजदेखि सुरु गर्दै छ । सेना समायोजन विशेष समितिले गरेको निर्णय र सरकारको निर्देशन बमोजिम नेपाली सेनाले आजदेखि लडाकुको भर्ना छनोट प्रक्रिया सुरु गर्न लागेको हो । छनौटका लागि लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष कयोदेवी यमीको अध्यक्षतामा एक समितिसमेत बनाएको छ । संविधानसभा विघटनपछि अन्योलमा परेको छनौट प्रक्रिया थाल्न लडाकु रहेका सातवटै शिविरमा नेपाली सेनाले टोली पठाएको छ । Continue reading

ढिलो सुत्ने र ढिलो उठ्नेहरुलाई निगरानीमा राखौँ’


विराटनगर,-दुर्व्यसनीको सङ्ख्या हाल यहाँ लगभग एक लाख ५० हजार हाराहारीमा देखिएको छ । विद्यालयका कक्षा ७ देखिमाथि र १२ वर्ष उमेरमाथिका बालबालिका अञ्जानमै कुसङ्गतबाट यस्तो कुलतमा लाग्ने गरेको बताइएको छ। Continue reading

विमानस्थल व्यवस्थापन भारतीय कम्पनीलाई दिन लागेकोमा विरोध


काठमाडौँ, असार २० – सरकारले देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने व्यवस्था मिलाउन लागेकोमा नेकपा संयुक्त मार्क्सवादीले विरोध गरेको छ। पार्टीले विमानस्थलमा एअरमार्सल राख्ने प्रस्तावको विरोध भएपछि घुमाउरो बाटोबाट भारतीय कम्पनीलाई विमानस्थलको जिम्मा लगाउन खोजिएको आरोप लगाएको छ।
Continue reading