काठमाडौं, असार १२ – एमाले सचिव शंकर पोखरेलले कांग्रेसलाई सहमतिको प्रधानमन्त्री उम्मेदवार प्रस्तुत गर्न एक साताको म्याद दिएका छन्। त्यसभित्र नाम नदिए एमालेले विकल्प दिने उनको भनाइ छ। ‘कांग्रेसको नेतृत्वमा कूनै विवाद छैन, तर उसले उमेदवारी तय नगर्ने हो भने अरु दलको नेतृत्वमा सहमति गर्नुपर्छ,’ राजधानीमा सोमबार आयोजित साक्षात्कारमा सचिव पोखरेलले भने, ‘यसरी कामचलाउ सरकारलाई लामो समय राखिरहन मिल्दैन।’
लामो कामचलाउले सर्वसत्तावाद निम्तने उनले बताए। ‘कांग्रेस आफ्नो उम्मेदवारी पनि दिन नसक्ने, अरुलाई समर्थन गर्ने विषयमा पनि छलफल नगर्ने,’ उनले भने, ‘यस्तो अवस्थाले मुलुकमा केवल सर्वसत्तावाद निम्त्याउँछ।’
एमालेेले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने बताए पनि कांग्रेसले प्रधानमन्त्री बन्ने व्यक्ति छनोट गर्न सकेको छैन। सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र विघटित संविधानसभामा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीका आकांक्षी देखिए पनि पार्टीले नाम अघि सारेको छैन।
Source: Nagarik















































gagan thapa lai dunu par6 la nait feri pani yastai hun 6