आदरणीय कुवेतवासी प्रबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा हालै सम्पन्न भएको दोश्रो प्रबासी दक्षिण एशियाली फुटबल च्याम्पियनशिप-२०१२ लाई सफलतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्याउनु हुने नेपाली राजदूतावास कुवेत, कुवेतनेपाल मेनपावर एशोसियसन, युएई एक्सचेन्ज कुवेत, हिमालयन बैंक नेपाल, एअर अरेबिया कुवेत, नेपालकुवेत साँस्कृतिक मञ्च, लालीगुराँस साँस्कृतिक परिवार, तामाङ् घेदुङ् कुवेत, तमू समाज कुवेत, NRNA कुवेत, जन-प्रगतिशिल मञ्च कुवेत, मजदुर सँघ कुवेत, जन-जाग्रिती युवा समाज कुवेत, जन-सम्पर्क समिति कुवेत, नेवा: गुठी कुवेत, खोटाङ्ग सम्पर्क समिति, नव-प्रतिभा युवा क्लव, मिडिया सपोर्टमा सहयोग गर्नु हुने कुवेतनेपाल डटकम, नेपालकुवेत डटकम तथा मरुभुमिको कोशेली परिवार, डिजेमा सहयोग गर्नु हुने प्राविधिक सुशन गौतम, सम्पूर्ण स्वयंसेवकहरु र कुवेतमा कृयाशिल अन्य सम्पूर्ण नेपाली सँघ-संस्थाहरुका प्रतिनिधि एबम् सदस्यहरु, बुद्दिजिबी महानुभावहरु, पत्रकारहरु, कलाकारहरु, खेलप्रेमी एबं दर्शकबृन्द सहितको ठुलो जमात लगायत सम्पूर्ण नेपाली दाजुभाई-दिदीबहिनीहरुमा यहाँहरुले गर्नुभएको सहयोगको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव परिवारले उच्च कदर तथा प्रशंसा गर्दै मुरीमुरी धन्यवाद दिन चाहन्छ ।
भविष्यमा पनि यस क्लवले आयोजना गर्ने हरेक गतिविधिहरुमा यसरी नै यहाँहरुको सहयोग, सल्लाह एवं हातेमालो निरन्तर रुपमा रहि नै रहनेछ भन्ने आशा गर्दछौं ।
धन्यवाद,
आयोजक समिति एबम्
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत परिवार















































who is won?in yashyalee football turnament plz replay