संविधान सभाको म्याद थपेर भएपनि संविधान जारी गर्नुपर्छ : नेपाल


१७ बैशाख, काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद एक महिना थपेर भएपनि संविधान जारी गर्नु पर्ने बताउनु भएको छ । संवैधानिक समितिको आइतबार बसेको बैठकमा नेता नेपालले दलहरुबीच राज्य पुनःसंरचनाबारे सहमतिको निर्णायक प्रयास भइरहेको बताउनु भयो ।

जेठ १४ मा नसकिएर एक महिना म्याद थपे भएपनि संविधान जारी गर्नु पर्ने भन्दै नेपालले भन्नुभयो-’एक महिना समय बढाउनु ठूलो कुरा हैन तर संविधान जसरी पनि जारी गर्नुपर्छ ।’ आफ्नो धारणा सारेर बैठकबाट बाहिरिन खोजेका नेता नेपाललाई सभासदहरुले रोकेर शीर्ष नेताहरुको चर्का आलोचना गरेका छन् ।

एक नेताले भने-’उहाँ तीन पटक शीर्ष बैठकमा जान भन्दै उठ्नु भयो, तर हामीले हुटिङ्ग गरेर जान दिएनौं ।’ बैठकमा सभासदहरुले भने संविधानसभा र सम्वन्धित समितिलाई बाइपास गरेर दलहरुले सहमतिको प्रयास गरेको भन्दै चर्को आलोचना गरेका छन् । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ३ दलका ६ जना नेताले बनाएको संविधान नमान्ने बताउनु भयो ।

‘तीन दलका ६ जना नेताले बनाएको संविधान जनतामा मान्दैनन, हामी मान्दैनौं’ मावध नेपाललाई इङ्गगित गर्दै यादवले भन्नुभयो-यो सन्देश बैठकमा पुर्‍याउनुहोस् ।’ यस्तै फोरम लोकतान्त्रिकका वरिष्ठ नेता शरदसिंह भण्डारीले तीन नेताको सिण्डिकेटबाट आएको संविधान नमान्ने बताउनु भयो । यस्तै राष्ट्रिय जनमोर्चाका अयक्ष चित्रबहादुर केसीले संवैधानिक अदालत ५ वर्षका लागि राख्ने सहमति भएको सुनेको भन्दै संघीयता पनि ५ वर्षका लागि ल्याउन आग्रह गर्नुभयो ।

 Source: Onlinekhabar

About these ads

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )