ईन्द्र भुसाल, कुवेत
माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले दोश्रो पटक आयोजना गरेको प्रबासी दक्षिण एसियाली फुट्बलको फाइनल खेल आज भब्य रुपमा सम्पन्न भएको छ । आज भएको नेपाल सेतो र भारत बिचको फाइनल खेलमा ०-४ गोलको बिशाल अन्तरले नेपाल नराम्रोसँग पराजित भएको छ जुन सम्पूर्ण कुवेतबासी नेपालीहरुको पुर्व अन्दाज भन्दा धेरै फरक थियो । आयोजक नेपाल पहेलो सँग खेल्दा मात्र एक गोलले बिजय भएको भारत नेपाल सेतोलाई पहिलो हापमा एक र दोश्रो हाफमा ३ गोल गरेर दोश्रो पटक E-SAF-C को उपाधी चुम्न सफल भएको छ ।
मैदानको चारैतिर नेपाली दर्शकले भरिएको खेल मैदानमा खेल हेर्नको लागि कुवेतका लागि नेपाली राजदुत मधुवन पौडेल पनि सहभागी हुनुहुन्थ्यो भने दित्तिय सचिप पुष्पराज भट्टराई र सहचारी भुवन पौडेल पुरस्कार बितरण समारोहमा सरिक हुन दोश्रो हाफ खेल्दै गर्दा मञ्चमा आउनु भएको थियो भने युएई एक्सचेन्ज कुवेतका कन्ट्री हेड पान्सिली भार्की र बिडिएम हेड रेन्जिथ पिल्लाई लगायत पुरस्कार बितरण समारोहमा सरिक हुनुहुन्थ्यो । आफ्नो अनुशासित खेललाई कायम राख्दै भारतीय खेलाडीहरुले खेल मैदानमा पाएको कुनै पनि मौकालाई चुकाएनन भने नेपाली खेलाडीहरुले अपेक्षा अनुसार खेल्न सकेनन यद्दपी नेपालले प्रहार गरेका दुई सुट भने गोलको पोलमा लागेर बाहिरिए जस्लाई नेपाली दर्शकले अनलक्की सन्देशको रुपमा लिएका छन ।
खेल शुरु हुन भन्दा पहिला फेयर प्लए ब्यानरलाई बिचमा राखै दुबै टिमका खेलाडी र आयोजकले कुवेत, नेपाल र भारतको राष्ट्रिय गान बजाएर देशको सम्मान गरेका थिए । दोश्रो प्रबासी दक्षिण एसियाली फुट्बल खेल आयोजक समितिका सम्योजक तथा क्लबका पुर्व अध्यक्ष किरण पौड्यालले पुरस्कार बितरण गर्नु अगाडि सार्क देशको ईतिहासको बारेमा जानकारी दिदै सहयोगी सम्पूर्ण नेपाली सँघ संस्थालाई क्लबको तर्फबाट धन्यवाद दिनु भएको थियो । पुरस्कार बितरण समारोहमा सम्पूर्ण भोलेन्टियरहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो भने सहभागी टिम र उक्त देशका दुताबासलाई मायाको चिनो प्रदान गरिएको थियो ।
खेलमा अनुशासित टिमको उपाधी पाकिस्तानले पायो भने बेस्ट प्लेयरको उपाधी कुसल खेलाडी बल्लभ दाहालले पाउनु भएको थियो । धेरै गोल गर्ने खेलाडीमा नेपाल सेतोका राजकुमार दाहालले पनि पुरस्कार हात परेका थिए । दोश्रो पटक आयोजना गरिएको यो खेलमा नेपाल सेतोलाई कप, मेडल र प्रमाण-पत्रको ब्यबस्था गरिएको थियो भने पहिलो स्थान प्राप्त गर्ने भारतलाई बिजयी कप, प्रमाण-पत्र र तक्माको ब्यबस्था गरिएको थियो । उल्लासपुर्वक सम्पन्न भएको पुरस्कार बितरण समारोहमा सम्पूर्ण नेपालीहरुले ताली बजाएर खेलाडीहरुलाई बधाई दिएका थिए ।
मजदुर सँघले नेपाली खेलाडीहरुलाई सम्मान गर्यो:
आजको फाइनल खेल शुरु हुन भन्दा अगाडि नेपाली टिम सेतोलाई नेपाल कुवेत मजदुर सँघले दोसल्ला प्रदान गरेर बिशेष सम्मान गरेको थियो भने पुरस्कार बितरन समारोहमा कुवेतमा रहेका दुई नेपाली अन्लाइन मिडिया नेपालकुवेत डटकम र कुवेतनेपाल डटकम अनी नेपाली छापा पत्रीका मरुभुमिको कोसेलीलाई क्लबले प्रमाण पत्रको ब्यबस्था गरेको थियो भने सम्पूर्ण सार्क देशका दुतावासहरु लगायत कुवेतको पहिलो नेपाली डिजे सुशन गौतमलाई पनि क्लवले मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो । यसैगरी नेपालकुवेत साँस्कृतिक मञ्च, मेनपावर एसोसियसन, युएई एक्स्चेन्ज र हिमालयन बैंक रहेका थिए । यस्तै युएई एक्सचेन्जले नेपाली खेलाडीहरु लगायत आयोजक क्लवका महिला सदस्यहरुलाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रमको समापन गर्दै सम्योजक किरण पौडेलले सम्पूर्ण सहभागी टिम र नेपाली सँघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । स्मरण रहोस्, यत्रो ठुलो कार्यक्रम गर्दापनि नेपाल सरकारका खेलकुद मन्त्रीदेखी कुनै खेल सम्बन्धी निकायहरुले शुभकामना सम्म नपठाएर आफ्नो गैर जिम्मेवारी चरित्र देखाएरै छाडे ।
E-SAF-C फाईनलका केही झलक:



















































































































































































































































क्लबले पाँच वटा राष्ट्रहरुको खेलडिहरुलाई एउटै मैदानमा ल्याइ सफलतापुर्बक खेल सम्पन्न गरेकोमा हामी अतिनै खुशी छौ र क्लबको एस सरहनिय कामको हृदय देखिनै प्रसन्शा गर्दछौ , खेल सम्योजक किरण पौडेलको सम्योजन, उदघोषण र वहाँको बुद्धिमताको तारिफ त जती गरे पनि कम नै हुन्छ, साथमा ईन्द्र सरको उदघोषण को कुरा नगरदा त बेइमानी नै हुन्छ। क्लबको अनुरोध बमोजिम धेरै संस्थाहरुले स्वयम्सेवकहरु परिचलन गरेका थिए। खेलमा चिया कफीको निम्ती पानी बोक्ने देखी लिएर, भिड नियन्त्रन तथा हिजोको झगडा मा समेत अग्रपन्क्तिमा खडा भएर झगडालाई साम्य पार्नमा जन-जग्रिती युवा समाज लगायतका स्वयम्सेवकहरु दिलोज्यान्ले खटेका पनि थिए । हरेक कार्यक्रम्मा स्वयम्सेवकको भूमिका कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुरालाई बिर्सिएर स्वयम्सेवक उपलब्ध गराउने संस्थाहरु खोटाङ समाज,घेदुङ, जन-जग्रिती आदी संस्थाहरुका नाम लेख्न दुइवटै मिडियाले कन्जुस्याइ गरेकोमा दु:ख लागेको छ। बाँकी सबै काम एकदम प्रशन्सानीय थिए ।क्लबको एस कामले हामी सबै नेपालीले गर्ब गर्ने ठाउँ छ । आगामी दिन हरुमा पनि यस्तै यस्तै राम्रा कामको अपेक्षा शाहीत,
धन्यवाद
its been a great event thnx to org.committe for such a wonderful event,hoping will be carried out in the future,the other side was a bit sad to see bt the situation was handled was to be praised ………….at last THANX MESC FOR BEING A GREAT AMBASSADOR OF SPORTS & CULTURE IN KUWAIT AMONGST THE NEPALESE IN KUWAIT.CHEERS,,
बिदेस मा बसेर पनि र्राम्रो काम का लागि धन्नेबाद गोपाल प्रधान बुट्व्ल 5