Daily Archives: 26/04/2012

‘स्त्री चरित्र दैवो नजाने’


निर्मला शर्मा

नेपाली समाजमा चिनिएका धेरै महिला नेतृ, कार्यकर्ता, सामाजिक अभियन्तामाथि पटक-पटक चरित्रको प्रश्न उठाउने गरिन्छ । समाजका अगुवा र बौद्धिक जमातले यसबारे गहिरिएर ध्यान दिएको छ्र्रैन । तर घटनाक्रमको सूक्ष्म अध्ययन गर्‍यो भने देखिन्छ, घरबाहिर निस्कनु महिलाका लागि ज्यादै जोखिमपूर्ण काम हो । तराईका जिल्लामा बसेर पत्रकारिता गरिरहेकी एक पत्रकार महिला आफ्ना शिक्षक लोग्नेले ‘परिवारको इज्जतमा दाग लाग्नसक्ने’ भनेर उनको चरित्रमा शङ्का गर्न थालेपछि अहिले ‘पेसा छाडौं कि लोग्ने’ भन्ने दोधारमा छिन् । Continue reading

उत्तर कोरियाली राष्ट्रपति नेपाल आउन इच्छुक


पूर्ण बस्नेत, हङकङ, वैशाख १४ -कम्युनिष्ट राष्ट्र उत्तर कोरियाका राष्ट्रपति किम योङ नामले नेपाल भ्रमण गर्ने इच्छा देखाएका छन्। उत्तर कोरियाको सर्वोच्च जनपरिषद्को स्थायी समिति अध्यक्ष किम भर्खरै सर्वोच्च नेता बनाइएका किम जोङ उन पछिका दोस्रो उच्च अधिकारी हुन्। Continue reading

कास्की प्रशासनबाट ५ तिब्बतीलाई नागरिकता


लाखौंको चलखेल, चार तिब्बती पक्राउ-
मनोज अधिकारी, पोखरा, वैशाख १४ -उपल्लो तहका कर्मचारीको मिलेमतोमा जिल्ला प्रशासन कार्यालय कास्कीले पाँच तिब्बतीलाई नेपाली नागरिकता दिएको रहस्य खुलेको छ। मुस्ताङबाट पोखरा बसाई सरेको भन्ने फर्जी कागजातका आधारमा वैशाख पहिलो साता पाँच तिब्बतीलाई नेपाली नागरिकता दिएको तथ्य खुलेको हो। Continue reading