१३ बैशाख, काठमाण्डौ – गाउँमा बनाइएको सानो झोलुङ्गे पुल उद्घाटन गर्ने बिषयमा पूर्व मन्त्री र बहालवाला मन्त्रीवीच रस्साकस्सी परेपछि हेलिकोप्टर चढेर पुगेका मन्त्री आकाशबाटै फर्किनुपरेको छ ।रौतहट क्षेत्र न २ अन्र्तगत राजपुर फरहदवा गाविसमा रहेको भगुवा खोलमा झोलुङ्गे पुल उद्घाटन गर्न गत बैशाख ४ गते स्थानीय बिकाशमन्त्री टोपबहादुर रायमाझी र पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री प्रभु साह काठमाण्डौंबाट हेलिकोप्टर चढेर त्यहाँ पुगेका थिए । तर आफ्नो निर्वाचन क्षेत्रमा माओवादी नेताहरु आएर पुल उद्घाटन गर्न लागेको थाहा पाएपछि कांग्रेस सभासद एवं पूर्व श्रममन्त्री मोहम्मद अफताव आलमले कार्यकर्ता भेला पारेर पुल नजिकै अनसन कसे ।
मन्त्रीलाई लिएर हेलिकोप्टर ल्याण्ड गर्ने प्रयास गरेपनि आलमका कार्यकर्ताको अबरोधले हेलिकोप्टर धेरैबेर आकाशमै अडियो । आलमले कुनैपनि हालतमा हेलिकोप्टर ल्याण्ड गर्न नदिने भन्दै फर्किन चेतावनी दिएपछि मन्त्री रायमाझी र साह चढेको हेलिकोप्टर आकाशबाटै फर्किन बाध्य भयो । हेलिकोप्टर फर्किएपछि पूर्वमन्त्री आलमले आफैं पुलेका उद्घाटन गरे ।
पुल उद्घाटन गर्न नपाइ जमिनभन्दा केही सय मिटरमाथिबाट फर्किन बाध्य भएका माओवादी नेताहरु त्यहाँबाट बारा पुगेर कार्यकर्ताको बिहेमा जन्ती गए ।
स्थानीय एक माओवादी नेताका अनुसार साह र रायमाझी राज्यसमिति सदस्य किरणको साहको बिहेमा सहभागी भएर केही घण्टापछि राजधानी फर्किएका थिए ।
Source: Onlinekhabar















































thuka neta ho timi haru ko gendh.ake