Daily Archives: 25/04/2012

नेपाल कुवेत मजदुर सँघले नेपाली राष्ट्रिय फुटबल टिम कुवेतलाई सम्मान गर्ने


ईन्द्र भुसाल ,कुवेत
प्रबासको यो मरुभुमिमा आफ्नो सुन्दर भबिष्यको सपनालाई साकार पार्न आएका हामी नेपालीहरु दिनको ८ देखी १२ र १६ घण्टा सम्म काममा व्यस्त रहने मात्र गर्दैनौ , सयौ नेपालीहरु बिभिन्न नेपाली सँघ-संस्था प्रती आबद्ध भई संस्थाको सिद्दान्त अनुसार काम गर्दै र नेपाली समाज र नेपालीहरुलाई सहयोग देखी मनोरन्जन दिने कार्यमा सहभागी छौ । Continue reading

भारतको अग्नी ५ को जवाफमा पाकिस्तानको हत्फ ४


 इस्लामाबाद (पाकिस्तान), वैशाख १३ (एजेन्सी)-पाकिस्तानले बुधबार परमाणु हतियार लैजान क्षमताको बलेस्टिक मिसाइल हत्फ ४ को सफल परिक्षण गरेको छ।पाकिस्तानले गत साता भारतले गरेको अग्नी ५ मिसाइलको जवाफमा उक्त परिक्षण गरेको जानकारहरूले बताएका छन्। Continue reading

बार्सिलोनालाई हराउँदै चेल्सी फाइनलमा


१३ वैशाख, काठमाडौं – डिफेण्डिङ च्याम्पियन बार्सिलोनालाई समग्रमा ३–२ गोलले पराजित गर्दै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा १–० को जित हात पारेको चेल्सीले मंगलबार राति भएको दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेपछि समग्रमा ३–२ गोलको जित हात पा¥यो । आफ्नो घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले २–० को अग्रता लिएर पनि जोगाउन सकेन । Continue reading

पुल उद्घाटन गर्न नपाएपछि हेलिकोप्टर चढेका मन्त्री जन्त गए


१३ बैशाख, काठमाण्डौ – गाउँमा बनाइएको सानो झोलुङ्गे पुल उद्घाटन गर्ने बिषयमा पूर्व मन्त्री र बहालवाला मन्त्रीवीच रस्साकस्सी परेपछि हेलिकोप्टर चढेर पुगेका मन्त्री आकाशबाटै फर्किनुपरेको छ ।रौतहट क्षेत्र न २ अन्र्तगत राजपुर फरहदवा गाविसमा रहेको भगुवा खोलमा झोलुङ्गे पुल उद्घाटन गर्न गत बैशाख ४ गते स्थानीय बिकाशमन्त्री टोपबहादुर रायमाझी र पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री प्रभु साह काठमाण्डौंबाट हेलिकोप्टर चढेर त्यहाँ पुगेका थिए । Continue reading

संघीय प्रदेशको नाम र सिमांकनबिनै संबिधान ल्याउने तयारी


संख्या र अधिकारको टुंगो लगाइने
१३ बैशाख, काठमाडौं – यसपटक पनि संविधान बन्दैन भनेर आशंका र आक्रोशित हुनेहरुलाई नेताहरुले केही गरेर देखाइदिने भएका छन् । अब कुनै हालतमा संविधानसभाको म्याद थप्न पाईंदैन भन्ने सर्वोच्चको आदेश र जनदबाबको कारण दलहरु जसरी पनि संविधान ल्याउने तयारीमा लागेका हुन् । Continue reading