ईन्द्र भुसाल ,कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले आयोजना गर्ने दोस्रो प्रबासी दक्षिण एसियाली फुट्बल E-SAF-C खेलमा सम्पूर्ण नेपालीहरुको ब्यापक उपस्थिती रहने भएको छ भने उद्घाटन खेलमा सहभागी सम्पूर्ण देशका खेलाडी र शुभचिन्तक साथै खेल प्रेमीको जमघट हुने भएकोले त्यस कार्यक्रमलाई ब्यबस्थित गर्नको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले आफ्नो कार्यसमिती सहित सम्पूर्ण कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुलाई ३ ,३ जना स्वयंसेवक उपलब्ध गराउन आग्रह गरेको छ । Continue reading
५ बैशाख, नयाँ दिल्ली - भारतीय गृहमन्त्री पी चिदम्बरमले नेपालको बाटो हुँदै आतंबादीहरु भारत प्रवेश गरेको दावी गर्दै नेपाल आतंकबादीका लागि नयाँ मार्गका रुपमा बिकाश भएको दावी गर्नुभएको छ ।भारतीय मुख्यमन्त्रीहरुको राष्ट्रिय सुरक्षा सम्मेलनलाई सोमबार सम्बोधन गर्दै गृहमन्त्री चिदम्बरमले नेपाल र भारतवीचको खुला सिमानाबाट हरेक हप्ता आतंकबादीहरु भारत छिर्ने गरेको दावी गर्नुभएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
न्युयोर्क, वैशाख ५ (एजेन्सी)- अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमणमा मारिएकाहरुको शवको थुप्रोनजिकै एक बालिका रोइरहेको ह्रदयविदारक दृश्य रहेको फोटोले यस वर्षको पुलित्जर पुरस्कार जितेको छ।
गत हप्ता राजाधानीबाट प्रकाशन हुने केही पत्रीकामा नेपाली राष्ट्रिय फुटबल टिम अनुशासित हुन नसकेको र यो पनि खेल हारको एक बलियो कारण हो भनेर समाचार बाहिरियो । खेलको मैदान भित्र मात्र होईन खेल आउने समय र खेल सकिएसकेपछी पनि खेलाडी अनुशासित हुन अतिनै आबस्यक छ । 













































